अनुसा थापा । देशैभरका हरेक जिल्लाको सदरमृकाम र उपत्यकाभित्रै कै चोक गल्ली साँझ परेपछि फुटपाथ व्यापारले भरिपुर्ण हुन्छन् । सडकपेटी भरि फुटपाथ व्यापार सञ्चालनमा छन् । अझै काठमाडौँ, भक्तपृर र ललितपुरको फुटपाथहरुमा त पाइला राख्ने ठाँउसमेत हुँदैन । जथाभावी रुपमा सञ्चालन गरिएका फुटपाथ हेर्दै कृरुप देखिन्छन् । फुटपाथ व्यवसायले शहरको सुन्दरतामा ह्रास ल्याइदिएको छ । फुटपाथ व्यवसायीले पुरै उपत्यका नै अस्तव्यस्त बनाइदिएको छ । तरकारी, कपडा, खेलौना, भाडाकुँडा जस्ता सामानहरु फुटपाथमा जथाभावी बेच्न राखिएका छन् ।
उसै पनि उपत्यकाका फुटपाथहरु निकै साघुरा छन् । पैदल यात्रुलाई हिड्ने ठाँउको अभाव भइरहेको बेला यसरी फुटपाथ व्यवसाय सञ्चालन गर्दा झनै गाह्रो भइरहेको छ । फुटपाथमा अहिले मात्र होइन् वर्षौदेखि व्यवसायी सञ्चालन हुँदै आएको छ । तर पनि सरकारको कुनै पनि निकायको यस तर्फ ध्यान गएको छैन् । सटर भाँडा तिर्न नपर्ने भएकाले फुटपाथ व्यवसायी यसरी च्याउ उम्रे जसरी उम्रेको हो । पहिलेपहिले सटरभाडा तिर्न नसक्नेले मात्र फुटपाथ व्यवसाय सञ्चालन गर्छन् भन्ने परम्परा थियो । तर अहिले त पूँजीपतिले पनि फुटपाथ व्यापार सञ्चालन गरेको छन् ।
टाइम पास र देखासिकीको कारण फुटपाथ व्यवसाय अप्नाउने पनि यत्तिकै छ । पसल भाँडा पनि तिर्न नपर्ने । फुटपाथमा व्यापार गर्नेलाई नाफा नै नाफा छ । सामान बिक्री गरेर भएको आम्दानी कसैलाई तिर्न पर्ने होइन् । बिहान र बेलुका त उपत्यकाको सडकहरु हिडिसक्नु हुँदैन् । फुटपाथ होइन् हाट बजारजस्तो देखिन्छ । यता पनि फुटपाथ पसल उता पनि फुटपाथ पसल । कहाँ जाऊ जस्तो हुन्छ । पैदल यात्रुलाई निकै सकस हुने गरेको छ । तैपनि हिड्नै परेको छ । फुटपाथमा सामान सस्तो हुन्छ भनेर हामी खरिद गर्न जान्छौ तर फुटपाथमा पनि सामानको मुल्य पसलमा जति नै हुन्छ ।
फुटपाथमा अलिकति पनि ठाँउ छोडेको छैनन् । फुटपाथमा पनि तैले सामान राख्ने कि मैले राख्ने भनेर हानाथाप हृने गरेको छ । फुटपाथ व्यापारसंगै जताततै पार्किड. गरेर राखेका सवारीसाधन । बेचेकुचेको ठाँउमा राखेको खानेकुराका ठेलाहरुले हैरान पार्छ । सरकारले सडकपेटी व्यापार गर्न बनाएको कि मान्छे हिड्न । यसको जवाफ सरकारसंग पनि छैन् । सबैतिर फुटपाथ व्यापारले ढाकेपछि मान्छेहरुबीच बाटोबाट हिड्नुबाहेक विकल्प छैन् । बीच बाटोबाट पैदल यात्रुहरु ओहोरदोहोर गर्न बाध्य छन् ।
सवारीसाधनको चाप पनि त्यत्तिकै छ । हाकिएर आएकासवारी साधन देखेर डर पनि लाग्ला । ट्रफिक जाम पनि त्यत्तिकै बढेको छ । सडकमा गाडी र पैदल यात्रुको चाप यत्तिकै छ । दुर्घटना पनि बढिरहेको छ । अहिले त साइकल लिएर विच बाटोमा व्यापार गर्ने पनि त्यत्तिकै छन् । यसले पैदल यात्रुलाई मात्र होइन सवारी चलाउनेलाई पनि निकै कठिनाइको सामना गर्नुपरेको छ । सवारीसाधन र पैदल यात्रु संगसंगै हिड्दा दुर्घटनासम्म हुने गरेको छ । चाडबाड बढेसंगै झन् सडकपेटीमा सामानको ओइरोपहिरो लागेको छ । सामान किन्नेको चाप पनि त्यत्तिकै छ । दशैँको लागि उपत्यकाबाहिर जाने सर्वसाधारणहरुले अहिलेदेखि नै सामान खरिद गर्न थालिसकेको छन् । दशैँको लागि घर जाने सर्वसाधारणको संख्या बढेसंगै फुटपाथ व्यापार पनि निकै बढेको छ । सबैतिर भीडभाड त्यत्तिकै बढेको छ । त्यसमाथि सडकको छेउछाउ राखिएका फुटपाथ व्यवसायी ।
सडकको दाँयाबाँया जहाँ हेर्यो फुटपाथ व्यवसायले ढाकिएको छ । ग्राहकले पनि बिच सडकमा सवारी रोकेर सामान किन्छन् । त्यसले झन् समस्या थपिदिएको छ । तैपनि ट्रफिक प्रहरीको ध्यान गएको छैन् । सवारी जाम बढेको छ । यी सबैबाट हृने दु:ख कष्टचाहि पैदल यात्रुले व्यहोर्नुपरेको छ । हेर्दै नराम्रो र कुरुप देखिने फुटपाथ पसललाई सरकारले किन व्यवस्थित गर्दैन ? महानगरपालिका, नगरपालिका र वडाको यसमा ध्यान किन जादैन् । यसरी जनतालाई दृःख दिने फुटपाथ व्यवसायीलाई सरकारले किन हटाउदैन् । एकदिन महानगरका पुलिसहरु तातिन्छन् अनि फृटपाथमा भागदौड मच्चाउछन् ।
अर्को दिन फेरि जस्ताको तेस्तै । एकदिन अनुगमन गरेको जस्तै गरि नाटक गरेको छन् । महानगरपालिकाका कर्मचारीहरुले फुटपाथ व्यवसायी कसरी व्यवस्थित गर्न सकिन्छ बारे सोच्न पर्ने होइन । एकदिन आउछन् यताको सामान उता पृप्याउछन् । सामान जफत गर्छन् । अनि दोस्रो दिन फेरि सेलाउछन् । नगरपालिकाले सडकपेटीमा फुटपाथ पसल सञ्चालन गर्न दिनु हुँदैनथ्यो । सडकपेटी र सडकको किनारामा पार्किड गरेर राखिएको सवारीसाधनलाई पनि तत्काल हटाउनुपर्छ । आफ्नो फाइदाको लागि सवारी साधन किन्ने अनि दुखचाँही पैदल यात्रीलाई । फुटपाथ हिड्नको लागि बनाएको हो । व्यापार र पार्किड गर्नको लागि बनाएको होइन् । यो कृरा फुटपाथ व्यवसायी र सवारी चालकहरुले कहिल्यै नबुझ्ने भए । पुरै बाटो कब्जा गरेर आफ्नो कमाउधन्दा सञ्चालन गरेको छन् । सरकारले पनि पैदल यात्रीको समस्याबारे बुझेर पनि अबुझजस्तो गरेर बसेको छ ।
उपत्यकाको रत्नपार्क, जोरपाटी, कंलकी, न्युरोड, सातदोबाटो, लगनखेल, जाउलाखेल, कोटेश्वर, बानेश्वर, भोटाहिटी जस्तो प्रमृख स्थलहरुमा बेलुकीपख लुनै मेला लागेभन्दा कम हुँदैन् । सर्वसाधारणको चाप छिचोल्न हम्मेहम्मे पर्छ । ती विचबाट गाडी गुड्छन् । सरकारको कमीकमजोरीको कारणले हामीहरु त्यस्तो स्थितिको सामना गर्न बाध्य छौ । सरकारको नियम उल्लङ्घन गरेर यसरी जथाभावी फुटपाथ राख्ने कानूनका दायरामा किन आउदैनन् । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन गर्न पाइदैन् ।
आफु व्यापार गर्छन् कमाउछन् । अनि दुखचाहि अरुलाई नै दिन्छन् । फुटपाथ महासंघले फुटपाथ व्यवसायीसंग दिनहुँ पैसा उठाउने गरेको छ । स्थानीय गुन्डाहरुले पनि एकजना फुट्पाथ व्यवसायीहरुसंग दिनहुँ पचास रुपियाँ उठाउने गरेको छ । फुटपाथ व्यवसायीबाट उठाएको पैसा विभिन्न क्लब र फुटपाथ महासंघ र स्थानीय गुन्डाहरुले बाँडेर खाने गरेको छन् । मेयर, वडाध्यक्षले पनि आफ्नो व्यक्तिगत स्वार्थ पुरा गरेकाले फुटपाथ व्यवसायी सञ्चालन गर्न दिएको हो । होइन भने दिनहुँजसो जनगुनासो बढिरहँदा पनि फुटपाथ व्यवसायी हट्न सकेको छैन् ।महानगरपालिकाबाट खटिएको प्रहरीहरुललाई दिनभरि गफ गरेर बस्दै ठिक्क हुन्छ । कोरोनाको जोखिम घटेको छैन् । उपत्यकाका चोकचोकमा मेला लागेजत्तिकै छ ।
फुटपाथ व्यापारीहरुले कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैन् । न त भौतिक दुरी कै पालना भएको छ । न त कुनै पनि फुटपाथ व्यवसायीको मुखमा मास्क छ । फृटपाथ व्यापारीले फुटपाथ कब्जा गर्दा वा सार्वजनिक बाटो कब्जा गरेर पसल गर्दा ट्रफिक पुलिस, ट्रफिक महाशाखा, महानगरीय प्रहरी मौन छन् । फुटपाथ पसलेहरुसंग आर्थिक लेनदेन गरेकाले ट्राफिक पुलिस र महानगरीय प्रहरी मौन बसेको हो भन्ने पनि नभएका भने होइनन् । फुटपाथमा पसल राख्ने व्यापारीलाई महानगरीय प्रहरी देखेपनि नदेखेको जस्तो गरेर बसेको छ । महानगरपालिकाको पुलिस, ट्राफिक पुलिस यिनीहरुले फुटपाथ पसल हटाउनुपर्छ भन्ने सोचाइ छैन् । फुटपाथमा पसल राख्नेसंग व्यक्तिगत फाइदा लिदै फुटपाथ पसलहरुसंग गफ गरेर बसेको प्रस्टै देखिन्छ । केही खाएर बसेको पनि नदेखिने त होइन् । तर पैसा तिरेर खाएको हो कि त्यत्तिकै खाएको हो । कसैलाई पनि थाहा छैन् । वडाध्यक्ष र मेयरहरुलाई भोट र कमिशन भए पुगिहाल्छ । कार्यकर्ता पाल्नुपरेको छ । घरधनीलाई घरकोठा भाँडा भए पुगिहाल्छ ।
सटरभाडा अलिकम गर्ने हो भने यस्तो हुँदैनथ्यो कि । मँहगो भाडामा कोठाबहालमा लाएको छन् । उनीहरुलाई जसरी पनि पैसा कमाउनु छ । न राजस्व तिरेको छन् । यसमा सरकार र घरधनीको गल्ती छ । फुटपाथ व्यवस्थित गर्नुपर्छ भनेर जनताले पनि विरोध गरेका छैनन् । महानगरसंग पुलिस कम भए थप पुलिस भर्ना गरेर वडा र महानगरले फुटपाथमा हटाउनुपर्छ ।