अनुसा थापा । नाकामा कोरोनाको परीक्षण भएको छैन, दशैँको मुखमा आएर कोरोना संक्रमणको खतरा बढेको छ । अधिकांश नेपालीको रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्न जान्छन् । मजदूरीको लागि हाम्रै छिमेकी देश भारत जानेको संख्या उत्तिकै बढ्दो छ । कामको लागि खाडी मुलुक र पढ्नको लागि राम्रो मुलुक जानेको संख्यामा पनि कुनै कमि छैन् । उनीहरु वर्षौ विदेशमा बसेका हुन्छन् ।
काम गरेर कोही आफ्नो समयावधि पुगेपछि फर्कन्छन् । कोही म्याद थपेर उतै बस्छन् । तर उनीहरु दशैँ मनाउनलाई प्लेनमा नेपाल भित्रिरहेको छन् । भारतबाट दशैको लागि नेपाल फर्किनेको लर्को पनि उत्तिकै छ । कुनै पनि राष्ट्रमा कोरोना हटिसकेको छैन् । झन भारतको त कुरै छोडौँ । बाहिरी मुलुकबाट फर्किएकाहरु सिधै आफ्नो घर गइरहेका छन् । छिमेकी देशबाट आएपनि सिधै आफ्नो घर गएका छन् । चाडपर्व आफ्नो घर परिवारसंग मनाउनको लागि धेरै वर्ष आफन्तसंग भेट नभएका मान्छेहरु आफन्तसंग भेट गर्न नेपाल फर्किएका हुन्छन् । तर उनीहरुलाई कोरोना लागेको रहेछ भने उसको परिवारको साथै टोल छिमेकलाई नै कोरोना सर्ने खतरा बढेको हुन्छ। नेपाल सरकारले अन्तराष्ट्रिय एयरपोर्टमा पनि कोरोना परीक्षण गरेको छैन् । नाकाबाट भित्रिनेहरुको पनि कोरोना परीक्षण भएको छैन् ।
स्वास्थ्य मन्त्रालय र नेपाल सरकारले कोरोना हटिसक्यो भनेर सार्वजनिक गरेको छैन् । कोरोना संक्रमण छँदैछ भने मृत्यृदरमा पनि कुनै फरक परेको छैन् । उपत्यकाका सिडिओहरुले अझै निषेधाज्ञा हटाएका छैनन् । काठमाडौंबाहेक अन्य जिल्लामा पनि निषेधाज्ञा जारी नै छ । अहिले जनताले सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गरेका छैनन् । सरकारले पनि अनुगमनमा खासै चासो दिएको छ जस्तो देखिँदैन् । उपत्यकामा रोजगारीको लागि बसेको सर्वसाधारणहरु दशैँ मनाउनको लागि आफ्नो जन्मथलो फर्किदै छन् । उपत्यका छोड्नेको संख्या प्रत्येक दिन बढिरहेको छ । उपत्यकाबाट बाहिरिने नाकामा गाडी कुरेर बसेको मान्छेहरु उत्तिकै छन् । स्रोह श्राद्ध लागेसंगै गाँउ जाने मान्छे ह्वात्तै बढेको छन् । गाडीहरु पनि भरिभराउ यात्रु बोकेर बाहिर जिल्ला छुटेको छ ।
तर उनीहरुलाई कोरोना लागेको रहेछ भने उसको परिवारलाई सर्छ । उसको टोल छिमेक नै अस्तव्यस्त बन्छ । सरकारले अहिले परीक्षणमा त्यति ध्यान दिएको छैन् । काठमाडौंबाट गएको मान्छे सिधै आफ्नो परिवारसंग घुलमिल हुन्छन् । सरकारले यसलाई ख्याल ख्याल रुपमा लिने हो भने दशैँपछि ह्वात्तै कोरोनाको बिरामी बढ्न सक्छन् । चाडपर्व मनाउने नाममा वा रमाइलो गर्ने नाममा मृत्युको मुखमा हामी पनि नपुगौँ र आफ्नो परिवारलाई पनि नपुगाऔँ । उपत्यकाभन्दा गाँउगाँउमा कोरोना फैलन सक्ने विज्ञहरुको भनाइ छ । अब किनमेलको नाममा भीडभाड सरकारले नियन्त्रण गर्न सक्दैन् । सरकारले लामो रोडको गाडीहरुको टिकट खुलाइसकेको छ । टिकट काट्ने ठाँउमा भीडभाड हुन्छ । गाडी चढ्ने नाका कंलकी, कोटेश्वर, बल्खृ, चाबहिलमा यात्रुहरुको गाडी चढ्नको लागि एकदमै भीडभाड हुन्छ । गाडी चढ्ने यात्रुहरुले मुखमा मास्क लगाएको हुदैँनन् । कुनै पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् ।
कोरोना हटिसकेको जसरी गाडीमा चढेका छन् । बाटोमा हिडेको छन्, तर खतरा अझै टरिसकेको छैन् । न व्यापारीले सरकारको मापदण्ड पालना गरेको छ । न यातायात व्यवसायीले पालना गरेको छ । रात्रिकालिन सञ्चालन हुने व्यवसायीहरु रेस्टुरेन्ट, पार्टी प्यालेस र होटलहरु पनि सरकारको मापदण्ड पालना गरेको छैनन् । यी व्यवसायीहरु कसरी हुन्छन् जो कमाउधन्दा तिर लागेको छन् । यसरी सरकारको मापदण्ड पालना नगर्ने व्यवसायीलाई अनुगमन गरि, कारबाही गर्ने, हुँदै भएन भने व्यवसायी नै बन्द गर्ने सर्तमा सञ्चालन गर्न दिएको थियो । तर अहिले उपत्यकाको तीन जिल्लाका सिडिओहरुले अनुगमन गरेको छैनन् । चाडपर्वको बेलामा कोरोना लाग्नेको संख्या झनै आकासिने भएको छ ।
सिडिओहरुले व्यापारीको मिठोमसिनो खाएको होला त्यही भएर सिडिओ चुप लागेर बसेको छ भनेर सर्वसाधारणहरु नै भन्न थालिसकेको छन् । केही दिन अघि व्यापारीहरुले गृहमन्त्रीलाई भेटेर निषेधाज्ञा हटाउनको लागि ज्ञापन पज्ञ बुझाएका थिए । गृहमन्त्रीको आफन्त र गृहमन्त्रीको नजिकको मान्छेहरुले व्यापारीहरुसंग आर्थिक लेनदेनमा भक्तपुर र काठमाडौंका पुरानो सिडिओहरुको सरुवा गर्यो । अहिले नयाँ सिडिओ आइसकेको छन् । निषेधाज्ञा हटाइएको छ । यसको दोष सिडिओलाई दिने कि गृहमन्त्रीलाई ? जनताले दोष दिइरहेको छन् सिडिओलाई । सिडिओको कमीकमजोरीले कोरोना जोखिम हुदाँहुँदै निषेधाज्ञा हटाइएको छ भनेर सर्वसाधारणहरु गुनासो गरिरहेको छन् ।
सिडिओ त एउटा कर्मचारी हो । गृहमन्त्रीले सरुवा गरेको ठाँउमा जानैपर्छ । गृहमन्त्रीले भनेको कृरा मान्नै पर्छ । तर व्यापारीहरुको गृहमन्त्रीसम्म पहुँच रहेछ । व्यापारीहरु देशका मान्यजनहरुसंग यति नजिकिएका रहेछन् । प्रधानमन्त्रीलाई व्यापारीहरुले सिधै भेट्न पाउँछन् । किनकि व्यापारीहरुले राजनितिक पार्टीलाई चन्दा दिन्छन् । व्यापारीहरु भनेको राजनितिक दलको कार्यकर्ता हुन् । व्यापारीहरु नभई राजनितिक दललाई कसले चन्दा दिन्छ । पार्टी कसरी चल्छ ? अहिलेको गृहमन्त्री पटक पटक मन्त्री भएका व्यक्ति हुन् । उनको जनता र राष्ट्र्लाई भन्दा पनि व्यक्तिगत लाभ लिने छवि जनता माझ परेको छ । उनले आफु सत्तामा बस्दा आफ्नो आफन्तलाई ठाँउमा पुर्याएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा यो भन्दा अगाडि चार पटक प्रधानमन्त्री भइसकेको व्यक्ति हुन् । चार पटक प्रधानमन्त्री हुदाँ असक्षम ठहरिएका देउवाले अब पनि केही गर्लान् त ? पदको लागि आफ्नो पार्टी पनि फुटाउने अर्काको पार्टी पनि फुटाउने व्यक्ति नै देउवा हुन् ।
२०६१ सालमा त्यतिबेलाका राजाले जनता र राष्ट्रको लागि असक्षम व्यक्ति भनेर हटाएको प्रधानमन्त्री देउवालाई नै हो । अहिले पाँचौ पटक प्रधानमन्त्री बनेको महिनादिन बितिसक्दा पनि पनि मन्त्रिमण्डल विस्तार गर्न सकेको छैनन् देउवा सरकारले । पुष्पकमल दाहाल र माधव नेपालको सहायताले प्रधानमन्त्री बनेको व्यक्ति हुन् देउवा । भन्छन् नि उचालेको कुकुरले मृग मार्दैन् । देउवा पनि त्यसमै पर्छन् । कसैले उचालेर कुर्सीमा लगेर राखेको प्रधानमन्त्रीले केही गर्न सक्ला भनेर कसैले नसोचे पनि हुन्छ । कोरोनाको बिरामी बढिरहेको छ । सरकारले पुरै निषेधाज्ञा हटाइसकेको छ । अहिले त मान्छेहरुले मास्क लगाउन पनि छोडिसकेको छन् । मास्क नलगाईकन बाटोमा हिड्ने मान्छेलाई प्रहरीले कारबाहीसमेत गरेको देखिदैन् । स्वास्थ्य मन्त्रालयले जनतालाई मास्क लाउनुस् कोरोना अझै छ है भनेर सुचना पनि सार्वजनिक गर्दैन् ।
अर्थ मन्त्रालयले सबैभन्दा बढी बजेट स्वास्थ्य मन्त्रालयलाई दिएको छ । सबै ठाँउको विकासको बजेट कट्टा गरेर अर्थ मन्त्रालयले बजेट पाएको छ । त्यो बजेट सिध्याउनको लागि र कमिशन खानको लागि स्वास्थ्यमन्त्री ज्यान फालेर सामान खरिद गरेको छ । चलाउन नजानेको सामानहरु पनि खरिद गरिरहको छ । अहिलेको स्वास्थ्यमन्त्री व्यापारी हुन् । उनको शिक्षा क्षेत्रमा ठुलो लगानी छ । अन्य क्षेत्रमा पनि उनको लगानी छ । राज्यलाई राजस्व छल्न र जनता ठग्न उनले राम्रो संग जानेको छन् । नेपाली कांग्रेसलाई आर्थिक सहयोग दिएर मनोनित सांसदमा आएको व्यक्ति हुन् । उनी जनताले मतदान गरेर चुनेर सांसद भएर आएको व्यक्ति भने होइनन् । प्रधानमन्त्रीको श्रीमतीको कोटामा स्वास्थ्यमन्त्री भएका हुन् । यिनी स्वास्थ्य मन्त्री हुनेबित्तिकै जनताले पनि विरोध गरेका थिए । नेपाली काग्रेंसको रामचन्द्र पौडेलले पनि विरोध गरेका थिए । जो मान्छेले व्यापार गरेर जनता ठग्छ । राज्यलाई राजस्व छली गर्छ । मजदुरको पसिना चुस्छ । यस्तोलाई देशको माया हुन्छ । यस्तालाई स्वास्थ्यमन्त्री बनाएर के को स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ । केपी ओलीको सरकारले नेपालमा एकजना कोरोनाको बिरामी भेटिने बित्तिकै लकडाउन गरेको थियो ।
प्रधनामन्त्री देउवालाई यत्रो मान्छे मर्दा पनि फरक परेको छैन् । कोरोना नियन्त्रण भइसकेको हो यसको जवाफ सरकारले दिनैपर्छ । अहिले पनि कोरोनाको रोगी प्रत्येक दिन बढिरहेको छ । क्वारेन्टाइन पनि सबै हटाइसकेको छ । दशैँको मुखमा आएर कोरोनाले विकराल रुप नलियोस् ।