×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सोनापुरको नेगेटिभ सर्किट अपेक्षित थियो, प्रिमियम भाउ दिनु गलत थियो’, रामहरी नेपालसँगको अन्तरवार्ता (भिडियो)

PRIME CA

‘सोनापुरको नेगेटिभ सर्किट अपेक्षित थियो, प्रिमियम भाउ दिनु गलत थियो’, रामहरी नेपालसँगको अन्तरवार्ता (भिडियो)

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । सार्है कमजोर मानिएको तर प्रिमियम मूल्यमा आईपीओ निस्कासन भएको सोनापुर सिमेन्टको पहिलो कारोबारको बोहोनी नै खराब भएको छ । कारोबार भएको पहिलो दिन नै सोनापुरको कारोबारमा नेगेटिभ सर्किट लागेर कारोबार नै बन्द भएको हो ।

दोस्रो बजारको प्रि–ओपनिङ सेसनमा ३ सय ५० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय १५ रुपैयाँमा झरेको छ । कारोबारको पहिलो दिन सोनापुरको सेयर किन्ने भन्दा बेच्नेको भीड लागेको छ । कम्पनीले दोस्रो बजारको पहिलो कारोबारका लागि १ सय ४२ रुपैयाँ १ पैसादेखि ४ सय २६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको थियो । र हामीले यस विषयमा सेयर विश्लेषक रामहरी नेपालसँग संक्षिप्त कुराकानी गरेका छौँ । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठले नेपालसँग गरेको कुराकानीको सम्पादित अंशः

कारोबारको पहिलो दिनमै सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्नु अपेक्षित थियो कि अनपेक्षित हो ?
खासमा यो अपेक्षित नै थियो । यो आईपीओ र त्यसपछिको प्राइसलाई खासमा ३–४ वटा कुराले असर गर्छ । पहिलो यो बियरिस ट्रेण्डको असर हो । लगानीकर्तासँग अहिले त्यो आईपीओ किन्ने पैसा पनि छैन, जो दोस्रो बजारमा हुनुहुन्छ र जोसँग आईपीओ छ उनीहरुलाई पनि अर्को आईपीओ भर्नका लागि आफूसँग भएको त्यो आईपीओ बेच्नुपर्ने अवस्था छ । यो भने बजारको एउटा ट्रेण्ड भयो ।

दोस्रा कारण भनेको तत्कालै हामीले देखेको घोराही सिमेन्टको प्राइस पनि हो । घोराहीको प्राइस पहिलो दिनमै नेगेटिभ सर्किट लागेको थियो । खासमा घोराही, सोनापुर, अब आउने सर्वोत्तमको इन्डष्ट्री मिल्छ । अर्थात यी कम्पनीहरुको प्राइस एक्सन पनि मोटामोटी मिल्छ । र सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्नुमा मैले देखेको तेस्रो कारण भनेको सोनापुर अलिकति लार्ज क्याप कम्पनी पनि हो । ९० प्रतिशत भन्दा बढीलाई यो परेको पनि थियो । त्यसकारण पनि सप्लाई आउनु स्वभाविक भई नै हाल्यो । र अर्को कारण भनेको पछिल्लो समय नियमनकारी निकायले भकाभक प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको र यसकै कारण बियरिसमा मलजल पुगेको देखिन्छ । र सोनापुरको सेयर मूल्यमा लागेको नेगेटिभ सर्भिस नियमनकारी निकायका लागि राम्रो सन्देश पनि हो ।

अनि यस्तो बेलामा विकल्प के त ? लगानीकर्ताले के गर्ने ?
अब यसै पनि लगानीकर्ताले बजार र प्राइसले देखाएको एक्सनलाई स्वीकार्दै अगाडी बढ्नुपर्छ । र यो बेला लगानीकर्तामा मैले देखेको चाहिँ दुईवटा विकल्प छ । एउटा कि त तत्काल सेलिङ गर्नुपर्छ, आजको भोलि नै होइन भने लगानी लगभग अर्को बुलसम्मै होल्ड हुने सम्भावना छ ।

सोनापुरको सेयरलाई प्रिमियम मूल्य दिनु गलत हो भन्ने प्रमाणित भएको हो ?
अहिले प्रिमियमचाहिँ फेसन जस्तो भयो र यसलाई नियमनकारी निकायले पनि मलजल गरेको जस्तो देखियो । फण्डामेन्टल्ली हेर्दा पनि प्रिमियमका लागि डिजर्भ गर्दैनथ्यो कि जस्तो देखिन्छ । र पछिल्लो समय घोराही र सोनापुरविरुद्ध उठेको आवाजले पनि यही देखाउँछ । यसप्रति नियमनकारी निकाय पनि प्रतिकारात्मक रुपमा लाग्नुपर्छ ।

अब सोनापुरको सेयर हुनेले के गर्ने ? घाटामै बेच्ने कि केही समय कुर्ने ?
मैले चाहिँ दुईवटा विकल्प देखेको छु । पहिलो कि त अहिले जति बायर उपलब्ध छन् उनीहरुको लागि सेयर ट्रान्सफर गरिदिने । आईपीओको रेट पहिलाको जस्तो १०० रुपैयाँमा किनेर ५००, १००० पुग्ने वा बुल मार्केटमा जुन अनुभव गर्यौं त्यस्तो रहेन । त्यसैले पनि कि त सप्लाई क्याप्चर गर्ने गरी तत्काल क्विट गर्ने नत्र भने आगामी बुलसम्म कुर्नुपर्छ । बुलसम्म कुर्न सकियो भने चाहिँ आईपीओको लगानीलाई न्याय दिनेगरी बजार बढ्छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: