काठमाडौँ । अहिले चर्चा तीन समूहको छ, पहिलो देश छोड्ने नेपालीको, दोस्रो सहकारीका पीडितहरुको र तेस्रो लघुवित्तका ऋणीहरुको । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरु नै विदेश जाने लहड चलेका बेला देश छोड्नेहरु र दिनहुँ सञ्चालक भागिरहेका सहकारीका बारेमा भन्न के नै बाँकी छ र ? रह्यो लघुवित्तका ऋणीहरु, लघुवित्त आफैमा अहिले ऋणी, कर्मचारी र नियामकका लागि टाउको दुखाईको विषय बनेको छ । ऋणीहरुका लागि लघुवित्त र लघुवित्तका लागि ऋण खाने ऋणीहरु ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भनेजस्तै बनेका छन् ।
ऋण उठाउन जाउँ संघर्ष समिति र आन्दोलनका नाममा ऋणीहरुले भकुर्लान भन्ने पीर, ऋण नउठाउँ हाकिमले जागिर खाइदेलान् भन्ने तनाव छ लघुवित्तका कर्मचारीहरुलाई । अझ ऋणीहरुको तनाव झन बेग्लै छ । लघुवित्तबाट लिएको ऋण तिरौँ, पैसा छैन, नतिरौँ साझँ, दिउँसो, बिहान लघुवित्तका कर्मचारीहरुको टर्चर सहने ताकत छैन । लघुवित्तको ऋण र कर्मचारीको टर्चर भन्दा दुर्गा प्रसाईं र मनिराम ज्ञवालीको आन्दोलन नै सही भन्दै लघुवित्तका ऋणीहरु राजधानी हानिएका छन् । तर, न ऋणीहरुको समस्यमा समाधान भएको छ, न लघुवित्तकर्मीहरुको तनाव कम भएको छ ।
आखिर लघुवित्त क्षेत्रमा देखिएको समस्याको समाधान के हो छ ? प्रस्तुत छ, लघुवित्तका समस्या र सम्भावित समाधानका उपायहरुबारे जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक चार्टर्ड एकाउन्टेन्ट मनिष अर्यालसँग सहकर्मी सुरज प्याकुरेलले गर्नुभएको यो कुराकानी…