×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालकै पहिलो र एकमात्र लामो ‘मञ्जुश्री ट्रेल रेस’ सुरू हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालकै पहिलो र एकमात्र लामो ‘मञ्जुश्री ट्रेल रेस’ सुरू हुँदै

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। नेपालकै पहिलो र एकमात्र लामो ‘मञ्जुश्री ट्रेल रेस’ प्रतियोगिता सुरु हुने भएको छ । उक्त प्रतियोगिता  कार्तिक २४ गते देखि २६ गतेसम्म  काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट १७० किलोमिटर दौड सुरू  हुने भएको हो ।

‘मञ्जुश्री ट्रेल रेस ‘अन्तर्गत लामो दूरीमा सहभागी हुन अनुकूल नहुने सहभागीको लागी झुले, चापाखर्क र फर्पिङबाट क्रमश: ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुनेछ । सबै दौडहरू दहचोक स्थित कालु पाण्डे स्मार्कमै पुगेर सकिने जानकारी आयोजकले  दिएको छ ।

गैह्रनाफामुलक संस्था मञ्जुश्री ट्रेल रेसले  ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए। कार्यक्रमको व्यव्स्थापनमा आयोजक समितिका पदाधिकारीसहित ५० जना स्वयंसेवक खटिने  जानकारी दिएका छन् । आयोजकका अनुसार, ‘दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने अल्ट्रा टुर मोन्टा रोस (युटिएमआर) मा सहभागी हुने अवसर पाउनेछन् । उनीहरूको अर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको सम्योजन मञ्जुश्री ट्रेल रेसले गर्ने  छ ।’

स्विजरल्याण्डमा आयोजना हुने युटिएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तराष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापाले बताएका छन् ।बिजेताले नगद र प्रमाणपत्रसहित एड्भेन्चर गियर पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ ।

त्यस्तै, रेसको गत वर्षको संस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए ।

कसरी सहभागी हुने ?

आयोजकले दौडका लागि आह्वान सुरू गरिसकेको छ । अनलाइनमार्फत नेपाली एवं विदेशी धावकले आफूलाई इच्छा लागेको दौडका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आयोजक संस्थाको आधिकारिक वेबसाइट (www.manjushreetrailrace.com) मार्फत आगामी बिहिबारसम्म आवेदन दिन सक्नेछन् ।

मञ्जुश्री ट्रेल रेसको इतिहास र विषेशता ?

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए। त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोलेका हुन् ।   जिमी, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको बिकल्पिक रुटहरू सहित नक्साङ्कन गरेका थिए। विभिन्न चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने सँस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

आइटिआरएको मापदण्ड अनुसारको मञ्जुश्री ट्रेल रेसु पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ । यस अगाडि केही सहभागीले २ दिनमा र केहीले ३ दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए । सुबिधा सम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रुट अन्य मुलुकमा सायदै भएको आयोजकको भनाइ छ ।

ट्रेल रेसको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मन्जुश्री ट्रेल रेस प्रतिष्ठित मानिन्छ। मञ्जुश्री काठमाडौँको ऐतिहासिकतासँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको किम्बदन्ती छ ।

मन्जुश्री ट्रेल रेसको रुट काठमाडौँ उपत्यकालाई घेरेका पहाडहरूको डाँडैडाँडा भएर अगाडि बढ्छ । चोभारको डाँडा काटेर मन्जुश्रीले काठमाडौँ उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिडेको बाटो अझ भनौं मन्जुश्रीको पदचाप पछ्याउँदै ट्रेल रेसको रुट बनाइएको छ ।

आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट रहेको छ। कालु पाण्डे स्मारकबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भन्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भन्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुन:कालु पाण्डे स्मारकमा नै पुगेर सम्पन्न हुन्छ । मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामिण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी सहासिक खेल पर्यटकका लागि आकर्षण बनेको छ ।

हिमालय शृङ्खला, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्य अवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी