×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनपीएलले चम्कायो कीर्तिपुरको खुद्रा व्यापार, म:म, चिया, चाउचाउ र पानीको माग धान्नै गाह्रो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनपीएलले चम्कायो कीर्तिपुरको खुद्रा व्यापार, म:म, चिया, चाउचाउ र पानीको माग धान्नै गाह्रो

Artha Sarokar

२३ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । विश्वभर खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठूलो माध्यमको रूपमा हेरिन्छ । छिमेकी देश भारतमा हुने आईपीएल नेपालका लागि झन बलियो उदाहरण हो । मुलुकको अर्थतन्त्रमा खेलकुद प्रतियोगिताहरूको ठूलो प्रभाव परेको पाइन्छ।

कीर्तिपुरको टियू खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा ठूला व्यापारिक घराना र वित्तीय संस्थाहरूले ठूलो लगानी गरिरहेका छन् । विज्ञापन बजार पनि चम्किएको छ । त्यसैगरी, खेल मैदान परिसरमा फुटपात र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरूको व्यापार पनि मौलाएको छ। मंसिर १७ गतेदेखि सुरु भएको एनपीएलले साना तथा मझौला व्यवसायीहरूलाई राहत मिलेको छ । एनपीएलले भरिएको टीयू क्रिकेट मैदानमा मानिसहरूको ध्यान त्यहाँ सञ्चालन भएका खुद्रा पसलहरूले पनि खिचेको छ । क्रिकेट मैदान परिसरमा एनपीएल सुरु भएको दिनदेखि चिया-चुरोट, चाउमिन-म:म, मिठाइ, बिस्कुट, चाउचाउ, पानी, जुस लगायतका खुद्रा पसलहरूमा व्यापार मौलाएको छ ।

अघिपछि ग्राहक नपाएर सडक पेटीमा घण्टौं प्रतीक्षा गर्ने फुटपाथ व्यापारीहरू अहिले क्रिकेट मैदानमा भेटिने गरेका छन् । उनीहरूलाई भ्याइनभ्याई छ । उपभोक्ताहरूको थामिनसक्नु भीड छ । जाडोयाम भएकाले चिया, चुरोट र तातो खाजाको व्यापार खुबै चम्किएको छ । क्रिकेट मैदान परिसरमा म:म बेच्दै आएका दुर्गा सापकोटा कोभिडले थलिएको व्यापारलाई राहत पुगेको बताउँछन् ।

उनी भन्छन्, ‘एनपीएलबाट एकदम खुसी छु। विदेशी खेलाडीहरू पनि हुनुहुन्छ । अपेक्षा अनुसारकै व्यापार भइरहेको छ । मान्छेहरूको भीड दिनहुँ बढिरहेको छ । कोरानाले आपत परेका होटल व्यवसायीहरूलाई यहाँ व्यापार गर्न दिनु नै ठूलो कुरा हो । राहत मिलेको छ ।’

सापकोटाले दैनिक सरदरमा एक सय पचासदेखि दुई सय प्लेटसम्म म:म बेचिरहेका छन् । क्रिकेट मैदानमै मट्का चिया बेचिरहेका छन्, कक्षा १२ मा पढ्ने भक्तिराज गिरी । गिरीले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको मट्का चिया बेचिरहेका छन् । ‘बिहानदेखि साँझसम्म राम्रोसँग व्यापार गर्यो भने दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको विक्री हुन्छ । व्यापार सोचेजस्तै भएको छ,’ उनले भने, ‘एनपीएलले नाफा गराएको छ। मलाई मात्रै होईन, सबैलाई राम्रो भएको छ ।’

अघिपछि नेपाल प्रहरी, नेपाल आर्मीको कार्यालय अगाडि बसेर फुटपाथ व्यापार गर्दै आएकी मन्जु तामाङ मर्हजन व्यापार ठिकै भएको सुनाउँछिन् । ‘बदाम, चाउचाउ, पानी, चुइगम्म, चकलेट आदि बेचिरहेको छु। व्यापार ठिकै छ। अहिले सरदरमा दैनिक सय रुपैयाँसम्मको व्यापार हुन्छ,’ उनले भनिन् ।

हुम्लाका गोपाल जेठरा आइतबारदेखि शुक्रबारसम्म अन्य काम गर्छन् । तर एनपीएल सुरु भएदेखि उनी शनिबार–शनिबार टीयू मैदानमा बदाम, पानी बेचिरहेका छन् । उनी भन्छन्, ‘शनिबार मात्रै बेच्छु म चाहिँ । अरु दिन अफिस जान्छु । व्यापार राम्रै छ । सामान्य खर्च जुटेको छ ।’

ह्यापीडेन्ट चुइङगमको दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार गरिरहेकी विनिता निरौला स्टल नै राखेर राम्रो आम्दानी गरिरहेको सुनाउँछिन् । उनी भन्छिन्, ‘हाम्रो सेल्स राम्रै छ । दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार भइरहेको छ ।’

एनपीएलले क्रिकेटसँगै व्यापार तथा व्यवसायलाई पनि चलायमान बनाउन आयोजक क्यानले बताउँदै आएको थियो । एनपीएलबाट एक अर्बको अर्थतन्त्र चलायमान बनाउने आकलन पनि गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी