Skip to content
LAXMI SUNRISE BANK

स्वर्गीय नेम्वाङको नाममा लिलामी सूचना देखेपछि कार्यकक्षमै रोए बैंकर, `संवेदनाहीन सिइओको राजनीतिक प्रतिशोध´

अर्थ सरोकार

काठमाडौँ । माघ ५ गते, शुक्रबारको दिन बैंकमा काम गरिरहेकी एक बैंकर फोनमा कुरा गर्दै सुक्कसुक्क गर्दै थिइन् । काम गर्दागर्दै रोएको देखेपछि सहपाठी बैंकरले सोधे, ‘कसलाई के भयो र ?’
फोनमा कसैले उनलाई गाली गर्यो कि भन्ने सोचेका थिए उनका सहपाठीले । तर फोनमा कसैले उनलाई गाली गरेको नभई, नेपाल बैंकले सुबास नेम्वाङको नामसमेत राखेर लिलामी सूचना निकाल्यो भनेर जानकारी गराएको थियो । यति मात्र होइन, यस्तो काम गर्नु सार्है ठिक भएन भनेर अलि झर्किएको पनि थियो फोनमा कुरा गरिरहेको मान्छे । कुरा सुन्दासुन्दै ती बैंकर भक्कानिइन् । केहि दिनअघि नै बैंकमा हल्ला थियो, ‘नयाँ सीइओले बैंकलाई एमालेले कब्जा गरेको रहेछ, एमाले र एमालेका मान्छे एक एक तह लगाउँछु भनेका छन् ।’
भक्कानिने ती बैंकर सुबास नेम्वाङलाई आफ्नो आदर्श मान्थिन् । सुबास नेम्वाङको निधन भएको केहि समयसम्म पनि उनको मुड फ्रेश भएको थिएन । त्यसपछि दोश्रो पटक उनी माघ ५ गते रोइन् ।
बैंकले नेम्वाङका नाममा सूचना निकालेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि अर्थ सरोकारको सम्पर्कमा आएकी ती बैंकर भन्दै थिइन् । ‘बैंकले गल्ती गर्यो । सीइओले राजनीतिक प्रतिशोध लिए । जागिरको पीरले कोहि साथीहरु बोल्दैनन् । मिडियाले बोलिदिनुपर्यो । बिचरा मरेर गईसकेकाहरुकोसमेत बेइज्जत गरेर बैंकले के पाउँछ र ?’
उनका अनुसार बैंकमा लामो समयदेखि ऋण नतिरेका थुप्रै अरु फाइल छन्, जसमा बैंकको ध्यान गएको छैन । ‘बैंकको उल्टै खर्च भईरहेका केसहरु छन् । अरवौं उठ्नुपर्ने फाइलहरु छन् । त्यसमा सीइओलाई मतलव भएन । तर एउटा निष्ठावान नेताको परिवारलाई थप पीडा दिने काम भएको छ । नेपाल बैंकको कर्मचारी हुँ भन्न पहिलोपटक लाज लागेको छ । नयाँ सीइओ समवेदनाहीन रहेछन् । सीइओले हदैसम्म गिरेर राजनीतिक प्रतिशोध लिए।’
अहिले यो विषयले बैंकमामात्र होइन, राजनीतिक वृतमासमेत चर्चा पाएको छ । एमालेका नेताहरुलेसमेत नेपाल बैंकको चर्को विरोध गरिरहेका छन् भने सामाजिक संजालका प्रयोगकर्ताहरुले पनि सीइओ पाण्डेयले राजनीतिक प्रतिशोध लिएको आरोप लगाईरहेका छन्। तर स्वयम् बैंकका सीइओ पाण्डेय भने आफुले राजनीतिक प्रतिशोध नलिएको र बैंकले गरेको काम स्वाभाविक प्रक्रिया रहेको दाबी गर्छन् ।
‘उहाँ सबैले मानेको नेता हो । मैले पनि एकदम सम्मान गर्ने नेता हो । उहाँ जुनसुकै पार्टीको भए पनि उहाँ राष्ट्रिय व्यक्तित्व हो । म त अझ उहाँलाई पार्टीमा कसैले जोड्न मिल्दैन भन्छु । सुबास नेम्वाङ, बिपी कोइराला, वा मदन भण्डारीहरु जुन पार्टीको भए पनि सबैको नेता हो । त्यसैले मेरो कुनै पनि राजनीतिक प्रतिशोध छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ पाण्डेयले भने, ‘सुबास नेम्वाङको निधन भएपछि सो ऋण त जसले अंश खाने हो, उसले तिर्नुपर्यो नि। छोराहरुले तिर्छन् नि ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK