×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नयाँ स्टक एक्सचेन्जको आवश्यकता, यथार्थ र भ्रम’ : सुवास चन्द्र भट्टराईको विचार

PRIME CA

‘नयाँ स्टक एक्सचेन्जको आवश्यकता, यथार्थ र भ्रम’ : सुवास चन्द्र भट्टराईको विचार

२५ कार्तिक २०८०, शनिबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । नयाँ स्टकको कुरा गर्दै जाँदा हामीहरुले विश्वमानचित्रका केही कुरा गर्न र बुझ्न आवश्यक छ । संसारमा रहेका देशमध्ये ४४ वटा देश भूपरिवेष्ठित छन्, त्यो मध्ये एक नेपाल पनि हो ।

भुपरिबेस्ठित राज्यमध्ये सबैभन्दा पहिला अस्ट्रियामा सन् १७७१ अनि स्वीजरल्याण्डमा सन् १८५०, जिम्बाफेमा सन् १८९६ मा सेयर बजार खुलिसकेको थियो । एशियाको भूपरिवेष्ठित देशहरुमा पनि सेयरबजार ढिलो खुल्यौ । भुटान र मंगोलियामा सन् १९९२ मा बजार स्थापना गरियो भने नेपालमा सन् १९९३ मै कानून निर्माण भई १९९४ देखि दोस्रो बजार पनि सुरु भयो । तर, उमेरले जवान भए पनि प्रविधिमा नेप्से किन बामे मात्रै सर्दैछ ?

नेपाल भन्दा पछाडी भियतनाममा (सन् १९९८), कतारमा (सन् १९९५), दुवईमा (सन् २०००), साउदी अरबमा (सन् २००७), लाओस्मा (सन् २०१०), कम्बोडियामा (सन् २०११), म्यानमारमा (सन् २०१५) मा सेयर बजार विस्तार भएको थियो । तर, यसपछि भने अन्य देशमा सेयर बजार स्थापना भएको छैन । यद्यपी कङ्गोमा कानून बन्ने प्रक्रियामा चल्दाचल्दै रोकिएको छ ।

हामी भन्दा पछाडी स्थापना गरेका देशको सेयरबजारको प्रगतिको बयान गरेर साध्य छैन । अति राम्रो गरेका छन् । देशको नेताको दृष्टिकोण सही अनि सकारात्मक, विवेकशिल र कर्मयोगी नीतिनिर्माता भएका हुनाले नै त्यो प्रगति सम्भव भएको हो । हाम्रोजस्तो ‘मै खाउँ मै लाउँ’ भन्ने नेता, कर्मचारी त्यता छैनन् । अन्तर्राष्ट्रिय स्तरको नीति प्रविधि, औजारले भरिएको छ । लगानीकर्तामा विश्वसनीयता कायम गरिएको छ । तर, नेपालमा ‘सरकारी काम कहिले जाला घाम, मैले नै खानु पर्यो नि माम’ भन्ने सोच भएका नेता, नीतिनिर्माता, कर्मचारी भएकाले अन्तर्राष्ट्रिय स्तरको हुन सकेन, गर्न सकेनौँ । निजि क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन ।

अपरिपक्व लगानीकर्ताहरु परिवर्तन भइ परिपक्व हुँदै गैइरहेका छन् । बजारमा नयाँप्रवेशी ९० प्रतिशत नै अल्पकालीन ट्रेडरको रुपमा आएका छन् । सेयरबजारलाई नै कमाईको पेशा बनाउन चाहेका छन् । अन्तर्राष्ट्रिय स्तरकै टेक्नोलोजि र टूल्स उहाँहरुको चाहाना हो ।

नयाँ स्टक आए हाल मौज्दात रहेको नेप्सेले पनि लगानीकर्ताको मन जित्न अफ्नो गुणस्तर बढाउँदै लैजानेछ ।

फाईदाहरु
१. Day Trade गर्न सजिलो हुनेछ । Full option को बजार हुनेछ ।
२. को सृजना हुने छ। रोजगारी सृजना हुने छ ।
३. Hidden buying/Selling option हुनेछ । ११-३ बजे नै TMS खोल्न नसक्ने लगानीकर्ताले पहिले नै Order Place गर्न सक्नेछन् ।
४. Put option/Call option हुनेछ । Two way market हुनेछ । कारोबार बढ्ने हुनाले सरकारको आम्दानी पनि बढनेछ ।
५. Day Income Tragedy and Target बनाउन चाहने युवा लगानीकर्ताको आकर्षक बढी बजारको दायरा फराकिलो हुनेछ ।
६. FDI आउन सजिलो हुनेछ । यो Stock आउनु भनेको FDI आउनको लागि उत्साहित हुनु पनि हो ।
७. यो नयाँ Stock  को मोडालिटीले साधारण मानिस पनि मालिक बन्न सक्नेछन् । अपनत्वको Feel जगाउने छ ।
८. नयाँ स्टक पनि एक कम्पनी सरह Listing  भइ Nepse बाट कारोबार हुनेछ।
९. दुईवटा Stock मा Listing भएका कम्पनीको मोल फरकफरक भएमा एकातर्फबाट किनि अर्कोतिर बेच्न पाउने हुँदा लगानीकर्तालाई चलाख अनि चनाखो बनाउनेछ ।
१०. सरकारी राजस्वको वृद्धि हुनेछ । इत्यादी…

नोक्सानः
१. एक समूहले लाईसेन्स पाउँदा अन्य नपाउने समूहको चिटचिट पसिना आउनेछ ।
कमिसन, घुस र मालिक
२. कमिसन, घुसको बारेमा आफू अनविज्ञ भएकोले केही भन्न सकिन ।
३. जो कोही नेपाली मालिक हुन् मलाई मतलब भएन । बरु १० प्रतिशत जति जापानलाई दिए हुन्छ ।

सबै राम्रो काम आउना साथ घुस नै खाए भन्न सकिदैन ।

(नोटः १०० प्रतिशत लगानीकर्ताको हितमा चाहिँ छ र हुन्छ पनि ।)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: