×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मारुती सिमेन्ट्सलाई आइपिओ स्वीकृति दिए लगानीकर्ता अदालत जाने, बोर्डमा करोडौँको ‘घुसखोरी’को आरोप ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मारुती सिमेन्ट्सलाई आइपिओ स्वीकृति दिए लगानीकर्ता अदालत जाने, बोर्डमा करोडौँको ‘घुसखोरी’को आरोप ! 

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मारुती सिमेन्ट्सलाई आइपिओको स्वीकृति दिए सेयर लगानीकर्ताहरु सो निर्णयविरुद्ध अदालत जाने भएका छन् । निकै कमजोर कम्पनी भए पनि कागजमा राम्रो विवरण बनाएर नेपाल धितोपत्र बोर्डलाई समेत प्रभावमा पारेर आइपिओ स्वीकृति दिन खोजेको भन्दै सो काम गरिए अदालत जाने निर्णय लगानीकर्ताले गरेका हुन् । 

‘वित्तीय विवरण निकै कमजोर रहेको कम्पनीलाई प्रिमियममा आइपिओ स्वीकृति दिन खोजिएको छ । यसका लागि बोर्डभित्र ठूलै लेनदेन भएको शंका गर्ने ठाउँ प्रशस्तै छ । नयाँ अध्यक्षले कस्तो मुभ लिन्छन् भन्ने हेर्न बाँकी छ ।’, मुद्दाको तयारी गरिरहेका कानून व्यवसायीले अर्थ सरोकारसँग भने, ‘कम्पनी कमजोर छ भन्ने जान्दाजान्दै आइपिओ निकाल्दा धेरै लगानीकर्ता फसिसकेका छ्न् । अब पनि नबोले कहिले बोल्ने ?’

यसपटक कम्पनीविरुद्ध मात्र होइन, कमजोर कम्पनीको ‘हावादारी’ विवरण सही छ भनेर सर्टिफाइ गर्ने सिएविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी रहेको ती कानून व्यवसायीको दाबी छ । ‘कम्पनीविरुद्ध अदालतमा रिट दायर गर्नेछौँ भने हावादारी रिपोर्टमा सही गर्ने सिएविरुद्ध आइक्यानमाआईक्यानलाई समेत विपक्षी बनाएर अदालतमा समेत मुद्दा दर्ता गर्छौँ । मारुती सिमेन्ट्सको आइपिओ बोर्डबाट होइन, अब आइक्यानबाट फाइनल हुन्छ । बोर्डमा यही विषयमा ठूलो लेनदेन भएको आरोप लगानीकर्ताको छ । हेरौँ तथ्य र समयले के देखाउँछ ।’, ती कानून व्यवसायीले भने ।

यही थाहा पाएर धितोपत्र बोर्ड तत्काल मारुतीलाई आइपिओको स्वीकृति दिन नहुने भन्ने लाइनमा रहेको र यसमा बोर्ड अध्यक्ष श्रेष्ठको मात्र मत फरक रहेको दाबी बोर्डका अन्य कर्मचारीको छ । ‘अध्यक्षले किन हो, मारुतीलाई स्वीकृति दिन जोड गरिरहनुभएको छ । अरु धेरै दिनुहुन्न भन्ने पक्षमा हुनुहुन्छ । अध्यक्षकै हतारो शङ्कास्पद छ ।’, बोर्डका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘मारुतीका प्रतिनिधि, र केही दलालहरुले बोर्डमा चर्को लबिङ गरिरहेका छन् ।’

यता बोर्ड भने सबै काम नियमानुसार नै हुने रटान लगाइरहेको छ । यसअघि सपथ ग्रहणका क्रममा बोर्ड अध्यक्ष श्रेष्ठले लगानीकर्ताको हित आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । मारुतीको केसमा उनले के गर्लान् ?, त्यो भने हेर्न बाँकी नै छ । यद्यपि लगानीकर्ता अदालत नै जान लागेकाले मारुती सिमेन्टको आइपिओ तत्काल आउने सम्भावना भने निकै रहेको विश्लेषण गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी