×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, यस्ता छन् सर्त !

PRIME CA

सेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, यस्ता छन् सर्त !

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गर्दै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा नयाँ व्यवस्था लागु गरेको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु,नेटवर्थ ऋणात्मक भएका संस्थाहरु,नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु,आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदा समेत अन्तिम लेखापरीक्षण नगर्ने संस्थाहरु ,पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु ,व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु,विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरु,कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाका सेयर धितोमा राखी कर्जा दिन राष्ट्र बैंकले रोकेको छ ।
 सेयर धितो कर्जा प्रकृतिको सेयर सुरक्षण राखी प्रवाह हुने कर्जाका सम्बन्धमा राष्ट्र बैंकको निर्देशन यस्तो छ :
(क) धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाका सम्बन्धमा देहायका शर्त पालना गरेर मात्र सो अनुसारको कर्जा प्रदान गर्न सकिनेछ ।
( १ ) धितोको रुपमा राखिने शेयरको खण्ड (२) बमोजिम मूल्यांकन गरी रोक्का गरे पश्चात मात्र यस्तो कर्जा प्रवाह गर्नुपर्नेछ ।
(२) यसरी प्रवाह हुने कर्जाको हकमा सुरक्षणवापत राखिने सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिनेछ । एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन ।
(३) सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ | मार्जिन कलl गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।
(४) यसरी प्रवाह भएको कर्जाको अवधि एक वर्षभन्दा बढी हुने छैन । सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न सकिनेछ ।
तर, अन्य प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि थप सुरक्षण स्वरुप ऋणीले दिएको सेयर धितोको हकमा यो व्यवस्था लागू हुने छैन । सम्बन्धित बैंक / वित्तीय संस्थाले कर्जा प्रयोजनका सम्बन्धमा आवश्यक सूचना, तथ्यांक र विवरण सम्बन्धित कर्जा फाइलमा अद्यावधिक गरेको हुनुपर्नेछ । सो सम्बन्धमा थप धितो सुरक्षणस्वरुप लिइने त्यस्तो सेयर, अतिरिक्त धितोको रुपमा मात्र रहने छ ।
(५)देहायका अवस्थामा रहेका संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्न पाइने छैन ।
क) यस बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु
ख)नेटवर्थ ऋणात्मक भएका संस्थाहरु
ग)नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका (Delisted) संस्थाहरु
घ)आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु,
,ङ)पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु
च)व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु,
छ)विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरु,
ज)कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरु,
(६)धितोपत्र विनिमय बजारमा सूचिकृत संस्थाहरुको सेयरको धितोमा कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा नीति / निर्देशिकामा स्पष्ट व्यवस्था भई अन्य कर्जा प्रदान गरे सरह अवलम्बन गर्नु पर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेको हुनु पर्नेछ । उक्त कर्जा नीति / निर्देशिकामा धितोको रुपमा लिने सेयरको Price Earning Ratio, Price to Book Value, Dividend Yield, Dividend Payout Ratio जस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था समेत स्पष्ट रुपमा उल्लेख गरेको हुनु पर्नेछ।
(७) यस्तो मार्जिन प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजी (Core Capital) को बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्नेछन् । यस प्रयोजनको लागि प्राथमिक पुँजी (Core Capital) भन्नाले ठीक अघिल्लो त्रयमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजी सम्झनु पर्दछ । तोकिएको सीमाभन्दा बढी प्रवाह भएको कर्जा बराबरको रकम इजाजतपत्रप्राप्त संस्थाले प्राथमिक पुँजीकोषबाट घटाउनु पर्नेछ ।
(८)धितोपत्र व्यवसायीले गर्ने Margin Trading सम्बन्धी कारोबार प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही नेपाल धितोपत्र बोर्डको नीति / निर्देशन अनुरुप गर्नुपर्ने छ । त्यस्तो धितोपत्र व्यवसायीलाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सिफारिसमा यस बैकबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ मा भएको व्यवस्था बमोजिम स्वीकृति प्रदान गरिनेछ ।
(ख) बैंक तथा वित्तीय संस्थाले धितो सुरक्षण लिएको सेयरका सम्बन्धमा :
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको सेयर आफैले सकार गरी कर्जा असुली गर्न पाइने छैन
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: