काठमाडौँ । ज्योति बिकास बैंकका कर्मचारीलाई कालो मोसो दलेर जुत्ताको माला लगाई, गाली गरेर दुर्व्यवहार गर्नेहरुविरुद्ध बैंकले प्रहरीमा दिएको जाहेरी दर्ता भएको छ । ऋण असुलीका विषयमा कुरा गर्न गएका उनीहरुलाई ऋणी र केहि स्थानीयले दुर्व्यवहार गरेका थिए । सुरुमा प्रहरीले उनीहरुविरुद्ध जाहेरी दर्तासमेत गर्न मानेको थिएन । तर अन्तत: जाहेरी दर्ता भएको छ । प्रहरीले बैंकबाट जाहेरी आएको पुष्टी गरेको छ भने ज्योति बिकास बैंकका सीइओ कपिल ढकालले पनि जाहेरी दर्ता भएको पुष्टी गरेका छन् ।
जाहेरी परेपछि ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीहरुलाई अभद्र व्यवहारको मुद्धामा अनुसन्धानका लागि पूर्जी जारी गरिएको छ । घटनाको जिम्मा लिएको दुर्गा प्रसाईं निकट ऋणी एसोसिएसनका अध्यक्ष देवी संग्रौलाले आफ्ना कार्यकर्तामाथि पक्राउ पूर्जी जारी भएको पुष्टी गरेका छन् ।आफ्ना कार्यकर्ताविरुद्ध पक्राउ पूर्जी जारी भएपछि संग्रौलाले बैंक घेर्न जान आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
अहिले सो घटनाको चौतर्फी विरोध भईरहेको छ । घटनापछि बैंकरहरु त्राहिमाम भएका छन् । बैंकका कर्मचारीमाथि भएको घटनाको विभिन्न संघ संगठनहरुले विरोध जनाएका छन् भने विज्ञप्तिमार्फत बैंकले पनि घटनाको भ्रत्सना गरेको छ ।
ऋणीले भने सम्पत्ति लिलामीको प्रक्रिया स्थगन गर्ने भनी बैंकले नै पत्र दिएपछि पुन: आफुहरुलाई टर्चर दिएको बताउँदै आएका छन् । यता बैंकले भने सुरुमा प्रहरीले आफुलाई सहयोग नगरेको र कर्मचारीलाई ज्यान मार्ने धम्की आएपछि सम्पत्ति लिलामीको प्रक्रिया स्थगन गर्ने पत्र लेख्न लगाइएको दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page












प्रतिक्रिया दिनुहोस्