×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामान्य आचारसंहितासमेत नलगाईएको सिएहरुको निर्वाचनमा विवाद : फर्जी भोटबारे छानविन गर्न चौतर्फी माग, प्रमाण नष्ट हुने चिन्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सामान्य आचारसंहितासमेत नलगाईएको सिएहरुको निर्वाचनमा विवाद : फर्जी भोटबारे छानविन गर्न चौतर्फी माग, प्रमाण नष्ट हुने चिन्ता !

Artha Sarokar

३ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । एक्यानको गत शनिबार भएको निर्वाचनमा अपेक्षा भन्दा बढी मत खस्यो । १९३६ मत अर्थात कुल मतको ८५ प्रतिशत मत खसेको खबर आफैंमा अनपेक्षित थियो । कारण, १९३६ मत खस्दा जुन माहोल हुनुपर्थ्यो, सो माहोल नै निर्वाचनस्थलमा थिएन । सयौंको संख्यामा सिएहरु बाहिर हुनु, सोहि दिन नेपाल राष्ट्र बैंकको परीक्षा भएकाले परिक्षा बिग्रिएकाहरु मतदान गर्न नआउनु, ब्रान्च मेनेजरको कन्फेरेन्स भएकाले एनआईसी एशियामा कार्यरत थुप्रै सिएहरु मतदान गर्न नआउनु, अघिल्ला निर्वाचनमा जस्तो सिनियर सिएहरु मतदान स्थलमा नदेखिनुजस्ता कारणले मतदान स्थलमा अपेक्षित माहोल थिएन । यसपटक उपत्यका बाहिर पनि मतदान भएको भए पनि त्यसको प्रतिशत कम छ । तर, अन्तिममा १९३६ मत खसेको विवरण सार्वजनिक भएपछि ‘कतै फर्जी मतदान त भएन ?’ भन्ने शंका त्यति बेला नै भएको थियो ।
पछि, भारतमा रहेका र अन्य देशमा रहेका सिएको नाममा पनि मत खसेको चर्चा चल्न थालेपछि यो विषयको ‘विषय प्रवेश’ देखिएको थियो । फर्जी मतदान भएको केहि आधारहरु देखिएपछि दुई सिएले उपस्थिति पुस्तिकाको माग गर्दै निर्वाचन अधिकृतलाई निवेदन लेखे । सो उपस्थिति पुस्तिका हेर्न पाउनुपर्ने माग सिएहरुको अधिकारभित्रै पर्ने कुरा हो । तर, निर्वाचनमा सामान्य विवाद हुनु स्वाभाविक रहेको प्रतिक्रिया दिएका निर्वाचन अधिकृत गोपाल श्रेष्ठले सो उपस्थिति पुस्तिका सदस्यहरुलाई दिन मानेनन् । निर्वाचन अधिकृतले उठेका विषयमा जवाफ दिनुको साटो, उपस्थिति पुस्तिकासमेत दिन नमानेपछि चुनावमा धाँदली भएको तथ्य थप पुष्टी नजिक पुगेको आरोप दर्जनौँ सिएहरुको छ ।
‘उपस्थिति पुस्तिका हेर्न नदिनु भनेको नै चुनावमा धाँदली थियो भन्ने कुरा पुष्टी भएजस्तै हो । कसकसले भोट हाले भन्ने विषय दिन यतिधेरै अफ्ट्यारो मान्नुको एक मात्र कारण भित्र धाँदली भएको थियो भन्ने हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उपस्थिति पुस्तिकाको पक्षमा रहेका एक सिएले भने, ‘एक्यान गलत बाटो जाँदैछ ।’
ती सिएले वर्तमान कार्यसमिति नै धाँदलीलाई छोप्ने काममा लागेको आरोपसमेत लगाएका छन् । ‘विवाद आउँदा सामान्य छानविन समितिसमेत बनाउन नमान्नु, उपस्थिति पुस्तिका दिन नमान्नु, नाम नै किटेर फलानो विदेशमा छ, यहाँ भोट हालेको छ भन्ने विवरण दिँदा पनि वेवास्ता गर्नुले चुनावको धाँदली छोप्न स्वयम् नेतृत्व लागेको पुष्टी हुन्छ ।’ ती सिएले अर्थ सरोकारसँग भने, ‘हामीले अव कुन मुखले अरुलाई नैतिकताको प्रश्न उठाउने ? हामी आफैँ कति नैतिक रहेछौँ भन्ने देखिएन र ?’
 फर्जी भोटबारे छानविन गर्न चौतर्फी माग, प्रमाण नष्ट हुने चिन्ता
यतिबेला फर्जी मतबारे सामाजिक संजालमा ठुलो चर्चा र बहस छ । धेरै सिएले यस विषयमा छानविन आवश्यक रहेको बताईरहेका छन् । स्वयम् यसपाली चुनावमा उठेकाहरुले पनि यस विषयमा छानविन हुनुपर्ने बताईरहेका छन् । उनीहरुले प्रमाण नष्ट हुनु अगावै छानविन गर्नुपर्ने माग गरिरहेका छन् । तर, एक्यान नेतृत्व भने प्रमाण नष्ट गर्न बल पुग्नेगरी छानविन प्रक्रियामै नजानेगरी अघि बढेको छ ।
सामान्य आचारसंहिता विनाको निर्वाचन 
एक्यानको निर्वाचनमा सामान्य निर्वाचन आचारसंहिता पनि लगाइएको देखिएको थिएन । मौन अवधि त थिएन नै, निर्वाचनसम्बन्धि सामान्य कानुन पनि सो निर्वाचनमा मानिएको थिएन ।
जस्तै, निर्वाचनस्थलमा खाजा / खानाको व्यवस्था हुन निर्वाचन सम्बन्धि कानुनले दिंदैन । तर एक्यानको निर्वाचनमा निर्वाचन स्थलमै खाजाको स्टल राखिएको थियो । धेरै मतदाताको खाजाको पैसा उम्मेदवारले तिरेको प्रष्ट देखिन्थ्यो । यो सामान्य निर्वाचन आचारसंहिता विपरितको काम हो ।
दोश्रो निर्वाचन स्थलमा भोट मागेर कराउनु आचारसंहिता विपरितको काम मानिन्छ । तर फिल्म हलमा कराएजस्तै फलानोलाई भोट हाल्नु भनेर चिच्याएका सिएहरुले निर्वाचन आचारसंहिता नटेरेको प्रष्ट देखिन्थ्यो ।
‘इथिकल’ रुपमा कार्यसमितिमा बसेकाले कसैलाई निर्वाचन स्थलमै भोट माग्नु गलत मानिन्छ । तर, सबैजसो कार्यसमिति सदस्यहरुले खुलेरै कसैका पक्षमा भोट मागेको मात्र देखिएको थिएन, मतदान गर्ने ठाउँभित्रै पसेर पनि फलानोलाई भोट हाल्नु भनेको देखिन्थ्यो ।
अहिले फर्जी मत हालेको प्रसङ्ग उठेको छ । नाम रुजु गराउने ठाउँमा सामान्य सिसिक्यामरासमेत राखिएको थिएन । त्यहाँ जसले जे गर्दा पनि हुने स्थिति थियो । निर्वाचन अधिकृत निर्वाचनकै विषयमा सिरियस थिएनन् भन्ने आरोप दर्जनौँ सिएले लगाईरहेका बेला फर्जी मत रोक्न कुनै पनि उपाय अवलम्बन गरिएको देखिएको थिएन ।
 यता निर्वाचन अधिकृत सिए गोपाल श्रेष्ठले भने निर्वाचनमा केहि विवाद आउनु सामान्य हो भनिरहेका छन् भने एक्यानका अहिलेसम्मका अध्यक्ष दीपक पाण्डेले यस विषयमा आफु बोल्न नमिल्ने बताईरहेका छन् । कतिपय ठाउँमा बोल्नुनपर्ने स्थितिमासमेत पाएसम्म आफ्नो धारणा दिने पाण्डे यति गम्भीर विषयमासमेत बोल्न नमान्नुले पनि निर्वाचनमा धाँदली त भएको छैन भन्ने शंकालाई बल पुगेको सिएहरुको बुझाई छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी