काठमाडौँ । एनआईसी एशिया बैंकबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । व्यवसायी दुर्गा प्रसाईंले पैसा निकाल्न उर्दी जारी गर्नु, बैंक डुब्न लागेको चर्चा चौतर्फी हुँदा ग्राहकको मनोबल घट्नु, र निक्षेपमा अरु बैंकको तुलनामा कम ब्याज दिनु लगायतले एनआईसी एशिया बैंकबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको हो ।
एनआईसी एशियाबाट पैसा निकाल्नेहरुको संख्या बढेको तथ्य स्वयम् बैंकर्स संघको विवरणले पुष्टी गर्छ । संघले दिएको जानकारी अनुसार पछिल्लो एक महिनामै निक्षेपकर्ताले एनआईसी एसिया बैंकबाट १४ अर्ब रुपैयाँ निक्षेप निकालेका छन् । संघका अनुसार बैंकको पुषमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकको निक्षेप माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ । अन्य बाणिज्य बैंकको निक्षेप बढ्दा एनआईसी एशियाको घट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्वयम् बैंकले पनि यसलाई ब्याजदरको असर र बाहिर आएका अफवाह भएको स्वीकारेको छ ।
अझ केहि साता यता पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको छ । स्वयम् एनआईसी एशिया बैंकका कर्मचारी गत बुधबार, बिहिबार र शुक्रबार बैंकबाट पैसा निकाल्नेको संख्या ह्वात्तै बढेको स्वीकार्छन् । ‘बैंक नै डुब्छ भन्ने कुरा हल्ला मात्र हो । तर बैंकबाट पैसा निकाल्नेहरु भने बढेका छन् ।’ बैंकको न्युरोड शाखाका कर्मचारीले अर्थ सरोकारसँग भने, ‘हाम्रो शाखामा त त्यति धेरै समस्या छैन । तर धेरै शाखामा पैसा निकाल्नेहरु ह्वात्तै बढेको रिपोर्ट छ ।’
यता एनआईसी एशिया बैंकले भने बाहिर हल्ला भएजस्तो स्थिति नभएको बताएको छ । बैंकका नायब सूचना अधिकारी अर्जुन खनियाँले बाहिर हल्ला चलेजस्तो समस्या नरहेको र बैंकको स्थिति निकै राम्रो भएको दाबी गरेका छन् । ‘हल्ला बढी भएको हो । बैंकमा कुनै समस्या छैन ।’ खानियाँले भने ।
यता नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डिल्लीराम पोखरेलले पनि बाहिर हल्ला चलेजस्तो बैंकको स्थिति खराब नभएको, दाबी गरेका छन् । ‘बैंकबारे अनेक हल्ला चलेपछि दिनमा १-२ अर्व पैसा निकालिनु सामान्य हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सहप्रवक्ता पोखरेलले भने, ‘बैंकसँग राम्रो अमाउन्टमा निक्षेप छ । बाहिर हल्ला चलेजस्तो स्थिति होइन । बैंकका बारे हल्ला चलेपछि ग्राहकहरुले केहि पैसा निकाल्नु सामान्य हो । ग्राहकलाई आफ्नो पैसाको माया त भई नै हाल्छ । तर बैंक नै डुब्न खोज्यो भन्ने हल्ला गलत हो ।’
निक्षेप बाहिरिन रोक्न उल्टो बाटोमा बैंक !
ग्राहकले भटाभट पैसा निकाल्न थालेपछि बैंकले भने अनेक तिकडम गरिरहेको छ । नियोजित रुपमा बैंकका बारे समूह नै बनाएर प्रचारर्पसार गराउने, राष्ट्र बैंकका सहप्रवक्ताले भनेको सामान्य कुरालाई राष्ट्र बैंकले विज्ञप्ति नै जारी गरिसकेको जसरी प्रचार गर्ने गरिरहेको बैंकले बैंकबारे समाचार रोक्न केहि संचारमाध्यममा ‘क्याम्पियन’ नै समेत गरेको छ । यतिसम्म कि बैंकका ‘मिडिया हेर्ने कर्मचारीहरुको टिमले’ केहि मिडियाका समाचारमा नेगेटिभ कमेन्ट गर्न थुप्रै फेक आईडीहरुलाई परिचालित समेत गरेको पाइएको छ ।
‘बैंकका केहि कर्मचारीहरुले केहि निश्चित मिडियाहरुलाई टार्गेट गरेर फेक आईडीकोसमेत प्रयोग गरी गलत काम गरिरहेका छन् । कानुनी रुपमा यो कुरा अघि बढ्यो भने बैंकका केहि कर्मचारी जेल जान्छन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका एक उच्च अधिकारीले भने, ‘यस्तै हो भने बैंकलाई उल्टै गाह्रो पर्ने देखिन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्