एमालेका ओली, माओवादीका प्रचण्ड र कांग्रेसका देउवाले यो देशको राजनीतिलाई म्युजिकल चेयरको गेमजस्तै बनाएका छन् । कहिले देउवा मुख्य कुर्सीमा, ओली दायाँबायाँ, कहिले ओली मुख्य कुर्सीमा प्रचण्ड र देउवा दायाँबायाँ, अनि कहिले प्रचण्ड मुख्य कुर्सीमा देउवा र ओली दायाँबायाँ । अनि नेताले खेल्ने यस्तो दायाँ बायाँको खेलले ‘नेताहरु पालैपालो दायाँ र बायाँमा, जनताका समस्या सधैं छायाँमा’ भईरहेको छ ।
नयाँ भनिएकाहरुबाट केहि आस त गर्न सकिन्छ कि भन्ने छ, तर उनीहरु नै भनिरहेका छन्, हामी मिसन ८४ मा छौँ, ८४ पछि देखाईदिन्छौँ । तर फेरी पनि उहि रवि एउटा कुर्सीमा अरु दायाँ बायाँ, वा ओली प्रचण्ड र देउवामध्ये एक मुख्य कुर्सीमा रवि र छवि दायाँबायाँ नहोला र अर्को म्युजिकल चेयरको गेम सुरु नहोला भन्न सकिन्न ।
अझ जनता त ८४ सम्म यो देशमा बस्न सकिने हो कि होइन, भन्ने स्थितिमा पुगिसके । अनि यदी जनतालाई यस्तै झेल हुने हो भने, राजनीति यस्तै खेल हुने हो भने, बिकासको ताल नमिल्ने हो भने, अर्थतन्त्रको हाल यस्तै बिजोग रहने हो भने, कसले कसलाई केका लागि राजनीति गर्ने ? यो प्रश्न अव जटिल भएर समिक्षा गर्नुपर्ने स्थिति आईसकेको छ ।
देशको ढुकुटीमा पैसा छैन, जनताको खल्ती यसै रित्तो छ । व्यापार गर्नेहरुको वयापार छैन, जागिर गर्नेहरुको जागिर खुस्केको खुस्क्यै छ । देशमा उत्पादन छैन, उत्पादन नभएपछि निरियात छैन । अनि उही भैंसीलाई ट्रकमा कोचेझैं जनताहरु प्लेनमा कोचेर कसैलाई खाडी, कसैलाई अन्य देश जान बाध्य पार्ने सरकार कसका लागि सरकार टोपलिएको हो ? के अव यो प्रश्नको जवाफ खोज्ने बेला भएन र ?
कहिलेसम्म यो फोहोरी राजनीतिको दुर्गन्धित म्युजिकल चेयर खेलिरहने । यहाँ त खेल्नेलाई भन्दा पनि हेर्नेलाई लाज लाग्न थालिसक्यो । पश्चिम रुकुमका नागरिकहरु त्यसै चोरबाटोबाट हिंडेर अमेरिका जान मरिहत्ते गरेका कहाँ हुन् र ? डिभि चिट्ठा भर्न लामो लाइन लागेको त्यसै कहाँ हो र ? यो मन्दीमा पनि कन्सलटेन्सीको व्यापारमा बहार आएको कहाँ हो र ? अनि नागरिक देश छोड्न आकर्षित भईरहेको कहाँ हो र ?
कहाँ हो र, व्यापारीले त्यसै सटर बन्द गरेको, कहाँ हो र जागिरेले जागिरबाट राजिनामा दिएर दराजभित्रको पासपोर्ट निकालेको ? सरकारले किन बुझ्दैन, उनीहरुको यहि म्युजिकल चेयरको फोहोरी खेलले हो जनता बिरक्तिएको, आश सिद्धिएको, निराशाको पर्दाले आशा छेकेको, आशा आफैंलाई आश लाग्न छोडेर ढलेको, विश्वास ढलेको, आस्था ढलेको, अनि ढलेको राजनीतिप्रतिको विश्वास, नेताप्रतिको सम्मान, अनि देशप्रतिको अपेक्षा । के अव समिक्षा गरेर सुध्रिने बेला भएन र ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्