×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अन्तराष्ट्रिय लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो’: अध्यक्ष अग्रवाल

PRIME CA
GLOBAL IME BANK

‘अन्तराष्ट्रिय लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो’: अध्यक्ष अग्रवाल

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अन्तराष्ट्रिय लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौँमा सुरु भएको इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रम शक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको जनाएका छन् । उनले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहाँ लगानी मार्फत उत्पादन भएका बस्तुहरूलाई  विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ ।’

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिँड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान गरेका छन् । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।

नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे । त्यसैगरी विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसँग लाभयुक्त परियोजनाहरू छनोट गरेको अग्रवाल बताउँछन् । उनले भने, ‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्वार नीतिबाटै गरिएको छ ।’

काठमाडौँमा भइरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दीर्घकालिक महत्व राख्ने उनको भनाइ छ । अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: