काठमाडौँ । बैंक डुब्ने हल्लाले करिव ४० अर्व रुपैयाँ बाहिरिएपछि समस्याउन्मुख भएको एनआईसी एशिया बैंकले बढी ब्याज दिएर बैंकमा पैसा राख्नेहरुको संख्या बढेपनि सो तरिका असफल भएको पाइएको छ । अरु बैंकले ब्याज घटाउँदा आफुले बढाएको एनआईसी एशिया बैंकमा पैसा राख्ने निक्षेपकर्ताहरुको संख्या भने अपेक्षित नबढेको स्वयम् बैंक स्वीकार्छ । अर्थ सरोकारसँगको कुराकानीमा बैंकका विभिन्न प्रदेशका प्रतिनिधिहरुले अपेक्षित रुपमा बैंकमा निक्षेप नबढेको स्वीकारेका हुन् ।
‘हुन त तत्कालै निक्षेप एकदम धेरै बढ्छ भनेर ब्याज बढाइएको होइन । तर ब्याज बढेपछि निक्षेप केहि बढ्छ भन्ने थियो । तर बढेन ।’ एनआईसी एशिया बैंकका प्रदेश प्रमुखहरुमध्ये एक बैंकरले अर्थ सरोकारसँग भने, ‘तत्काल एकदम धेरै निक्षेप बढ्ने स्थिति पनि छैन । तर अपेक्षाअनुसार समेत निक्षेप नबढेको भने सत्य हो ।’
उनका अनुसार मुद्दती निक्षेपको नवीकरण पनि निकै न्युन छ । ‘एक त ब्याज घटेका बेला मुद्दती निक्षेप नवीकरण कम हुने भई नै हाल्यो । त्यसमाथि पनि बैंक डुब्ने हल्ला धेरै मथ्थर भए पनि सून्य भईसकेको छैन । अझै पनि धेरै ग्राहकहरुले बैंक डुब्न लागेको छ रे भन्दै पैसा निकालिरहेका छन् ।’
यता बैंकका सिइओ रोशन कुमार न्यौपानेले भने बैंकले ब्याज बढाए पनि निक्षेप नबढेको भन्ने चर्चा सहि नभएको दाबी गरेका छन् ।
‘पैसा निकाल्नेहरु घटेनन्
बैंक डुब्ने हल्लाका बीच बैंकबाट पैसा निकाल्नेहरुको संख्या ह्वात्तै बढेको थियो । तर इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङबाट मात्र पैसा निकाल्नेहरुको संख्या बढी हुनु, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ प्रयोग गरेर निश्चित रकम मात्र झिक्न मिल्नु र बैंकले बैंकको भित्री कथा लेखिरहेका सबैजसो मिडियालाई विज्ञापन दिएर मेनेज गर्नु लगायतका कारण बैंक डुब्न लागेको हल्ला मथ्थर भएको थियो । अझ नेपाल राष्ट्र बैंक स्वयमले पनि बैंक जोगाउने लाइन लिएपछि एनआईसी एशिया थप समस्याबाट जोगिएको थियो । तर, दिनानुदिन सहकारी डुबेका समाचारहरु सार्वजनिक हुन थालेपछि एनआईसी एशिया बैंकबाट पनि पैसा झिक्नेहरु बढेका छन् ।
‘पैसा निकाल्नेहरुको संख्या केहि समय अघिको तुलनामा घटेको हो । तर एभरेज समयभन्दा अझै पनि पैसा झिक्नेहरुको संख्या बढी छ । धन्न हामीलाई अहिले सिडिमा समस्या छैन । केहि समयअघि अहिलेको जस्तो स्थिति आएको भए बैंकभित्र निकै ठुलो दुर्घटना हुन सक्थ्यो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘धन्न मिडियाहरुमा समाचार आउने क्रम रोकियो । यहि कारण पैसा निकाल्नेहरु बढेनन् । तर जति जति सहकारी डुबेका खबर बाहिरिएका छन्, त्यति त्यति नै बैंकमा पैसा निकाल्नेहरु बढिरहेका छन् ।’
डेपुटी सीइओपछि अन्य सिनियरहरुले पनि बैंक छोड्दै !
बैंकको आन्तरिक किचलोका कारण बैंक छोडेका बैंकका तत्कालीन डेपुटी सीइओ सुधिर नाथ पाण्डेको नमिठो बहिर्गमनपछि बैंकबाट अन्य सिनियर कर्मचारीहरुले पनि बिदा हुने तरखर गरेका छन् । बैंक कुनै पनि बेला दुर्घटना जान सक्ने र त्यसको अपजश आफ्नो करियरमासमेत पर्न सक्ने भएको निष्कर्ष सहित केहि सिनियरहरुले बैंक छोड्न लागेका हुन् । ‘एनआईसी एशिया बैंकको विषयलाई लिएर राष्ट्र बैंकमा समेत दुई गुट भईसकेको छ । ब्रष्ट हुन्छ ।’ बैंक छोड्न लागेका एक सिनियर कर्मचारीले अर्थ सरोकारसँग भने, ‘हामी केहि बैंक छोड्ने मनस्थितिमा पुगिसकेका छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्