×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान

Artha Sarokar

२६ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन् ।

रिडीका ७८ वर्षीय रामचन्द्र भट्टराईले गत वर्ष रुरु कृषि परियोजनामार्फत १०० मेवाका बिरुवा निःशुल्क पाए । परियोजनाका प्राविधिकले मेवा लगाउने तरिका सिकाए । मकैखेती हुने बारीमा मेवाका बिरुवा लगाएका उनले यही असारको पहिलो हप्ता ६० हजारका मेवा बिक्री गरे ।

‘मकै लगाउँदा बाँदरले हैरान पाथ्र्यो, परीक्षणका रुपमा मेवा लगाएँ’, उनले भने ‘सय वटा बिरुवा लगाउँदा ३५ वटा मात्र बाँचेका थिए ।’ मेवा बिक्री गर्नुका साथै साथीभाइ, आफन्त तथा इष्टमित्रलाई समेत उनले पठाएका छन् । उनले एक रोपनी क्षेत्रफलमा मेवा लगाएका थिए । मेवा औसतमा प्रतिकेजी रु ४५ मा स्थानीय बजारमा बिक्री भएको थियो । उनले यही असारमा थप २०० बिरुवा लगाएका छन् । ‘मकै लगाएको भए दुई मुरीबाट जम्मा आठ हजार मात्रै हुन्थ्यो, मेवा लगाएपछि आम्दानी धेरै नै वृद्धि भयो’, उनले भने, ‘बजारको पनि कुनै समस्या छैन ।’ उनले यसै वर्ष ५० वटा आँपका बिरुवा पनि लगाएका छन् ।

अर्का किसान ३४ वर्षीय पुष्प भट्टराईले पनि खुर्सानी बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परियोजनाले गत वर्ष एनएस १७०० जातको खुर्सानीको बीउ दिएको थियो । सोही बीउबाट बिरुवा उत्पादन गरी अहिले उक्त बिरुवाबाट उनले आम्दानी लिइरहेका छन् । एक रोपनीमा १४ सय बिरुवा लगाएका उनले अहिले खुर्सानी पैँचो पसल र स्थानीय बजारमा बिक्री गर्छन् । स्थानीय बजारमा प्रतिकेजी रु १०० र पैँचोमा प्रतिकेजी रु ६७ मा उनले खुर्सानी बिक्री गर्दै आएका छन् । ‘लगाएको दुई महिनामा उत्पादन दिने रहेछ’, उनले भने, ‘अहिले घरमै बसेर मनग्य आम्दानी गरिरहेको छु ।’ उहाँले एक हप्ताको अन्तरालमा तीन क्विन्टलसम्म खुर्सानी बिक्री गर्छन् । खुर्सानीका साथसाथै उनले भिण्डी, बोडीलगायतका सागसब्जीखेती एवं बाख्रापालन समेत गरेका छन् ।

रामचन्द्र र पुष्प व्यावसायिक खेतीमा आकर्षित भएका प्रतिनिधिमूलक पात्र मात्रै हुन् । उनीहरुजस्तै रुरुका थुप्रै किसान पछिल्लो समय व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । रुरुक्षेत्र गाउँपालिकाले गत वर्षबाट रुरु कृषि परियोजना लागु गरेको थियो । परियोजनाले बाख्रा, दूध, मासु, सागसब्जी, उखु, कुखुरा, गाईपालन, घाँसलगायतका क्षेत्रमा काम गर्दै आएको छ । यसले समग्र पालिकाको उत्पादन र किसानको आम्दानीमा वृद्धि भएको छ । ‘परियोजना लागू भएपछि घाँसको बिरुवा मिल्यो, जसले दूध उत्पादनमा टेवा पुगेको छ ।’

रुरुक्षेत्र-५ टाहाटिमका गाईपालक किसान मेघराज गिरीले भने, ‘दूध बेचेर प्रशस्त आम्दानी भइरहेको छ ।’ उनले चारवटा लैना गाई पालेका छन् । उनी दैनिक ४५ लिटर दूध बिक्री गर्छन् । दूधको मूल्य प्रतिलिटर रु ७० सम्म पर्छ । उनले बम्घाकै बम्घा बहुउद्देश्यीय सहकारी संस्थामार्फत दूध बिक्री गर्छन् । सोही सहकारीमा अहिले १७९ जना सेयर सदस्य छन् । सबै सेयर सदस्यहरूले सहकारीमार्फत दूध एवं तरकारीको बजारीकरण गर्दै आएका छन् ।

सहकारीमा दूध बेचेरस्थानीय बाबुराम श्रेष्ठले मासिक रु एक लाख ८२ हजारभन्दा बढी आम्दानी गर्ने सहकारीका अध्यक्ष कुलचन्द्र पुरीले बताए । ‘परियोजनाले भकारो सुधार, घाँसको बीउलगायतका विभिन्न प्राविधिक विषयमा सहयोग गर्यो’, श्रेष्ठले भने, ‘अहिले हामी व्यावसायिक रुपमा दूध र सागसब्जीको उत्पादनमा लागेका छौँ ।’

रु ३५ लाखको सागसब्जी बिक्री

पालिकाद्वारा सञ्चालित परियोजनाले उत्पादनका साथै बजारीकरणमा पनि काम गरिरहेको छ । गत वर्ष मात्रै उत्पादन भएका टमाटर, सिमी, काँक्रो, लौका, खुर्सानीलगायत सागसब्जी पाल्पा र पैँचो पसलमा फरक–फरक मूल्यमा बिक्री भए । पचहत्तर टनभन्दा बढी सागसब्जी चालिसेले जानकारी दिए । हाल पालिकाभर १० हजार माउबाख्रा रहेको, एकता महिला उद्यमी बहुउद्देश्यीय सहकारीमार्फत बजारीकरण भइरहेको, उखुको प्रवद्र्धनको लागि बीउ वितरण र गुड, खुदो बनाउने उद्योग स्थापना गरेर किसानको आयआर्जन बढाइएको उनले बताए ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कृषि र पशुपालनलाई राजगारी माध्यम बनाउने पालिकाको लक्ष्यअनुसार काम भइरहेको बताए । किसानलाई मल, बीउ, प्राविधिक परामर्शलगायत पक्षमा पालिकाले सहयोग गरिरहेको बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी