काठमाडौँ । पछिल्लो ५ महिनामा सरकारले सेयर कारोबारबाट ९ अर्ब बढि पुँजीगत लाभकर संकलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा सेयर कारोबारबाट सरकारले कुल ९ अर्ब २४ करोड ७ लाख २६ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो ।
यो पाँच महिनामा सरकारले सेयर कारोबारबाट साउन महिनामा सबैभन्दा धेरै पुँजीगत लाभकर उठाएको छ । साउनमा सरकारले सेयर कारोबारबाट ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।
त्यस्तै, सरकारले भदौमा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, कार्तिकमा ७५ करोड ८७ लाख र मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।