काठमाडौँ । तपाईंले कलाकार नारायण त्रिपाठीद्वारा अभिनित दशैं टेलिफिल्म पक्कै हेर्नुभएको छ होला । सो टेलिफिल्ममा बखते नाम गरेका पात्रले गोरुलाई सेतो कमेरो दलेर किशान परिवारलाई गोरु बेचेको भनेर ठग्छन्, लुगा धोईरहेका चेलीबेटीलाई चौतारामा घ्यु चिनी चिउरा बाँडिरहेको छ भनेर लुगा चोरेर ठग्छन्, रुखमा लुगा फल्यो भनेर बटुवालाई ठग्छन्, आफुसँग भएको खसीले जाडो खान्छ भनेर ठग्छन्, हुँदाहुँदा आफ्नो नाम नै ज्वाई भन्दै कसैको छोरी नै भगाईदिन्छन् । उ बेला दशैंका बेला कसरीसम्म ठगी हुन्छ भन्ने रमाइलो चित्रण थियो टेलिफिल्म दशैं । अहिले बस् तरिका फेरिएका छन्, तर ठगी रोकिएको छैन । उबेला बखतेले गाउँलेलाई ठग्यो, अहिले शहर बजारमा पनि टाइ लगाएका, मुन्द्रा झुन्ड्याएका अनेकधारी बखतेहरु छन् । दशैंको मुखमा नक्कली नोट भिडाएर, सामान चोरेर, ठगेर अनेक बखतेहरुले जनता ठगीरहेका छन् ।
दशैंको मुखमा सबैभन्दा बढी सचेत हुनुपर्ने भनेको कुकर बनाउने, सुटको कपडा बेच्ने भन्दै घरघर आउनेहरुसँग हो । यसरी घरघर आउने र तपाईंको घरको चियोचर्चो गरेर अर्को दिन चोरी गर्ने ग्याङ्ग काठमाडौँ लगायतका शहरमा बिगतदेखि नै सक्रिय छ । अझ अपरिचित मान्छेले कोठा छ भन्दै तपाईंको घरभित्रै पस्यो भने त झन् ख्याल गर्नुहोला, यसरी पनि घरको चियो चर्चो गरेर चोरी गर्नेहरु शहरहरुमा सक्रिय छन् । अझ अरु त अरु नोट नै नक्कली भिडाएर मान्छे ठग्नेहरुको ठुलो गिरोह शहरहरुमा छ्यापछ्याप्ती छ ।
नक्कली नोटको कारोबार गर्ने गिरोहले काठमाडौँ लगायतका शहरहरुमा नक्कली नोटको कारखाना नै खोलेका हुन्छन् । उनीहरु लाखौँ रुपैयाँ नक्कली नोट काठमाडौँमा बनाउँछन् र देशका विभिन्न ठाउँमा सप्लाई गर्छन् । १० हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँसम्म नक्कली नोट किन्ने अर्को गिरोह देशका विभिन्न ठाउँमा हुन्छन् । अनि उनीहरुले सक्कली नोटको गड्डीमा केहि नक्कली नोट हाल्छन् र बजार पठाउँछन् । यस्ता नक्कली नोट बजारमा व्यवसायीहरुमाझ रोटेसन भईरहेको हुन्छ । कतिपय नक्कली नोट बैंक पुग्छन् । त्यहि भएर हो, आजकल बैंकमा नक्कली नोट नभेटिएको दिन नै हुँदैन भन्दा पनि फरक पर्दैन । हरेक दिनजस्तो बैंकहरुमा नक्कली नोट भेटिईनै रहेका छन् । अझ नक्कली नोट शंका लागे मात्र जाँच गर्ने हो । कतिपय बैंकका कर्मचारीहरुलाई नै नक्कली नोटको विषयमा जानकारी नहुँदा वा जाँच्ने फुर्सद नहुँदा उनीहरु पनि ग्राहकलाई नक्कली नोट दिईनै रहेका हुन्छन्, ग्राहकबाट लिईनै रहेका हुन्छन् । यसरी काठमाडौँ लगायतका शहरहरुमा नक्कली नोट यतिबेला छ्यापछ्याप्ती छ । अझ गाउँका सोझासाझाको हातमा त यसरी नक्कली नोट कति पुगेका छन् कति ।
नक्कली नोट बनाउनेहरुले सानोतिनो कारोबार गर्दैनन् भन्ने तथ्य प्रहरीले त्यस्ता नक्कली नोटको कारोबारीलाई पक्राउ गरेको पछिल्लो उदाहरणबाट पनि पुष्टी हुन्छ । केहि दिन अघिमात्र प्रहरीले झन्डै १५ लाख रुपैयाँ नक्कली नोटसहित पूर्वबाट एक गिरोहलाई पक्राउ गरेको थियो । अझ त्यसभन्दा अलि अघि साउनतिर भक्तपुरबाट पनि प्रहरीले १५ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो । पूर्वमा नक्कली नोटसहित कारोबारी पक्राउ गर्दा पनि काठमाडौँबाट नक्कली नोट सप्लाई हुने गरेको तथ्य बाहिर आएको थियो । अझ खास कुरा के छ भने जवजव यस्ता ठुला कारोबारीहरु समातिएका छन्, उनीहरुको साथबाट १५ लाख रुपैयाँ बरामद भएको देखिन्छ । यसको अर्थ उनीहरु १५–१५ लाख रुपैयाँको कारोबार गर्ने रहेछन् ।
प्रहरीका अनुसार नक्कली नोट बनाउनेले ठुला मेशिन प्रयोग गर्दैनन् । बस नोट जस्तै देखिने कागज र कलर प्रिन्टर प्रयोग गर्छन् । कम्प्युटरमा नोटको हु बहु डिजाइन बनाउँछन्, कलर प्रिन्ट गर्छन् र बजार पठाउँछन् । यसरी नक्कली नोट बनाएर उनीहरुले काठमाडौँका विभिन्न स्थानमा उनीहरुका सप्लायर्सकहाँ पठाउँछन् । त्यहाँबाट सो नक्कली नोट गाउँगाउँ शहरशहर पुग्छ ।
नक्कली नोट कसरी चिन्ने त ?
१. सक्कली नोटमा लालीगुरांशको वाटरमार्क अर्थात पानीछाप देखिन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट नोटको सो स्थानमा लाइट देखाउँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । नक्कली नोटमा यस्तो हुँदैन । सो लालीगुँरासको वाटरमार्क नोटको कागजमाथिबाट प्रिन्ट हुँदैन । बरु कागज बनाउने क्रममा नै बनाइन्छ । त्यसैले नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग र पछाडीको भागबाट पनि सो पानीछाप प्रष्ट देखिन्छ । नक्कली नोटको हकमा त्यस्तो हुँदैन । यो नक्कली नोट थाहा पाउने पहिलो तरका हो ।
२. नोटमा नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबी लेखिएको हुन्छ । सक्कली नोटमा सो एनआरबी लेखिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा देखिन्छ । नक्कली नोटमा सिधै प्रष्टसँग एनआरबी लेखिएको देखिने हुन्छ। यो नक्कली नोट पत्ता लगाउने अर्को तरिका हो ।
३. सुरक्षण धागोका माध्यमबाट पनि नक्कली नोट थाहा पाउन सकिन्छ । सक्कली नोटमा सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको हुन्छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ भने पछाडीबाट लाइटका माध्यमबाट हेर्ने हो भने नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ । नक्कली नोटको हकमा त्यस्तो हुँदैन । यसरी पनि नोट सक्कली हो कि नक्कली हो भन्ने थाहा पाउन सकिन्छ ।
४. सक्कली नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’ भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । नोटका सो भागहरुलाई हातले छाम्दा केहि माथि उठेको अनुभव हुन्छ । नक्कली नोटमा सो भागहरु माथि उठेका हुँदैनन् । यसरी पनि नक्कली नोट पत्ता लगाउन सकिन्छ ।
तपाईंलाई नोटमाथि शंका लागेको खण्डमा माथि उल्लेखित ४ विधि अपनाउनुभयो भने नक्कली नोट पत्ता लागिहाल्छ । धेरैलाई थाहा नहुन सक्छ, तपाईंलाई बैंकले नै गड्डीमा राखेर नक्कली नोट दियो भने पनि बैंकले सक्कली नोट हत्तपत्त दिंदैन। र तपाईं ठगिन सक्नुहुन्छ । त्यसैले तपाईं हामी नक्कली नोटबाट सजग हुनुपर्छ ।
सकेसम्म नोटको कारोबार नगरेकै राम्रो । यसले नक्कली नोटबाट हुन सक्ने हानीबाट तपाईं हामीलाई जोगाउँछ । गर्नै परे नोटमाथि शंका लागे तपाईंले हामीले उल्लेख गरेका विधि प्रयोग गरेर नक्कली नोट पत्ता लगाउन सक्नुहुनेछ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्