×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकका सिइओको ऋण दिने अधिकार आधा कटौती, सञ्चालक भन्छन् -‘जोखिम देखेपछि विकल्प देखेनौँ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटिजन्स बैंकका सिइओको ऋण दिने अधिकार आधा कटौती, सञ्चालक भन्छन् -‘जोखिम देखेपछि विकल्प देखेनौँ’

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलका सिइओ गणेश राज पोखरेलको ऋण दिने अधिकार आधा कटौती भएको छ । बोर्डले उनले पाइरहेको ऋण दिने अधिकार (अथोरिटी लिमिट)लाई आधा घटाएको हो । 

यसअघि उनले १०० करोडको फाइलसम्म आफ्नो अधिकारमा सदर गर्न पाउँथे । तर सो अधिकारमा जोखिम बढेपछि बैंकको सञ्चालक समितिले सो अधिकारलाई आधाले घटाएर ५० करोड बनाएको हो ।

सञ्चालक समितिको निर्णयमा सञ्चालकहरुकै राय भने फरक छ । केही सञ्चालकहरू यसअघिका अध्यक्षले सिइओ माथि थोपरेको जोखिम कम गरेर सीईओलाई सजिलो बनाइदिएको दाबी गर्छन् भने केही सञ्चालक भने सिइओले जोखिमपूर्ण फाइलमा ८० करोड हाराहारी लगानी गर्न खोजेपछि सो निर्णय गर्नुपरेको दाबी गर्छन् ।

‘सीइओ पोखरेलले ८० करोड हाराहारीको एउटा जोखिमपूर्ण फाइल सदर गर्न खोजेको विषय उठेपछि सो निर्णय लिएका हौँ ।’ बैंकका एक सञ्चालकले अर्थ सरोकारसँग भने, ‘कतै नभएको लोन लिमिट सिटिजन्स बैंकका सीइओलाई दिईएको रहेछ । यसमा हामीले आधा कटौती गरेका छौँ।’

यता बैंकका अर्का सञ्चालक भने सिइओको अधिकार कटौती गरेर सीईओलाई नै सजिलो बनाइदिएको दाबी गर्छन् । ‘बैंकमा हुने नहुने धेरै काम भएको रहेछ । एउटा सीईओलाई १०० करोडको अधिकार दिएर सञ्चालक समिति जोखिमबाट पन्छिन खोजेको हो कि भन्ने एङ्गलबाट पनि बहस भयो । त्यसपछि उनको अधिकार कटौती गरिएको हो । अव ५० करोडभन्दा माथिका फाइल सञ्चालक समितिले हेर्छ ।’

ती सञ्चालकका अनुसार सिटिजन्स बैंकमा सिइओको टाउकोमा बन्दुक राखेर कोही अरुले त्यसको लाभ लिन खोजेको थाहा भएपछि यस्तो निर्णय गरिएको हो । ‘एक सञ्चालकको योग्यतामै प्रश्न छ । एक सञ्चालक सञ्चालक बस्न अयोग्य हुनुभएपछि बिदा हुनुभयो । करोडौँको गाडी बैंकको नाममा किनेर, सेटिङमै अर्कोले किनेको जस्तो देखाएर पुन: बैंककै पूर्व सञ्चालकका आफन्तले लगेका छन् । भित्री फन्डा त कति हो कति छन् । यो सबै कुराको रिस्क  र अपजस सिइओ माथि थोपर्ने काम भएको छ । त्यसैले हामीले सकेसम्म सिइओ जोगाइदिन खोजेका हौँ ।’

यता सिइओ पोखरेललाई यस विषयमा बुझ्न खोज्दा भने उनी सम्पर्कमा नै आउन चाहेनन् । सिइओ पोखरेलको नेता शैलीको पछिल्लो भाषण यतिबेला बैंकिङ क्षेत्रमा चर्चामा छ ।     

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: