×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर पक्राउको विषयले बैंकिङ क्षेत्र तरंगित, बैंक तथा वित्तीय संस्थाहरुले भने- ‘पहिला सुनियोस्, अनि थुनियोस्’

PRIME CA

बैंकर पक्राउको विषयले बैंकिङ क्षेत्र तरंगित, बैंक तथा वित्तीय संस्थाहरुले भने- ‘पहिला सुनियोस्, अनि थुनियोस्’

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंक घोटाल प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका तत्कालीन सीईओदेखि कर्मचारीसम्म पक्राउ गरेपछि अहिले नेपाली बैंकिङ क्षेत्रमा यो विषय ‘टक अफ दि टाउन’ बनेको छ । यतिसम्म कि बैंकर पक्राउ परेको भोलिपल्टै (फागुन १६ गते) नेपाल बैंकर्स संघले आकष्मिक बैठक नै डाकेर बैंकर पक्राउ गरेको विषयमा आपत्ति जनाएको थियो ।

संघको उक्त बैठकले राज्य र प्रहरीले बैंकिङ र धितोबारे नबुझेको निष्कर्ष निकाल्दै प्रहरी, गृह मन्त्रालयलाई बैंकिङ बुझाउने र राष्ट्र बैंकलाई पनि त्यसबारे जानकारी गराउने निर्णय गरेको थियो ।

त्यसलगत्तै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाका गरी चारवटा छाटा संगठनहरुले संयुक्त रुपमै बैंकका कर्मचारीलाई पक्राउ गरेर आतंकित नगर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले ‘अपराधी नउम्किउने तर निर्दोषले सजाय नपाउने’ गरी अनुसन्धान गर्न आग्रह गर्दै बैंकिङ अपराधका घटनामा कसुर प्रमाणित भए मात्रै बैंक तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ गर्न पनि माग गरेका छन् ।

त्यस्तै, उनीहरुले कमसल धितो राखेर बढी ऋण प्रवाह गर्ने कार्यमा संलग्न रहेको भन्दै तत्कालीन सेञ्चुरीका बैंकर पक्राउ गरेकोप्रति आपत्तिसमेत जनाएका छन् । उनीहरुले बैंकिङ अपराधका विषयमा पहिला सुन्न र कसुर प्रमाणित भए मात्रै बैंकल थुन्न पनि आग्रह गरेका छन् ।

‘बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेकै कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागीदार बनाइनुहुन्न । बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया पहिला सुन अनि थुन हुनुपर्नेमा पहिले थुन अनि सुन भन्ने प्रवृत्तिले बढावा पाएको छ ।’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तत्कालीन सेञ्चुरी बैंकको उक्त प्रकरणमा बैंकका तत्कालीन सीईओद्वय गौतम र न्यौपानेसहित कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविना घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेत र राजेश भण्डारीलाई सीआईबीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बैंकका सीईओदेखि कर्मचारीसम्मको मिलेमतोमा ८० करोड बराबरको धितो राखेर २ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ ।

यसरी बैंकले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली सहकारीका रविन्द्र चौलागाईं र उनकी श्रीमति पूजा खत्री सञ्चालक रहेको पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्श मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिका नाममा कर्जा प्रवाह गरेको पाईएको सीआईबीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: