Skip to content
LAXMI SUNRISE BANK

 मधेश प्रदेशमा सरुवा हुनेबित्तिकै धमाधम राजिनामा ! तराई-मधेश जान भनेपछि किन तर्सिन्छन् बैंकर ?

अर्थ सरोकार

काठमाडौँ । घटना एभरेष्ट बैंकको हो । केहि समय अगाडी बन्दना खेतानलाई बैंकले मधेश प्रदेश प्रमुखको जिम्मेवारी लिनेगरी प्रदेश प्रमुख बनाएर पठाउने निर्णय गर्यो । तर मधेश प्रदेश जानुपर्ने भएपछि उनले बैंकबाट राजिनामा दिईन् । त्यसपछि बैंकले उज्वल शर्मालाई मधेश प्रदेशको प्रमुख बनायो । उनले पनि मधेश प्रदेश प्रमुख बन्नुभन्दा बरु बैंकबाट नै राजिनामा दिने संकेत गरेपछि उनलाई सुदूरपश्चिम प्रदेशको प्रमुख बनाईयो र उनको ठाउँमा पुष्प उप्रेतीलाई पठाइयो । तर यहि मधेश प्रदेशको जिम्मेवारी लिने नाममा बन्दना खेतानजस्ता बैंकरले जागिर नै छोड्नु पर्यो ।
अर्को घटना एनआईसी एशिया बैंकको हो । बैंकले बैंकमा डेपुटी सीइओ सुधिर नाथ पाण्डेलाई मधेश प्रदेशको जिम्मा दियो । डेपुटी सीइओ भईसकेको मान्छे, त्यसमाथि मधेश प्रदेश जानुपर्ने भन्दै उनले बैंक नै छोड्ने निर्णय गरे । अफ्ट्यारो अवस्थामा बैंक छोड्न नहुने भन्दै उनको राजिनामा अस्वीकृत गरिएको भनियो र एक दिन एउटा विज्ञप्तिमा हस्ताक्षर गर्न पनि लगाइयो । तर त्यसपछि उनी बैंकमा फर्किएनन् ।
अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि बैंकका डेपुटी सीइओ महेश ढकाललाई कर्णाली वा मधेश प्रदेश पठाउने तयारी गरिएको छ । उनले यहि बहानामा जागिर छोडे भने उनको ठाउँमा अर्का एक बैंकरलाई सिनियर डेपुटी सीइओ बनाएर बैंकमा ल्याउने तयारी गरिएको बुझिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगामा यस अघि नेपाल इन्भेष्टमेन्ट बैंकमै काम गरेका श्रीचन्द्र भट्टलाई ल्याउने चर्चा छ । बैंकका एक संचालकले सो चर्चा सत्य हो भन्ने पुष्टी गरे पनि भट्टले भने आफुलाई कुनै पनि औपचारिक जानकारी नआएको दाबी गरेका छन् ।
मधेश जान बैंकर जान डराउनुको कारण के हो ?
बैंकरहरु नै मधेश प्रदेश जान डराउनुको कारण त्यहाँ बिग्रिएका फाइलहरु भएको बताउँछन् । ‘मधेश प्रदेशमा मधेश प्रदेशकै साथीहरुबाहेक अरुलाई यसै पनि बस्न गाह्रो हुन्छ । मौसम पनि त्यस्तै छ । सबैभन्दा महत्वपूर्ण कुराचाहिँ मधेशमा फाइल बिग्रिएका छन् । रिकभरीमा सार्है समस्या हुन्छ । रिकभरीमा अलि बढी बलजफ्ती गर्नेबित्तिकै त्यहाँ सुरक्षामै खतरा हुन्छ ।’ एक बाणिज्य बैंकका मधेश प्रदेश प्रमुखले अर्थ सरोकारसँग भने, ‘मधेश प्रदेशसमेत ह्याण्डल गरेको मान्छे काविल बैंकर हो भन्ने पुष्टी गर्ने ठाउँ पनि यहि मधेश हो । तर सबैलाई सहज छैन ‘
निकाल्नुपरेपछि झ्याप्पै मधेश सरुवा !
पछिल्लो समय बैंकबाट कसैलाई निकाल्नु परे मधेश प्रदेश सरुवा गरिदिने चलन बढेको प्रति स्वयम् बैंकरहरु चिन्तित छन् । ‘पहिला तँलाई हुम्ला सरुवा गरिदिन्छु भनेर हाकिमहरु थर्काउँथे । अहिले सिधै मधेश प्रदेश सरुवा गरिदिन्छु भन्छन् ।’ एनआईसी एशिया बैंकमा कार्यरत एक बैंकर भन्छन्- ‘हाम्रो त डेपुटी सीइओलाई पनि यसरी नै निकालियो । अहिले पछिल्लो सरुवाको लिष्टमा पनि बैंकबाट बाहिरियोस् भन्नेलाई मधेश प्रदेश सरुवा गरिएको छ । थप कतिपयलाई त्यस्तै गर्न थालिएको छ ।
‘काबिल बैंकरको परिक्षा हो मधेश’   
कतिपय बैंकरहरु भने मधेश प्रदेशमा रहेर आफुलाई निकै काबिल पुष्टी गरिरहेका छन् । ‘कि जागिर नै नखानु पर्यो, कि बैंकले जता पठाउँछ जानुपर्यो नि ।’ एक अर्को बाणिज्य बैंकका मधेश प्रदेश प्रमुख भन्छन्- ‘यहाँ अरु प्रदेशको तुलनामा काम गर्न गाह्रो पक्कै हो । तर काम भनेको त गाह्रो नै गर्ने हो नि । यो आफु कति काबिल छु भन्ने परिक्षा पनि हो । जो पायो त्यसले नसक्ने काममा बैंकले तपाईंलाई पठाएको छ भने त त्यो तपाईं प्रतिको विश्वास पनि हो नि । यसलाई यसरी सकारात्मक रुपमा लिनुपर्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK