काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पाएर नै संचालनमा आएका पेवेल र सजिलो पेले गैरकानुनी रुपमा सुन तस्करी, हुन्डी र क्रिप्टोको भुक्तानीमा मुछिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा यी दुई कम्पनीको संलग्नता देखिएको भन्दै सीआईबीले नेपाल राष्ट्र बैंकलाई दुई कम्पनीको खाता रोक्का गर्न पत्राचार गरेपछि पे वेल र सजिलो पे यस प्रकारणमा मुछिएका हुन् ।
सीआइबीले काटेको पत्रका आधारमा नियामक नेपाल राष्ट्र बैंकले दुई कम्पनीको खाता रोक्कासमेत गरेको छ । ‘भुक्तानी सेवाप्रदायक संस्थाहरू पे वेल नेपाल प्रालि, अनामनगर काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि, बालुवाटार काठमाडौंबाट भइरहेको कारोबारहरू नियामकीय अनुपालना सम्बन्धित छानबिनको क्रममा रहेको हुँदा उपयुक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्काे निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।
प्रहरीका अनुसार सुन तस्करीको पैसा हुण्डी र क्रिप्टोमार्फत लेनदेन हुँदा एकै व्यक्तिको मोबाइल वालेटबाट करोडौँको कारोबार भएको देखिएको छ । वालेटबाट हुण्डीको कारोबार भएको देखिएपछि सीआईबीले वालेटकै मिलेमतोमा यस्तो भएको हुनसक्ने भन्दै अनुसन्धान अगाडी बढाएको हो ।
पे वेल र सजिलो पेले गैरकानुनी रुपमा आन्तरिक रेमिट्यान्सको काम गरेकोसमेत पाइएको छ । राष्ट्र बैंकको प्रचलित व्यवस्था अनुसार मोबाइल वालेट कम्पनीले आन्तरिक रेमिट्यान्सको काम गर्न पाउँदैनन् । तर आन्तरिक रेमिट्यान्स भन्दै यी दुई कम्पनीले विदेशबाट आएको हुण्डीको पैसा ग्राहकहरुलाई भुक्तानी दिने काममा संग्लग्न देखिएको प्रहरीको भनाई छ ।
सीआईबीले पत्र काटेपछि राष्ट्र बैंकले यस विषयमा ‘विशेष इन्सपेक्सन’ गरेको थियो । इन्सपेक्सनका क्रममा राष्ट्र बैंकले जारी गरेको नीति निर्देशन विपरित दुई वालेट कम्पनीले कारोबार गरेको देखिएपछि उनीहरुको खाता रोक्का गरेर थप अनुसन्धान अघि बढेको हो ।
‘वालेट कम्पनीमा शंकाश्पद कारोबार देखिएको छ । प्रहरीसँग समन्यवय गरेर थप अनुसन्धान भईरहेको छ ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘मिलेमतो प्रमाणित भए लाइसेन्स खारेज हुन्छ । संचालकहरु जेल जान्छन् ।’
प्रहरीका अनुसार दुई वालेट कम्पनीमा गैरकानुनी कारोबार देखिएपछि अन्य वालेट कम्पनीमाथि पनि छानविन प्रक्रिया सुरु भएको छ । चिनियाँ नागरिकले नेतृत्व गरेको यस्तो गैरकानुनी काममा नेपाली वालेट कम्पनी र तिनका संचालकहरुको संलग्नताबारे विस्तृत छानविन भईरहेको सीआईबीका अधिकारीहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्