×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राज्यको ढुकुटीमा एनआईसी एशियाको झण्डै २० अर्व योगदान, कर तिर्ने मामलामा पनि नम्बर १ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राज्यको ढुकुटीमा एनआईसी एशियाको झण्डै २० अर्व योगदान, कर तिर्ने मामलामा पनि नम्बर १ !

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको निजीस्तरको नम्बर १ बैंक एनआईसी एशिया बैंक कर तिर्ने मामलामा पनि अब्बल देखिएको छ । गत आर्थिक बर्षमा मात्र यो बैंक, देशकै बैंकहरुमध्ये सबै भन्दा बढी कर तिर्ने बैंक बन्न सफल भएको छ । अझ गत २५ बर्षको हिसाब हेर्ने हो भने त एनआईसी एशियाले राज्यलाई बुझाएको करको रकम सार्है ‘लोभलाग्दो’ छ । र त ग्राहकका लागि ‘साथी’ बनेको आभाष दिन अहोरात्र खटिरहेको बैंक, राज्यका लागि पनि कमाईको राम्रो स्रोत बनेको छ । पछिल्लो समय सार्वजनिक भएका कर बुझाउनेहरुको विवरण र आफ्नो स्थापनादेखि बैंकले तिरेको करको विवरण हेर्ने हो भने, देश बिकासको साझेदारीमा बैंकले खेलेको भूमिका महत्वपूर्ण छ भन्ने कुरामा कुनै शंका रहेन ।

२५ वर्षमा कति तिर्यो कर ?
एनआइसी एशिया बैंकले आफ्नो २५ वर्षको यात्रासम्म आईपुग्दा १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बुझाएको तथ्यांक स्वयम् बैंकले बुझाएको छ । गत आर्थिक बर्षमा त एनआईसी एशिया कर बुझाउने बैंकहरुमध्येकै उत्कृष्ट बनेको छ । बैंकमा नम्बर १ बनेको एनआईसी एशिया देशकै सबैभन्दा बढी कर तिर्ने संस्थामासमेत छैटौँ नम्बरमा पर्न सफल भएको छ । हरेक बर्ष निकै एग्रेसिभ ग्रोथ गरिरहेको बैंकले आफ्नो नाफाको दरिलो हिस्सा राज्यलाई कर तिर्ने हुनाले पनि हरेक बर्ष यो बैंकले राज्यलाई तिरेको करको रकम पनि बढ्दै गएको छ । लाखौँ ग्राहक, हजारौँ कर्मचारी र ठुलो संख्यामा सरोकारवालाहरुले ‘आफ्नो’ सम्झेको यो बैंकले सरकारी ढुकुटीमा दिएको योगदान पनि पछिल्लो समय खुलेरै चर्चा हुन थालेको छ । राज्यले राजश्व संकलनको लक्ष विभिन्न क्षेत्रमा पूरा गर्न नसकेको स्थितिमा बैंकिङ क्षेत्रले गरेको ठुलो योगदानको राजनीतिक स्तरमै पनि ठुलो प्रशंसा हुन थालेको छ । यसले बैंकहरु नाफामात्र कमाउँदैनन्, बरु राज्यलाई ठुलो मात्रामा कर तिर्छन् भन्ने तथ्य पनि धेरैलाई बुझाउन सफल भएको छ ।
‘देश बिकासमा महत्वपूर्ण भूमिका’
देश बिकासमा हुने खर्च भनेकै राज्यलाई व्यक्ति वा संस्थाले तिर्ने करबाट आउने हो । यसमा एनआईसी एशिया बैंकले झन्डै २० अर्वको योगदान राज्यलाई दिएको छ । यतिसम्मकि हरेक बर्ष समयमै कर तिरेर, राज्यभित्रको जिम्मेवार संस्था हुनुको जिम्मेवारी पनि बैंकले पूरा गर्दै आएको छ । राज्यलाई कर बुझाउने मामलामा पनि नम्बर १ भएपछि यसले बजारमा जाने सन्देश पनि थप सकारात्मक भएको छ । ‘बैंकहरुले नाफा मात्र कमाए’ भनेर आम नागरिकमा छरिएको भ्रमलाई एनआईसी एशिया बैंकको यो तथ्यले गलत सावित गर्न थप बल गरेको छ । ‘बैंकहरुले नाफा मात्र कमाउँदैनन्, नाफा कमाउनु त उनीहरुको धर्म नै हो । तर नाफासँगै यसले देश बिकासमा महत्वपूर्ण योगदान दिनेगरी ठुलो मात्रामा कर तिर्छ, र करका माध्यमबाट राज्यको सेवा गर्छ’ भन्ने तथ्यको उजागर गर्न पनि एनआईसी एशिया सफल भएको छ ।
‘नागरिकलाई सेवा पनि, राज्यलाई कर पनि’ 
एनआईसी एशियाले आफुलाई ‘बैंक पनि साथी पनि’ भन्दै आएको छ । पछि बैंकले पुन: आफ्नो नारामा ‘राम्रो पनि, हाम्रो पनि’ भन्ने नारा थपेको छ । एनआईसी एशियाले तिरेको करको विवरण देखेर अहिले राजश्व क्षेत्रमा काम गर्नेहरुले पनि खुलेरै बैंकको प्रशंसा मात्र गरिरहेका छैनन्, बरु भनिरहेका छन् -‘एनआईसी एशिया बैंक- नागरिकलाई सेवा पनि, राज्यलाई कर पनि।’ स्थापनाका केहि बर्ष उसले गरेको नाफा र अहिले पछिल्लो बर्ष उसले गरेको नाफाको हिस्सामा ठुलो फरक छ । पछिल्लो समय त बैंकले गरेको नाफाबाट प्रति बर्ष नै ठुलो रकम करका रुपमा राज्यको ढुकुटीमा जान्छ । यसले अझ पछिल्लो दशक बैंकले राज्य निर्माणमा गरेको सहयोग, र योगदानको भूमिका निकै ठुलो छ भन्ने प्रष्ट पार्छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नाफाको १ प्रतिशत रकम पनि सामाजिक काममा खर्च गर्नुपर्छ । बैंकले गरेको यस्तो कामको हिस्सा पनि निकै ठुलो छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी