कपिलवस्तु । के तपाईंले आफुले दु:ख गरेर कमाएको पैसा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा राख्नुभएको छ ? छ भने तपाईंलाई हदैसम्म दु:खको खबर छ । बैंकको आन्तरिक सिष्टम यतिसम्म कमजोर भएको पत्ता लागेको छ कि, बैंकको कोर सिष्टममा बैंकमा काम गर्ने पियनकोसमेत पहुँच हुने गरेको खुलासा भएको छ । पहुँच पाएपछि बैंकमा पियनका रुपमा कार्यरत कर्मचारीले ग्राहकको खातामा रहेको फोन नम्बर परिवर्तन गर्ने, त्यसो गरेपछि ग्राहकलाई रकम निकालिएको थाहा नहुने भएपछि ग्राहकको रकम आफ्नो खातामा सार्ने गरेको पाइएको छ ।
घटना कपिलवस्तुको हो । बिगत ८ बर्षदेखि बैंकको तौलिहवा शाखामा कार्यरत २८ बर्षीय रिसभ कार्की बैंकको सिष्टम चलाउँथे । उनलाई बैंकका अन्य कर्मचारीले सिष्टमको पासवर्ड दिएका थिए । त्यसपछि उनी ग्राहकको खातामा रहेको ग्राहकको फोन नम्बर परिवर्तन गरेर आफ्नो फोन नम्बर राखिदिन्थे । त्यसपछि भकाभक ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गर्थे । एक दुई पटक यस्तो गर्दा पनि कसैले थाहा नपाएपछि उनले ग्राहकको रकम चोरेको चोर्यै गरे । ग्राहकको रकम चोर्दा चोर्दै उनले विभिन्न खातावालाको १ करोड ६५ लाख रुपैयाँ चोरेर करोडपति भए । तर ग्राहकले आफ्नो खाताबाट पैसा हराएको थाहा पाएपछि खोजिनिधि गर्दै जाँदा रकम बैंकका पियनले चोरेको पत्ता लाग्यो ।
कार्कीले एक दर्जन भन्दा बढी खातावालको खातामा आफ्नो मोबाइल नम्बर राख्ने,मोबाइल बैंकिङ्ग तथा कनेक्ट आईपिएस प्रयोग गरी पैसा चोरेको पाइएको प्रहरी नायव उपरिक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । अर्थ सरोकारसँग कुराकानी गर्दै सिंहले बैंकमा पियन रहेका कार्कीले बैंकमा रहेका निस्कृय खाताहरुमा रहेको रकम खाता सक्रिय बनाएर चोर्ने गरेका थिए ।
यो घटनामा बैंकका अन्य कर्मचारीको समेत मिलेमतो भएको आशंकाको कोणबाट पनि अनुसन्धान सुरु भएको छ । बैंकले ती कर्मचारीलाई निलम्बन गरिसकेको छ ।
पछिल्लो समय, सिटिजन्स बैंकपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा असुरक्षित बैंकको रुपमा प्रस्तुत हुँदै आएको छ । उदयपुरमा पनि केहि दिन अघि बैंकका कर्मचारीले पैसा चोरेको अभियोगमा कर्मचारी प्रहरी हिरासतमा छन् । केहि समय अगाडी सिटिजन्स बैंकमा समेत यस्तै घोटालाको तथ्य बाहिर आएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डिसिईओले महिलामाथि अभद्र व्यवहार गरेको आरोप, महिला सेलमा उजुरी !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper














प्रतिक्रिया दिनुहोस्