×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्खास्तीमा परेका शरद ओझाविरुद्ध जालसाझीमा पनि मुद्दा लाग्ने, जेल जाने सम्भावना अधिक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बर्खास्तीमा परेका शरद ओझाविरुद्ध जालसाझीमा पनि मुद्दा लाग्ने, जेल जाने सम्भावना अधिक !

Artha Sarokar

३ भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बर्खास्तीमा परेका नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझविरुद्ध किर्ते र जालसाझीमा मुद्दा चलाउने तयारी गरिएको बुझिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई बर्खास्त गरेपछि उनीविरुद्ध सरकारी कागज किर्ते र जालसाझीको मुद्दा चलाउने सरकारले तयारी गरेको बुझिएको हो ।

अध्यक्ष बन्न फर्जी कागज बुझाएका ओझाविरुद्ध किर्ते र जालसाझीको मुद्दा चलाउने तयारी रहेको र हाल सरकारले उक्त विषयमा थप बुझ्ने काम गरिरहेको सरकारका एक मन्त्रीले बताएका छन् । 

ओझाले बीमा प्राधिकरणको अध्यक्ष बन्न योग्यता र अनुभवको फर्जी कागज पेश गरेको सरकारी समितिले नै ठहर गरिसकेको छ । सरकारले गठन गरेको तीन सदस्यीय न्यायिक समितिले ओझाको योग्यता र अनुभवको कागज फर्जी भएको ठहर गरिसकेको छ । 

सोही ठहर अनुरुपको प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउँदै समितिले ओझालाई बर्खास्त गर्न सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार नै सरकारले ओझालाई प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गरिसकेको छ । सरकारी समितिले नै कागज फर्जी भनिसकेपछि प्राधिकरणका तत्कालीन अध्यक्षविरुद्ध किर्ते र जालसाझीको मुद्दा चल्ने जानकारहरु बताउँछन् ।

यसो त सरकारी कागज किर्ते (जालसाजी) गर्नुलाई नेपालको प्रचलित कानूनले गम्भीर अपराधका रुपमा व्याख्या गरेको छ । यसरी कसैले सरकारी कागज किर्ते गरेर व्यक्तिगत लाभ लिने कार्य गरेको ठहर भए त्यस्तो गर्नेलाई कैद र जरिवानाको सजाय हुने कानूनी व्यवस्था छ । यही कारण अध्यक्ष बन्नका लागि ओझाले फर्जी कागज पेस गरेकाले उनी जेल जान सक्ने सम्भावना उच्च रहेको जानकारहरुले बताएका छन् ।

ओझालाई सरकारले २०८१ फागुन २१ गते प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । योग्यता र अनुभवमाथि प्रश्न उठेपछि उनी निलम्बनमा परेका थिए । हाल भने सरकारले उनलाई पदबाट बर्खास्त गरिसकेको छ । यता उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको बुझिएको छ । अर्कोतर्फ ओझाको बर्खास्तीपछि प्राधिकरणको अध्यक्ष बन्न आधा दर्जन बढीले लबिङ सुरु गरिसकेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी