काठमाडौँ । पछिल्ला दिन एटिएमबाट पैसा झिक्नेहरु घटेका छन् । डिजिटल कारोबार गर्नेहरुको संख्या बढेसँगै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको माघसम्ममा एटिएमबाट पैसा झिक्नेहरु घट्दै गएका हुन् ।
गत आर्थिक वर्षको माघ महिनासम्म एटिएमबाट १ करोड ७ लाख ११ हजार ५ सय ७४ पटक पैसा झिक्ने काम भएको छ ।
चालु आर्थिक वर्ष २०८१ ८२ को माघ मसान्तसम्म भने १ करोड २ लाख ५० हजार ६ सय ४ पटक मात्रै नगद झिक्ने काम भएको छ । या गत आर्थिक वर्षको तुलनामा कम हो ।
त्यस्तै, चालु आर्थिक वर्षको सोही अवधिमा एटिएमबाट ८६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ झिकिएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ४८ करोड ५० लाख रुपैयाँ एटिएमबाट झिकिएको थियो । तर यसअवधिमा डिजिटल कारोबारको संख्या भने बढेको छ ।