×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर ब्रोकरकोसमेत नाम जोडिएको अवैध क्रिप्टोको कारोबार प्रकरण के हो ? अग्रवाल जेल चलान, अन्य ब्रोकरहरु निगरानीमा

PRIME CA

सेयर ब्रोकरकोसमेत नाम जोडिएको अवैध क्रिप्टोको कारोबार प्रकरण के हो ? अग्रवाल जेल चलान, अन्य ब्रोकरहरु निगरानीमा

१६ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालमा गैरकानुनी मानिएको क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सेयर ब्रोकर नम्बर २० (सिप्ला सेक्युरिटिज) का संचालकका छोरा आशिष अग्रवाल पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले गत आइतबार अग्रवालसहित ४ जनालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर र संगठित अपराध सम्बन्धी कसूरमा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
अभियोगपत्रको अंश
अभियोगपत्रको अंश
प्रहरीको बयानमा आफुलाई सिप्ला सेक्युरिटिजको संचालक बताएका आशिष अग्रवालसहितको टोलीले अरवौंको अवैध कारोबार गरेको तथ्य सीआईबीको अनुसन्धानका क्रममा पाइएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको विशेष अनुसन्धानका क्रममा ब्रोकर नम्बर २० का संचालक पवनका छोरा आशिष अग्रवालले ब्रोकर नम्बर २० नै आफ्नो कार्यालय रहेको र सो कार्यालयमा बसेर गैरकानुनी क्रिप्टो र हुण्डीको कारोबार गरेको स्वीकारेको प्रहरीको भनाई छ ।
अभियोगपत्रको अंश
प्रहरीको नियन्त्रणमा परेका रुपेश श्रेष्ठ नाम गरेका व्यक्तिको कारोबारमा अग्रवालको नाम जोडिएपछि प्रहरीले उनलाईसमेत पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेपछि बयानका क्रममा अग्रवालले सुरुमा आफुले क्रिप्टोको कारोबार नगरेको, बरु आफु सेयर ब्रोकरको संचालक रहेको दाबी गरेका थिए । तर पछि, अवैध क्रिप्टो र हुण्डीको कारोबारमा उनको संलग्नताबारे फेला परेका तथ्यहरुबारे प्रश्न गर्दा अग्रवालले ब्रोकर नम्बर २० मै बसेर आफुले केहि कारोबार गर्ने गरेको उनको कार्यालयमा प्रहरीले छापा मारेको थियो ।
अभियोगपत्रको अंश
अग्रवालसहितका व्यक्तिहरुले ९७ अर्व २३ करोडको अवैध क्रिप्टो र हुण्डीको कारोबार गरेको विवरण राखेर सीआईबीले प्रतिवेदन तयार गरेपछि उनीहरुविरुद्ध कुल अभियोग कुल २ खर्ब ८६ अर्ब रुपैयाँको बिगो कायम गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
अभियोगपत्रको अंश
यद्यपी अदालतमा भने अग्रवालले बयान फेरिदिए। अदालतमा बयानका क्रममा उनले आफुले गैरकानुनी क्रिप्टो करेन्सी र हुण्डीको कारोबार नगरेको, बरु, आफ्ना साथी रुपेश श्रेष्ठले पठाएका मेसेजहरु अरुलाई पठाईदिएको भनी बयान दिएका छन् । यद्यपी प्रहरीको प्रतिवेदनमा उल्लेखित उनको कारोबार विवरण हेर्दा उनको संलग्नता खुल्ने आशयका तथ्य भेटिएपछि अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो ।
अभियोगपत्रको अंश
अबैध हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा सेयर ब्रोकरहरुको संलग्नता रहेको भेट्टाएपछि प्रहरीले अन्य ब्रोकरहरुमाथि पनि निगरानी बढाएको छ । प्रहरीका अनुसार ठुलो मात्रामा सेयर कारोबार गर्ने केहि अन्य ब्रोकर कम्पनीहरुमा पनि यस्तो कारोबार हुने गरेको आशंकामा अन्य ब्रोकर हाउसमा पनि प्रहरीले निगरानी बढाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: