काठमाडौँ । बिस २०५४-५५ मा स्थापना भएको थियो तत्कालीन एनआईसी एशिया बैंक । स्थापनाको पहिलो बर्ष बैंकम कारोबार भएन । बैंकको दोश्रो बर्षबैंकलाई ५० लाख रुपैयाँ घाटा भयो । तर नम्बर १ बैंक बन्ने ‘जुनून’का साथ अगाडी बढेको बैंकले यो साल ४ अर्वभन्दा बढी नाफा गर्यो । ५० लाख घाटादेखि ४ अर्वभन्दा बढी नाफा गरेको बैंकको यात्रामा सबैभन्दा बढी महत्वपूर्ण विषय भनेको ग्राहकको विश्वास थियो । र बैंकलाई गरिएको यो विश्वासले नै अहिले तत्कालीन बैंक अफ एशियासँग मिलेर बनेको एनआईसी एशिया बैंक नेपालको निजी स्तरको नम्बर १ बैंक बन्न सफल भएको छ । २५ वर्षको यात्रामा उत्कृष्ट कर्जा प्रवाह प्रवाह गरेको एनआइसी एशिया बैंकको निक्षेप संकलनमा पनि प्रत्येक वर्ष उत्साहजनक रुपमा वृद्धि भएको छ । शाखा, सेवा र कर्मचारी विस्तारलाई बढाउँदै लगेको बैंकको ‘प्रोफिट’ मा पनि उल्लेख्य रुपमा बढोत्तरी भएको देखिन्छ ।

यस्तो छ २५ बर्षमा बैंकको घाटा-नाफाको हिसाबकिताब !
स्थापनाको पहिलो बर्ष बैंकमा कुनै कारोबार भएन । दोश्रो बर्ष बैंकले ५० लाख अर्थात ५ मिलियन घाटा व्यहोर्नुपर्यो ।तर त्यसको दोश्रो बर्ष नै वर्ष बैंकले २४ मिलियन अर्थात २ करोड ४० लाख रुपैयाँ नाफा कमायो। कर्पोरेट क्षेत्रमा आफुलाई स्थापित गरिसकेको एनआइसी एशिया बैंकले स्थापनाको चौथो वर्ष ३४४ मिलियन नाफा कमाउन सफल भयो । रातदिन मेहेनत गरेका बैंकका कर्मचारीले यो बैंकलाई स्थापनाको पाचौँ वर्ष अर्थात आर्थिक वर्ष २०५८–५९ मा ३३७ मिलियन नाफा गराउन सफल भए । बैंकले छैठौँ वर्षमा ३२८, सातौँ वर्षमा ६८ मिलियन र आठौँ वर्षमा ११४ मिलियन नाफा कमायो । नवौँ वर्षमा ९७ मिलियन नाफा कमाएको एनआइसी एशिया बैंकले १० वर्षमा १५८ मिलियन नाफा कमाएको थियो । त्यस्तै आर्थिक वर्ष २०६४–६५ मा बैंकको नाफा २४३ मिलियन रहँदा आर्थिक वर्ष २०६५–६६ मा बैंकले ३१७ मिलियन कमाएका थियो । सोही अनुसार बैंकले आर्थिक वर्ष २०६६–६७ अर्थात स्थापनाको १३औँ वर्षमा कुल ४५३ मिलियन नाफा आर्जन गरेको थियो भने आर्थिक वर्ष २०६७–६८ मा कुल ३९२ नाफा कमाएको थियो ।
बैंकको बढ्दो लोकप्रियता र बैंकले प्रवाह गरेको ग्राहकमुखी ‘प्रोडक्ट’ले बैंकको नाफामा थप प्रगति हुँदै गयो । बैंकले आफ्नो स्थापनको १५औँ वर्षमा ६४२ मिलियन नाफा कमाउन सफल भयो । त्यसको अर्को वर्ष बैंकको नाफामा उल्लेख्य वृद्धि हुँदै कुल नाफा ८३२ मिलियन पुग्दा बैंकले १७ औँ वर्षमा ६८०, १८औँ वर्षमा १०६७ मिलियन नाफा कमाउन सफल भयो । सबैको मेहेनतले बैंक कहिल्यै पछि पर्नुपरेन । र त १९औँ वर्षमा १,४७६ मिलियन नाफा कमाएको बैंकले स्थापनाको २० औँ वर्षमा पुग्दा बैंकको नाफा १,३३५ मिलियन पुग्यो । बैंकको २१औँ वर्ष अर्थात आर्थिक वर्ष २०७५–७६ मा सो नाफामा दोब्बरले बढोत्तरी हुँदै कुल नाफा ३,०२३ मिलियन पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०७६–७७ मा बैंकको नाफा ३,०९९ मिलियन पुग्यो । एनआइसी एशिया बैंक २५ वर्षमा प्रवेश गर्दैगर्दा बैंकका देशभरीका विभिन्न शाखाबाट बैंकले आर्थिक वर्ष २०७७–७८ मा आफ्नो कुल नाफा ३,२५९ पुर्याउन सफल भयो । आर्थिक बर्ष २०७८-७९ मा बैंकले ४ अर्व भन्दा बढी नाफा कमाउन सफल भयो ।

‘ग्राहकको विश्वासभन्दा ठुलो कुरा केहि रहेनछ’
निरन्तर नाफा बढाउनु त्यो पनि ठुलो अन्तरमा बढाउनु चानचुने कुरा होइन । घाटा भएको अर्को बर्षनै ठुलो अन्तरले नाफा बढाउनु कम्ती चुनौतीपूर्ण कुरा होइन । तर बैंक निरन्तर नाफामा गईरह्यो । यसको कारण मात्र दुई थिए- एक बैंकको टिमले गरेको मेहेनत, दोश्रो ग्राहकको विश्वास । ‘बैंकले स्थापनाको पहिलो बर्षदेखि नै सार्है बढी मेहेनत गरेको थियो । यो मेहेनत आज पनि उस्तै छ । अहिले पनि सबैभन्दा बढी स्मार्ट काम गर्ने बैंकर नै एनआईसी एशियामा छन् भन्ने तथ्य पूरै बैंकिङ बुझेको छ । कर्मचारीमात्र होइन, यो बैंकमा सीइओले पनि अरु बैंकका सीइओभन्दा बढी मेहेनत गरेको तथ्य घामजस्तै छर्लंग छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘ग्राहकको मेहेनतका कारण हामीले एक बर्षमा ४ अर्वभन्दा बढी नाफा कमाउन सफल भएका छौँ । र अर्को बर्ष योभन्दा बढी नाफा कमाउनुपर्छ भनेर पनि हामी लागिपरेका छौँ । र यसको श्रेय ग्राहकलाई नै जान्छ । आखिर ग्राहकको विश्वासभन्दा ठुलो कुरा केहि रहेनछ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्