काठमाडौँ । बैंक फगत एउटा संस्था होइन, विश्वास पनि हो । प्रचलित कानुनी व्यवस्था अनुसार उद्देश्य खोलेर प्रहरी, अदालत वा यस्तै निकायले विवरण मागेको खण्डमा मात्र कसैको व्यक्तिगत विवरण दिन पाइन्छ । अन्यथा, संविधानले सुरक्षित गरेको गोपनियताको हक अनुसार कुनै पनि ग्राहकको व्यक्तिगत विवरण कोहि कसैलाई दिन मिल्दैन ।
केहि घटनाक्रमले स्पष्ट भन्छ- ग्लोबल आईएमई बैंकले रवि लामिछानेका व्यक्तिगत विवरणहरु आधा दर्जन बढी व्यक्तिलाई उनको अनुमतिबेगर दिएका छन् । विभिन्न निकायले पत्र नै लेखेर माग गरेको खण्डमा दिन मिल्ने भए पनि कसैले सोधेकै भरमा बैंकले कसैको पनि विवरण सार्वजनिक गर्न पाउँदैन। ग्लोबल आईएमई बैंकका कर्मचारीले यसअघि पनि प्रेम प्रसाद आचार्य प्रकरणमा निजकी श्रीमतीको खाता विवरण सार्वजनिक गरिदिएका थिए । त्यतिबेला नै कानुनी कार्वाही नगर्दा बैंकले यस्तो गलत काम दोहोर्याएको छ ।
व्यक्तिगत कारोबारको विवरण सुरक्षित राख्नुपर्ने बैंकको दायित्व हो । तर यो दायित्वबाट ग्लोबल आईएमई बैंक चुकेको प्रष्ट देखिन्छ । यसपटक पनि यस्तो काम गर्ने व्यक्तिलाई बैंकले वा बैंकलाई नियामक राष्ट्र बैंकले कार्वाही नगर्ने हो भने यो अराजकताले थप प्रशय पाउँन सक्छ ।
बैंकले प्रभावमा परेर होस्, वा दबाबमा अरुको खाता विवरण असम्बन्धित व्यक्तिलाई दिएर बदमासी गरेको छ । यदी यस्तै हो भने ग्लोबल आईएमई बैंकमा ग्राहकको विवरण सुरक्षित छैन भन्ने तथ्य प्रमाणित हुन्छ । कहिलेकाहिँ आफ्नै खाताको विवरण माग्दा पनि, फोनमा भन्न मिल्दैन भन्ने बैंकले फोनमै आफ्ना ग्राहकको सूचना असम्बन्धित व्यक्तिलाई दिएको छ । यो त्रुटी होइन, ‘अपराध’ हो । यदी यस्तै हो भने भोलि बैंकले ग्राहकका सूचना कुनै ह्याकरलाई दिंदैन भन्ने के ग्यारेन्टी भयो र ? राष्ट्र बैंक यसतर्फ सचेत बनोस् । कुरा लामिछानेको मात्र होइन, लाखौँ ग्राहकको हो । चिन्ता बुडी मरिन् भन्ने विषयको भन्दा पनि काल पल्क्यो भन्ने विषयको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्