×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९४ करोड ४९ लाखको लागतमा कोटवाडादेखि मान्म जोड्ने केबुलकार निमार्ण हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

९४ करोड ४९ लाखको लागतमा कोटवाडादेखि मान्म जोड्ने केबुलकार निमार्ण हुने

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कर्णाली । कालीकोटको नरहरिनाथ गाउँपालिका-१ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका-१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कालीकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका-१ को मान्म केबुलकार बनाउने लक्ष्य राखेको छ । नरहरिनाथ गाउँपालिका-१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका-१ को मान्म केबुलकार बनाउनका लागि ९४ करोड ४९ लाख ९१५ लागत लाग्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्पराज खड्काले जानकारी दिनुभयो । ‘यसको लम्बाइ दुई हजार १३४ मिटर र उचाइ ८२९ मिटर हुनेछ’, उहाँले भन्नुभयो,’प्रति सेकेन्ड ८ मिटर चल्ने र एक घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् ।’ नरहरिनाथ गाउँपालिका-१ कोटवाडादेखि खाँडाचक्र नगरपालिका-१ को मान्मसम्म केबुलकारमा पुग्नका लागि १० मिनेटको समय लाग्ने डा.खड्काको भनाइ रहेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने गरी नीति तथा कार्यक्रममा कालीकोटको कोटवाडादेखि मान्मसम्म केबुलकार, सुर्खेत-सिद्धपाइला र मुगुको रारा-मुर्माटपलगायतका स्थानमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने लक्ष्य राखेको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

कोटवाडामा विमानस्थल बन्दै गरेको र काम अन्तिम चरणमा रहेकाले विमानस्थल नियमित गर्नका लागि पनि केबलकार आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । केबुलकार सञ्चालनमा आएमा सो क्षेत्रका नागरिकको आर्थिक अवस्थामा परिवर्तन आउने प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले बताउनुभयो । ‘केबुलकार बनेमा पर्यटन क्षेत्र चलायमान हुन्छ । पर्यटन क्षेत्रबाट त्यहाँका नागरिकले आर्थिक लाभ लिन सक्छन्’, उहाँले भन्नुभयो,चालू आर्थिक वर्षबाट नै केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाइने छ ।’ -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी