Skip to content
LAXMI SUNRISE BANK

प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज, अब जापानमा सबै म्यानपावरले श्रमिक पठाउने मिल्ने !

अर्थ सरोकार

काठमाडौँ । अब जापानमा सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने भएका छन् । सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेसँगै अब सबै म्यानपावर कम्पनीहरुले जापानमा श्रमिक पठाउन पाउने भएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई सूचीकृत म्यानपावर कम्पनीले जापानमा काम गर्न पठाउने गर्दथे । तर, सरकारले सो निर्देशिका नै खारेज गरेको छ । 

सरकारले ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’मार्फत नेपालबाट प्रशिक्षार्थी श्रमिक जापान गइरहेकोले निर्देशिका आवश्यक नभएको भन्दै खारेज निर्देशिका खारेज गरेको मन्त्रालयले जनाएको छ । 

योसँगै अब म्यानपावर कम्पनीहरुले अरु देशमा जस्तै जापानमा पनि श्रमिक पठाउन मिल्ने भएको छ । सरकारले निर्देशिका खारेज गरेसँगै जापानमा विद्यार्थी प्रशिक्षार्थी पठाउन केही म्यानपावर कम्पनीले लगाएको सिन्डिकेट तोडिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK