×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न ब्याचलर पास हुनैपर्ने !

PRIME CA

बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न ब्याचलर पास हुनैपर्ने !

अर्थ सरोकार

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार

काठमाडौँ । अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न स्नातक तह (ब्याचलर) पास गरेको हुनैपर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको प्रस्ताव संसदमा पेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रिपरिषद् बैठकबाट गत माघ २५ गते स्वीकृत भएको बाफिया संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेका हुन् ।

उक्त विधेयकमा बैंक सञ्चालकको योग्यतामा कडाई गर्दै कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न अनिवार्य ब्याचलर पास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संसदमा पेश भएको संशोधन विधेयक अनुसार स्नातकोत्तर उत्तिर्ण गरेको जो कोही व्यक्ति अनुभवबिना पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न पाउनेछन् । तर, स्नातक तह मात्रै उत्तिर्ण गरेको भए संगठित संस्थामा सञ्चालक भएको हुनुपर्ने वा सरकार वा कम्पनीको अधिकृत स्तरमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

त्यस्तै, बाफिया संशोधन गर्न बनेको विधेयकमा लघुवित्त वित्तीय संस्थाको हकमा भने स्नातक तह (ब्याचलर) पार गरेर तीन वर्ष अधिकृतको अनुभन भएको अवस्थामा सञ्चालक बन्न पाइने व्यवस्था गरिएको छ ।

योसँगै लागु औषध बिक्री वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगसम्बन्धी कसुर लागेका व्यक्तिहरु पनि बैंकको सञ्चालक बन्न नपाउने व्यवस्था संशोधन विधेयकमा उल्लेख छ । उक्त विधेयकमा एक व्यक्ति एउटा भन्दा बढी वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने पनि व्यवस्था गरिएको छ । संघीय संसदमा पेश भएको बाफिया संशोधन गर्न बनेको विधेयक पारित भए जो कोही व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न पाउने छैनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: