×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको मनपरी-२ : स्वार्थ बाझिनेगरी धितो लिलाम सकारको प्रयास, बैंकको दाबी- ‘पछि कुरो मिलेन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक्सेल डेभलपमेन्ट बैंकको मनपरी-२ : स्वार्थ बाझिनेगरी धितो लिलाम सकारको प्रयास, बैंकको दाबी- ‘पछि कुरो मिलेन’

Artha Sarokar

२१ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय पटक पटक राष्ट्र बैंकको कारवाहीमा परिरहेको र हदैसम्म मनपरी गरिरहेको एक्सेल डेभलपमेन्ट बैंकमा स्वार्थ बाझिने गरी धितो लिलाम सकारको प्रयास भएको पाइएको छ । बैंकले लिलाम गर्ने क्रममा स्वार्थ बाझिनेगरी संचालकका आफन्तले नै धितो लिलाम प्रक्रियामा भाग लिएको प्रमाण अर्थ सरोकारले फेला पारेको हो ।

भएको के हो ?
एक्सेल डेभलपमेन्ट बैंकबाट इलामस्थित सिद्ध देउमाई निमार्ण सेवाको नाममा हायरपर्चेज कर्जा अन्तर्गत एक्साभेटर खरिदका लागि मिति २०२१/०३/१० मा कर्जा स्वीकृत भएको थियो । स्वीकृत भएको ५० लाख कर्जा नियमित नभएपछि बैंकले धितोमा रहेको एक्साभेटर नै लिलामीमा चढाएको थियो ।

तर, बैंक संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलका भाई श्रवण कुमार गोयल आवद्ध एक्साभेटर खरिद विक्री गर्ने कम्पनी मनोकामना मोर्डन इन्जिनियरिङ्ग प्रा.लिको नामबाट रु. ३३,०५,०००.०० मा लिलामी सकार्न बिड पेश भएको थियो ।

बैंकका संचालक, सेयरधनी, व्यवस्थापनका कर्मचारी तथा बैंकका कर्मचारीसँग नाता सम्बन्ध पर्ने जो कोहिले पनि स्वार्थ बाझिने कारोबार गर्न नपाइने नियामक नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्थाविपरित एक्सेलमा स्वार्थ बाझिनेगरी लिलामी प्रक्रिया अघि बढेको पाइएको हो ।

यस्तो गैरकानुनी काममा स्वयम् बैंकका सीइओ, डेपुटी सीइओ र बिजनेश विभागका प्रमुखको मिलेमतो रहेको भन्दै सो प्रकरणबारे राष्ट्र बैंकमासमेत जानकारी पुगिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरु पनि धितो लिलाम सकार्ने काममा संचालक समितिका सदस्य र निजका आफन्तको प्रत्यक्ष संलग्नता हुन नहुने बताउँछन् । यस्तो अवस्थामा बैंकलाई नियामक राष्ट्र बैंकले आवश्यक कारवाही गर्ने जिकिर राष्ट्र बैंकको छ ।

एक्सेलका सूचना अधिकारी श्याम बहादुर बोहोराले पनि सो प्रक्रियामा संचालक समितिका अध्यक्षका भाइको कम्पनीले प्रक्रियामा भाग लिएको स्वीकारेका छन् । यद्यपि सो लिलामी प्रक्रिया बैंकले स्वीकार नगरेको उनको भनाई छ । बैंकले संचालक समितिका अध्यक्षका नातेदारले नै लिलामीको प्रक्रियामा भाग लिएको थाहा भएपछि सो बिड क्यान्सिल भएको दाबी बोहोराको छ ।

‘सो बिड बैंकले असेप्ट नै गरेन । जहाँसम्म मलाई लाग्छ, पछि ऋणीले नै आवश्यक रकम थप गरेपछि लिलामी रोकिएको हो ।’ अर्थ सरोकारसँग बोहोराले भने ।

‘स्वार्थ बाझिनेगरी लिलामी प्रक्रियामा अध्यक्षका नातेदारले भाग लिएपछि बिड क्यान्सिल भएको हो ?’ भन्ने हाम्रो प्रश्नमा बोहोराले भने, ‘हो, त्यसपछि बैंकले सो बिड असेप्ट नै गरेन ।’ उनका अनुसार गोयलले राखेको धरौटी रकमसमेत पछि फिर्ता भईसकेको छ । ‘उहाँ (गोयल)ले राख्नुभएको धरौटीसमेत फिर्ता भएको अवस्था हो । बैंकले सो बिड नै क्यान्सिल गरेको हो ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी