×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यज्योति लाइफमा लफडै लफडा, मेनेजरले धम्क्याउन थालेपछि प्राधिकरण पुग्यो केस, ‘नक्कली सर्टिफिकेटको छानविन भएन’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सूर्यज्योति लाइफमा लफडै लफडा, मेनेजरले धम्क्याउन थालेपछि प्राधिकरण पुग्यो केस, ‘नक्कली सर्टिफिकेटको छानविन भएन’

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सूर्यलाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्समा मेनेजरले धम्कीपूर्ण भाषा प्रयोग गरेर बीमा पोलिसी बिक्री गर्न लगाएको, आफ्नै पैसा हालेर भए पनि ‘बिजनेश बढाउन’ भन्दै मानसिक तनाव दिएको, शैक्षिक योग्यता नपुगेकाहरुलाई पदमा राखिएको र भारतबाट किनेर ल्याएको नक्कली सर्टिफिकेटका भरमा विभिन्न तहका कर्मचारीहरुले जागिर खाएको भन्दै नेपाल बीमा प्राधिकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, अर्थ मन्त्रालय, र श्रम मन्त्रालयमासमेत बोद्धार्थ दिएर उजुरी गरिएको छ।
बीमा कम्पनीमै कार्यरत एक कर्मचारीले विभिन्न निकायमा दिएको सो उजुरीमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा उच्च पदमा कार्यरत कर्मचारीहरुको सर्टिफिकेट नक्कली भएको दाबीसमेत गरिएको छ भने शैक्षिक योग्यता नपुगेकाहरुले जागिर खाईरहेको भन्दै उनीहरुको नाम, पद र ठेगानासमेत उल्लेख गरिएको छ ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को ठाडो उल्लघंन गरेर केहि कर्मचारीहरुले अनुचित सुविधा लिँदा पनि प्राधिकरण मौन बसेकोसमेत सो उजुरीमा उल्लेख छ ।
बीमा प्राधिकारणलेसमेत केहि कर्मचारीहरुको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै बीमा समितिमा उजुरी परेको पुष्टी गरेको छ । ‘तपाईंकहाँ पुगेको उजुरी अलिअघि नै प्राधिकरणमा दर्ता भएको थियो । यस विषयमा थप के भयो त्यो बुझ्नुपर्छ । तर हामीले, कम्पनीलाई यस विषयमा सोधिसकेका छौँ ।’ बीमा प्राधिकरणका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘सूर्यज्योति लाइफको अर्को एउटा पुराना केस पनि सेटल भएको छैन । कतै कानुन मिचिएको छ भने हामी हस्तक्षेप गरिहाल्छौँ ।’
केहि समय अघिमात्र सूर्यज्योति लाइफ इन्स्योरेन्सले पाएको एक भारतीय अवार्डलाई लिएर कम्पनीको आलोचना भएको थियो । पैसा तिरेर गएको कनक्लेभमा सबैजसोलाई बाँडिएको अवार्ड लिने तर पोष्ट मर्जरमा निम्तिएका विभिन्न समस्याहरुको समाधान नगरेको भन्दै कम्पनीको तीब्र आलोचना भएको थियो ।
यस विषयमा कम्पनीका सूचना अधिकारी उमेश प्रसाद मैनालीलाई बुझ्दा उनले नक्कली सर्टिफिकेटका काण्डहरु ब्युरोकेसीदेखि सबैतिर भएकोले यस विषयमा प्राधिकरणले कार्वाही गर्न सक्ने बताए । ‘नक्कली सर्टिफिकेटका केसहरु सबैतिर छन् । सेनामा पनि देखिएका छन् । हाम्रोमा पनि छ भने हाम्रो नियामक बीमा प्राधिकरणले त्यसलाई पक्कै हेर्छ । मेरै सर्टिफिकेट नक्कली भए पनि प्राधिकरणले कार्वाही गर्छ ।’ उनका अनुसार प्राधिकरणले सर्टिफिकेटका विवरण माग गरेको केसमा कम्पनीले सो विवरणहरु प्राधिकारणमा पठाउने गरेको छ । ‘यो केसमा पनि प्राधिकरणमा हामीले विवरण पठाईसकेको जस्तो लाग्छ । गलत गर्ने कसैलाई पनि कम्पनीले बोक्दैन ।’
मेनेजरले धम्की दिएर बीमा पोलिसी खरिद गर्न लगाएको भन्ने आरोप भने सत्य नरहेको उनको दाबी छ । ‘अहिलेको दिनमा त्यस्तो हुँदैन । कर्मचारीलाई आफ्नो पैसा हालेर पोलिसी खरिद गर्न लगाउने, नगरे घरै जान नदिने भन्ने आरोपहरु निराधार छन् । सूर्यज्योतिमा त्यस्तो भएको छ जस्तो मलाई लाग्दैन।’ उनले भने । उनका अनुसार अन्य कम्पनीहरुको तुलनामा सूर्यज्योति लाइफ इन्स्योरेन्समा पोष्ट मर्जरका लफडा पनि कम छन् । ‘केहि समय अगाडी बीमा प्राधिकरणकै अध्यक्षले पनि हामीलाई सूर्यज्योतिमा एचआरका लफडा कम छन् भन्नुभएको थियो ।’ उनले भने ।
पछिल्लो समय सूर्यज्योतिमा नक्कली सर्टिफिकेटधारीहरुको बिगबिगी बढेको छ । तर औपचारिक उजुरी पर्दा पनि यस विषयमा प्राधिकरणले आवश्यक छानविन प्रक्रिया अगाडी नबढाएको उजुरीकर्ताको गुनासो छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: