काठमाडौँ । बैंकका कर्मचारीलाई बिदा । यो विषय कति गम्भीर छ भन्ने बुझ्न स्वयम् नै बैंकर हुनुपर्छ । भन्नलाई ९-६ को जागिर भनिए पनि बैंकका कर्मचारीहरुको दैनिकी विहानदेखि बेलुकीसम्म, अझ रातिसम्म नै बैंककै काममा बित्छ । विहान उठ्न नपाउँदै कामका लागि तयारी गर्नुपर्ने र राती अवेरसम्म बैंककै जागिरमा व्यस्त हुनुपर्ने दैनिकीका कारण बैंकको जागिर सोचेजस्तो सहज छैन । अझ त्यसमाथि केहि दिनमात्र हुने बिदाले बैंकरहरुको दैनिकी झन् असहज बनाईदिन्छ ।
हुन त नेपाल राष्ट्र बैंकले नै बैंकरहरुले पाउने बिदाको सूची बनाइदिएको छ । त्यसमाथि भैपरी पाइने बिदा, बिरामी बिदा र फोर्स लिभजस्ता विदा नपाइने होइन, तर, भैपरी पाइने बिदामा सोहि अनुसारको काम हुने नै भयो, बिरामी बिदा प्राय: बिरामी परेकैबेला नै लिने हो, बल्ल बल्ल पाएको ‘फोर्स लिभ’मा भएभरका काम सक्नुपर्ने, परिवारलाई समय दिनुपर्ने लगायतका बाध्यता छन् । र पनि, पछिल्लो समय बैंकरहरुको घुम्न ट्रेण्ड बढेको छ । छोटो बिदामा पनि हाईकिङ जाने, केहि अलि लामो विदामा ट्रेकिङ गईहाल्ने ट्रेण्ड पछिल्लो समय निकै बढेको छ ।
बैंकर निरज जोशी बल्लबल्ल पाउने बिदाको सदुपयोग गर्दै ‘हाईकिङ’ जानुको मज्जा छुट्टै भएको बताउँछन् । नमोबुद्ध क्षेत्रमा हाईकिङमा भेटिएका जोशी शुक्रबार बिदा परेको खण्डमा शुक्रबार र शनिबार मिलाएर छोटो हाईकिङ गर्ने, साथीभाई मिलेर शनिबारको विदामा समेत ‘हाइक’मा जाने गरेको बताउँछन् । ‘तिहारको विदामा त कतिपय साथीहरु ट्रेकिङ नै पनि गएका छन् ।’ अर्थ सरोकारसँग उनले भने, ‘पछिल्लो समय देश घुम्ने ट्रेण्ड बढेको छ । घुम्न रुचाउनेहरु बैंकर भए, वा बैंकरहरुले घुम्न रुचाउन थालेका हुन् थाहा छैन, तर, पछिल्लो समय बैंकरहरुमा यो राम्रो ट्रेण्डको बिकास भएको छ ।’
अर्का बैंकर सुमन पौडल कामले थाकेका बेला, वा उही प्रकृतिको कामले गलेका बेला ट्रेकिङले छुट्टै मज्जा दिने बताउँछन् । ‘हिड्नुको मज्जा हिड्नेहरुलाई मात्र थाहा हुन्छ । सबै पीर भुलेर हिमालहरु हेर्दै हिड्दै, प्रकृतिको आनन्द लिनुको मज्जा, यसको मज्जा नलिनेहरुलाई थाहा हुँदैन ।’ उनले अर्थ सरोकारसँग भने, ‘बैंकर भएपछि कम विदा हुन्छ, तर त्यसको सदुपयोग गर्न जाने जीवन नै रमाइलो हुन्छ ।’ उनका अनुसार पछिल्लो समय फोर्स लिभमा कतै ट्रेकिङको प्लान गर्नेहरु बढेका छन् । ‘उही बैंकका साथीहरुसँग घुम्न जाने भनेको अलि लामो बिदामा हो । अन्य बैंकका साथीहरु मिलेर बिदा एकैपटक मिलाएर ट्रेकिङ जाने ट्रेण्ड बढेको छ । हाईकिङका लागि त धेरै सोच्नुपर्दैन । मन भए, छोटो हाईकिङ कुनै पनि बिदामा लिन सकिन्छ ।’
सतर्क नहुँदा बैंकरले गुमाए ज्यान !
यसो त घुम्ने जाने क्रममा सतर्क नहुँदा कतिपय घाइते हुने गरेका छन् भने, कतिपयले ज्यान नै गुमाएका पनि छन् । साथीभाई घुम्न जाँदा, ठाउँबारे थाहा नहुनेहरुको समूह बन्दा वा पौडी खेल्ने क्रममा पोखरीबारे थाहा नपाई खेल्दा दुर्घटना बढेका छन् । यस्तै घटना केहि समय अगाडी माडीमा भएको थियो । नेपाल एसबिआई बैंकका कर्मचारी बिजय तिमिल्सिनासहितको ५ जनाको टोली घुम्न जाने क्रममा माडीको बैकुण्ठ तालमा पौडी खेल्न पुग्यो । तर पौडने क्रममा एकासी बिजय पौडीमै हराए । पछी उनी त भेटिए, तर उनको स्वास गईसकेको थियो । सिन्धुपाल्चोक स्थायी ठेगाना भई हाल भरतपुर महानगरपालिका-२ स्थित नेपाल एस.बि.आई. बैंकमा कार्यरत ३५ बर्षीय तिमिल्सिनाको तालमा डुबेर निधन भयो । कुरिनटारबाट आएका सशस्त्र प्रहरी बलको गोताखोर टोलीले तालको भित्री गहिरो भागमा अँड्किएको अवस्थामा शव फेला पारेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्