×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुँजीकोषको दबाब घटेपछि बैंकहरुको ऋण दिने क्षमता बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL

पुँजीकोषको दबाब घटेपछि बैंकहरुको ऋण दिने क्षमता बढ्यो

१८ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पुँजीकोषमा परेको दबाब कम हुँदै गएपछि बैंकहरुको ऋण दिने क्षमता बढ्दै गएको छ । गत आर्थिक वर्षको ६ महिनासम्म आधा दर्जन बैंकको पुँजीकोष दबाबमा परेको भए पनि हाल बैंकहरुको पुँजीकोषमा परेको दबाब घटेसँगै बैंकहरुको ऋण दिने क्षमता पनि निरन्तर बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल दुई बैंक (कुमारी बैंक लिमिटेड र एनआईसी एशिया बैंक)को पुँजीकोषमा मात्रै दबाबमा देखिएको छ ।

हाल जोखिम सम्पत्तिको तुलनामा कुमारी बैंकको प्राथमिक पुँजी अनुपात ८.५६ प्रतिशत र एनआईसी एशिया बैंकको प्राथमिक पुँजी अनुपात ८.४४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको नियमानुसार वाणिज्य बैंकहरुको प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ ।

प्राथमिक पुँजी जति कम हुन्छ, बैंकहरुको ऋण दिने क्षमता पनि त्यत्ति नै कमजोर हुँदै जान्छ । तर, गत आर्थिक वर्षको तुलनामा हाल दुई वाणिज्य बैंक बाहेक अन्यको प्राथमिक पुँजी अनुपात ९ प्रतिशत भन्दा माथि रहेकाले बैंकहरुको कर्जा प्रवाह गर्ने क्षमता बढेको बैंकहरुले बताएका छन् ।

बैंकहरुका अनुसार यसअघि बैंकहरुको नाफा कम हुँदा र खराब कर्जा बढ्दा नोक्सान व्यवस्था बढ्न पुग्दा बैंकहरुको पुँजीकोष दबाबमा परेको थियो । यही कारण बैंकिङ प्रणालीमा प्रयाप्त तरलता हुँदा पनि बैंकहरुले अपेक्षित रुपमा कर्जा प्रवाह गर्न सकिरहेका थिएनन् । यद्यपि राष्ट्र बैंकले यस्तो पुँजी कोष अनुपातमा यसपटक अतिरिक्त कोष राख्न नपर्ने व्यवस्था गरेकाले समेत पुँजीकोषमा परेको दबाब घटेको र बैंकहरूको थप कर्जा प्रवाह क्षमता बढेको बैंकरहरुले बताएका छन् ।

यसो त एक आर्थिक वर्षमा कुनै पनि त्रैमासमा बैंकहरुको प्राथमिक पुँजी तोकिएको भन्दा कम भए राष्ट्र बैंकले ती बैंकलाई लाभांश वितरणमा रोक लगाउँछ । जसअनुसार यस वर्ष कुमारी बैंक, एनआईसी एशिया बैंक र प्रभु बैंकले लाभांश वितरण गर्न पाउनेछैनन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी