काठमाडौँ । बैंकिङ घोटालामा सिटिजन्स बैंकलाईसमेत उछिनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी गाईघाट शाखाकी कर्मचारीले समेत ग्राहकको खातामा रहेको पैसा चोरेर अनलाइन जुवामा सक्काएको खुलासा भएको छ । बैंककि कर्मचारी सुनिता बानियाँले ग्राहकको रकम चोरेको र सो रकम अनलाइन जुवामा प्रयोग गरेको खुलासा भएको हो । अहिले बानियाँलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बानियाँले ग्राहकको खाताको रकम चोर्ने गरेको र सो रकम आफुखुसी प्रयोग गर्ने गरेको पाइएपछि उनी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि लगत्तै प्रहरीले बानियाँलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफुले बैंकको रकम दुरुपयोग गरेको स्वीकार गरिसकेकी छिन् ।
बैंकले समेत बानियाँको बदमासीको खबर पुष्टी गरेको छ । बैंकका गाईघाट शाखाका कर्मचारीले सुनिता बानियाँले बैंकको रकम दुरुपयोग गरेकाले प्रहरीले पक्राउ गरेको बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि बानियाँलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको पुष्टी गरेको छ ।
सोमबारमात्रै सोहि बैंकका तौलिहवाका कर्मचारीले खातावालको रकम दुरुपयोग गरेको पुष्टी भएपछि सो शाखामा कार्यरत रिशव कार्की पक्राउ परेका थिए । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा एक पछि अर्को रकम घोटालाको केस बाहिरिएसँगै सो बैंकमा पैसा राख्नै जोखिम देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper















प्रतिक्रिया दिनुहोस्