काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भएको छ । महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौँमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथिमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता रह्यो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामनाथ अधिकारीले मुलुकको अतिनै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए । सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१-२०९१ मनाउन लागेको जानकारी गराउदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए । महासंघ कृषि उद्यम केन्द्रकोद्वारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरूले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरूको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए । महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए ।
युएसएआइडीको सहयोगमा सीवाइएमएमवाइटीद्धारा सञ्चालित नेपाल सेड एण्ड फटीलाइजर प्रोजेक्टले लघु, साना तथा मझौला उद्यमहरूलाई सहयोग कार्यक्रम सञ्चालनका लागि एफएनसीसीआइ र एसीइसँग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरका छन् । एनएसएफ परियोजनाले नेपालको कृषि रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रवद्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याइरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्दै यस्तोमा सीआइएमएमवाइटीले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व वृद्धिकाागि कार्य गर्ने गरी एनएसएएफ परियोजना सञ्चालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरू निरन्तर सञ्चालित हुनपर्ने बताए ।
नीजि क्षेत्रको प्रतिनीधको रुपमा आवश्यक पर्ने सहयोगका लागि सदैव तत्पर रहको बताउँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री वातावरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गरे । कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा नीजि उद्यमीहरु व्यवसायिक वातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोध सहित कार्यशालाले यसै दिशातीर निश्कर्ष निकाल्न सफल हुने विश्वास लिँदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागि लिन सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दै उद्घाटन सत्रको समापन गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्