विशाल श्रीपाइली । विभिन्न गैर कानुनी स्रोत बाट आय आर्जित गरिएको धन सम्पतिलाइ मुलुक को प्रचलित कानुनी प्रक्रिया बाट धुल्याउने वा शुद्ध गर्ने कार्य लाइ सम्पति शुद्धिकरण (Anti Money Laundering ) भनिन्छ । यो अबैध धनलाई बैध बनाउने क्रियाकलाप हो । जसलाई एक वित्तीय अपराध मानिन्छ । कानुनि कारबाहीबाट बच्न यस किसिमका वित्तीय अपराधहरु हुने गर्दछन । नेपालमा सम्पति शुद्धिकरण सम्बन्धि वित्तीय अपराध नियन्त्रण गर्न र कानुनी ढंगबाट यसको ब्यबस्थापन गर्न ‘सम्पति शुद्धिकरण निवारण ऐन २०६४ ‘लागु गरिएको छ । जुन बि.स २०६४/१०/१४ बाट यसले प्रमाणीकरणता पाएको थियो । यसै ऐन ले आतंकबादी क्रियाकलापमा वित्तीय लागानी नियन्त्रण सम्मको ब्यबस्था गरेको छ।
विभिन्न गैर कानुनी स्रोत बाट आय आर्जित गरिएको धन सम्पतिलाइ मुलुक को प्रचलित कानुनी प्रक्रिया बाट धुल्याउने वा शुद्ध गर्ने कार्य लाइ सम्पति शुद्धिकरण (Anti Money Laundering ) भनिन्छ । यो अबैध धनलाई बैध बनाउने क्रियाकलाप हो । जसलाई एक वित्तीय अपराध मानिन्छ । कानुनि कारबाहीबाट बच्न यस किसिमका वित्तीय अपराधहरु हुने गर्दछन । नेपालमा सम्पति शुद्धिकरण सम्बन्धि वित्तीय अपराध नियन्त्रण गर्न र कानुनी ढंगबाट यसको ब्यबस्थापन गर्न ‘सम्पति शुद्धिकरण निवारण ऐन २०६४ ‘लागु गरिएको छ । जुन बि.स २०६४/१०/१४ बाट यसले प्रमाणीकरणता पाएको थियो । यसै ऐन ले आतंकबादी क्रियाकलापमा वित्तीय लागानी नियन्त्रण सम्मको ब्यबस्था गरेको छ।
सम्पति शुद्धिकरणका चरणहरु:
निम्न देहाय बमोजिमका प्रक्रियाहरु सम्पन्न भइ शुद्धिकरणको कार्य पुरा हुन्छ। जुन यसप्रकार छन।
१) रकम राख्ने (PLACEMENT)
पहिलो चरणमा सम्पति शुद्धिकरणकर्ताले गैर कानुनी रुपमा प्राप्त आय आम्दानी लाइ कुनै पनि बैंक तथा वित्तीय संस्थामा जम्मा गर्न सक्छ । त्यस्तो जम्मा भएको रकम मनी अर्डर ,स्विफ्ट म्यासेज ,वायर ट्रान्सफरको माध्यमबाट हुन सक्छ। यसरि सम्पति शुद्धिकरणको पहिलो चरण सम्पन्न जुन्छ।
२) रकमको तहकिकरण गर्ने (LAYERING)
दोस्रो चरणमा शुद्धिकरणकर्ताले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको सम्पतिलाई थप शुद्धिकरण गर्ने प्रयास गर्न खोज्दछ। जसका लागि उसले जटिल एबम बहु वित्तीय शुद्धिकरणकारोबारको सहायता लिन्छ । त्यस्तै गरि उसले विभिन्न किसिमका धितोपत्र खरिद गर्ने ,देश भित्र वा बाहिर आफ्ना ,आफन्तको खाता मा वायर ट्रान्सफरको मध्यमबाट रकम स्थान्तरण गर्ने तथा अस्तित्व नभएका बस्तु तथा सेवाको भुक्तानी गर्ने जस्ता क्रियाकलापबाट रकमको तहकिकरण गर्दछ । यसरी दोस्रो चरण पुरा हुन्छ ।
३) सम्पति एकीकृत गर्ने गर्ने ( INTEGARTION )
यो चरणमा शुद्धिकरणकर्ताले विभन्न निकायमा भएको रकमलाइ बैधानिक क्षेत्रहरुमा प्रबाहिकरण गर्दछ । उसले बिशेषगरि घरजग्गा ,ब्यापार /ब्यबसाय ,स्थाई सम्पति आदि क्षेत्रहरुमा लगानी गर्दछ । यसरि पटक /पटक स्थान्तरण र बैध बनाउने प्रयास गरेर उसले आफुसंग भएको दुषित आम्दानीलाई शुद्ध तथा बैध आम्दानीमा रुपान्तरण गरि सम्पति शुद्धिकरण गर्ने कार्य गर्दछ। यसै चरण बमोजिम सम्पति शुद्धिकरणका चरणहरु पुरा हुन्छन । अन्त्यमा सम्पति शुद्धिकरण कार्य बित्तिय अपराध हो यसले वित्तीय अनुशासनमा ह्रास ल्याई अस्वस्थ वित्तीय प्रणालीको सिर्जना गर्दछ । जसले मुलुकको समग्र वित्तीय प्रणालीमा जोखिम निम्त्याउछ । यस किसिमको वित्तीय अपराध नियनत्रण र ब्यबस्थापन हुन एकदमै जरुरि हुन्छ । साथै यस्तो किसिमको क्रियाकलाप भएको पाइएमा वा भेटिएमा तुरुन्त कानुनि कारबाहीको कदम सम्बन्धित निकायले चालिहाल्नु पर्दछ । यो अपराध बैंक तथा वित्तीय संस्थाबाट प्रारम्भिक हुने भएकोले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बिशेष ध्यान दिनु पर्ने हुन्छ । ‘अनुशासित वित्तीय कारोबारको बानी बसालौ र स्वस्थ वित्तीय प्रणालीको प्रबर्धन गरौं’ ।