Skip to content
LAXMI SUNRISE BANK

यीनै हुन् नेपाल एसबिआई बैंक लुट्ने लुटेराहरु, चाउचाउ र रेडबुलको झोलासहित समातिए, ‘छैन बैंक लुटेको पछुतो !’

अर्थ सरोकार

काठमाडौँ । सिन्धुलीमा रहेको नेपाल एसबिआई बैंक लुट्ने ४ जना पक्राउ परेका छन् । उनीहरुलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

उनीहरु साथबाट केहि रकम, चाउचाउ र एक झोला रेडबुलसहित पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुलाई स्थानीयले किन यस्तो गलत काम गरेको भनेर सोधेका थिए । जवाफमा उनीहरुले ‘बाध्यता हो’ भन्ने छोटो जवाफ दिएको स्थानीयको भनाई छ । यद्यपी, उनीहरुको अनुहारमा बैंक लुटेको कुनै पछुतो नदेखिएको स्थानीयले जनाएका छन् ।

उनीहरुले बैंक लुट्ने प्लान केहि समय अघि नै बनाएको पनि स्थानीयसँगको सम्बादका क्रममा भनेका छन् ।

उनीहरुले मंगलबार बेलुकी ६ः३० बजे सिन्धुलीको घ्याङलेख गाउँपालिकाको भवनमा रहेको नेपाल एसबिआई बैंकमा लुटपाट गरेका थिए ।

बैंक रहेको भवनको पछाडीको ढोकामा छिरेका लुटेराहरुले सुरुमा बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरेका थिए । सुरक्षा गार्डले रोक्न खोज्न उनीमाथी खुकुरी प्रहार भएको सुरक्षा गार्ड रुद्र कार्कीले बताएका छन् ।

हतियारसहित बैंकभित्र प्रवेश गरेका लुटेराले सुरुमा आफूलाई आक्रमण गरेर बन्धक बनाएको कार्कीले बताए । त्यसपछि बैंकको माथिल्लो तलामा बस्ने कर्मचारीलाई समेत बन्धक बनाएर बैंक लुटेको सुरक्षा गार्ड कार्कीको भनाई छ ।

उनीहरुले बैंकमा भएका पैसा बोरामा पोको पारेर लुटेर लगेका थिए । लुटेरा भागेपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

बैंक लुटिएको खबर पाएलगत्तै बैंकको शाखामा पुगेको प्रहरीले कर्मचारी र सुरक्षा गार्डको उद्दार गरेर तत्काल ‘सर्च अपरेशन’ चलाएको थियो । सोही क्रममा प्रहरीले लुटपाटमा प्रयोग गरिएको गाडीका ड्राइभरलाई पक्राउ गरेको थियो भने सोही गाडीमा एक बोरा पैसा समेत फेला पारेको थियो । खोज्दै जाँदा प्रहरीले नजिकैको जंगलमा थप दुई बोरा पैसा फेला पारेको थियो ।

हाल प्रहरीले उक्त लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ । अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK