×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै सीइओसँग किन रुष्ट छन् बिओकेका कर्मचारी ? भन्छन्, ‘… यस्तो तथ्यबारे कसले बोल्ने ?

PRIME CA

आफ्नै सीइओसँग किन रुष्ट छन् बिओकेका कर्मचारी ? भन्छन्, ‘… यस्तो तथ्यबारे कसले बोल्ने ?

अर्थ सरोकार

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौँ । बैंक अफ काठमाण्डूका पूर्व सीइओ अजय श्रेष्ठ पक्राउ प्रकरणपछि पेचिलो ढंगले छिडीएको बहसलाई केहि व्यक्तिहरुलाई हातमा लिएर बैंकले सेलाउन खोजेको भन्दै कर्मचारीहरु रुष्ट भएका छन् । आफुहरुले उठाएको विषयमा खण्डन छापेको शैलीमा विभिन्न संचारमाध्यममा सामाग्रीहरु प्रकाशित भएको भन्दै कर्मचारीहरु रुष्ट भएका छन् । ‘हाम्रो कुरा कसले बोलिदिने ? सत्य कुरा कसले लेखिदिने ? ठुला मिडियाले सीइओ सापका स्पष्टीकरण मात्र छाप्ने ? अनि हामीचाहीं अजय श्रेष्ठकै हाल भोग्न तयार भएर बस्नुपर्ने ?’ भन्दै अर्थ सरोकारको सम्पर्कमा आएका कर्मचारीहरुले यस्तो नमिठो गुनासो पोखेका हुन् ।
‘सत्य कसले केलाउँछ ? कसले सत्य केलाएर लेख्ने हिम्मत गर्छ ?’ अर्थ सरोकारका सम्पादकसँग कुरा गर्दै ती कर्मचारीले भने, ‘कसले कोट्याएको छ इतिहास ? नेपाल राष्ट्र बैंकबाट बैंकको चुक्तापूँजी २ वर्ष भित्रमा ८ अर्व बनाउन निर्देशन जारी गरेपछि चुक्तापूजी ८ अरव पु¥याउन बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर गर्ने २०७२ सालपौषमा सैद्धान्तिक सहमति भए पछि २०७३ सालको आषाढ ३१ गतेदेखि एकिकृत कारोवार भएको बैंकमा दुई बैंक मर्जर भई बन्ने नयाँ बैंकका प्रमुख कार्याकारी अधिकृत हुन लालसा राखेका सोभनदेव पन्तले अजय श्रेष्ठलाई पन्छाउन सम्भब नदेखेपछि मर्जर प्रकृयाको अन्तिम चरणमा प्रकृया टुङ्गोमा नलाग्दै हटाथ राजिनामा दिएर बैंकबाट बाहिरिएका थिए भन्ने तथ्य किन लेखिंदैन ? । बैंक मर्जर भई एकिकृत कारोवार गर्ने तथा नयाँ बैंकको उदघाटन राष्ट्र बैंकको गर्भनरबाट गर्ने कार्यक्रम रहेकोमा उक्त कार्यक्रम मातत्कालिन लुम्बिनी बैंकका अध्यक्ष प्रकाश श्रेष्ठलाई मञ्चमा आसन ग्रहण गराउन छुट भएको कुराबाट प्रकाश श्रेष्ठ अजय श्रेष्ठसँग रुष्ट बनेको तथ्य किन छोपिन्छ ? बैंकको मर्जरबाट पद गुमाउन पुगेका सोभनदेव पन्त अर्को कुनै बैंकमा कार्यकारी प्रमुखको रुपमा जान चाहन्थे भने प्रकाश श्रेष्ठ बैंकको संचालक समितिमा फर्कन दाउमा थिए र सोभन देवले अन्य कतैबाट अफर नपाएपछि सोभनदेव पनि सकेदेखि प्रकाश श्रेष्ठ गुटमार्फत बैंक अफ काठमाण्डूको कार्यकारी प्रमुखमा फर्कने दाउमा थिए भन्ने तथ्य लुकाएर लुक्ने तथ्य हो र ?’ आक्रामक शैलीमा ती कर्मचारीले भने ।
हामीले थप जानकारी के छ भनेर सोधेपछि उनले इतिहास कोट्याए । ‘२०७३ सालको चैत्र महिनामा मर्जर पछि बनेको नयाँ बैंकको प्रथम साधारण सभामाभएको संचालकको निर्वाचनमा प्रकाश श्रेष्ठ सस्थापकका तर्फबाट संचालक निर्वाचित भएपछि बैंकको अध्यक्ष हुन सफल भए । प्रकाशश्रेष्ठ बैंकको अध्यक्ष बनेपछि सोभनदेव पन्तले प्रकाशश्रेष्ठसँग मिलेर अजय श्रेष्ठलाई निजको पदावधि बाँकी हुदै बैंक छोड्न बाध्य बनाए । अजय श्रेष्ठले बैंक छोडेर गए पछि बैंकको नयाँ प्रमुख कार्यकारी नियुक्तीको विषय पेचिलो बन्यो । प्रकाशश्रेष्ठ समूहतथा साविकको लुम्बिनी बैंकका गुटका संचालकहरुलाई सोभनदेवले प्रभावमा लिएर आफ्नो नाम अगाडि बढाउन लगाए । सोभनदेवलाई प्रमुख कार्यकारी बनाउने कुरामा संजय शाह सहमत नभएपछि सोभनदेव पन्तले संचालक समितिमा रहेको राधेश पन्त गुट र प्रकाश श्रेष्ठ गुटलाई मिलाउन सफल भए । तीदुई गुट मिलेपछि सोभनदेव प्रमुखकार्यकारी अधिृकत नियुक्त हुन सफल भए । सोभन देवलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णयमा तत्कालिन संचालक सञ्जय शाह, हेमराज सुवेदी र सौरभ के. सी. ले सर्वसम्मती बाट प्रमुख कार्यकारी अधिकृतको नियुक्ती गर्नुपर्ने भनी नोट अफ डिसेन्ट लेखेर विरोध जनाएका थिए ।’ ती कर्मचारीले पूराना कुरा खोतल्दै भने ।  
‘सोभनदेवलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णयमा तीन जना संचालकले असहमति जनाएको हुँदा निजको नियुक्तीमा असहमति जनाउने तीनै जना संचालकलाई तह लगाउनका लागि सोभनदेव पन्तले प्रारम्भदेखि नै चाल चल्न थालेको थिए । संचालक समितिको निर्वाचन पछि आएको नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले संचालकको सख्या बढीमा ७जनाहुनु पर्ने र संचालक हुनका लागि ऐनले तोकेको योग्यता हुनुपर्ने भनी गरेको व्यवस्थालाई आधार बनाई ऐन आउनु पूर्व संचालक नियुक्त भएका सौरभ के. सी. लाई संचालक पदबाट राजिनामा दिन बाध्य बनाएर बदलालिन सफल भए ।’ आफ्नै सीइओसँग रुष्ट देखिएका ती कर्मचारी अगाडी भन्दै गए । ‘निजलाई संचालकबाट हटाएपछि निजको नियुक्त असहमति जनाउने संचालकमध्येका संजय शाहलाई सस्थापक संचालकको सख्या ४ बाट घटाएर तिन बनाउन पर्छ भनी २०७४ को आषाढमा संचालकको लागि निर्वाचन गर्ने भनी संचालक समितिबाट निर्णय गराएपछि सोभनदेव पन्त र प्रकाश श्रेष्ठले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाईसमेत प्रभावमा लिई बैंक अफ काठमाण्डूमा झण्डै १५ प्रतिशत संस्थापक शेयर रहेको कर्मचारी संचयकोषको भोट प्रकाश श्रेष्ठ तथा राधेश पन्तलाई समेत बाडेर हाल्न लगाई सोभनदेव पन्तलाई प्रमुख कार्यकारी नियुक्त गर्न असहमति जनाउने संजय शाहलाई हराई किनारा लगाउन सफल भए ।’ उनले थप रहस्य खोलेजसरी सिलासिलेदार तरिकाले बैंकका कुरा गर्दै गए । 
‘सोभनदेवलाई कार्यकारी प्रमुख नियुक्त गर्दा असहमि तजनाउने संचालक हेमराज सुवेदी मात्र बाँकी थिए । हेमराज सुवेदीलाई पनि किनारा लगाउन सोभनदेव शुरुदेखि नै दत्तचित्तका साथ लागेका थिए । नेपाल राष्ट्र बैंकले २०७५ सालमा गरेको स्थलगत निरीक्षणको क्रममा ‘ग्रिनलाईन इन्टरनेशनल प्रा. लि’को कर्जा फाइलमा उक्त कम्पनीमा हेमराज सुवेदी पनि शेयरधनी रहेको देखिएका भनी उक्त कर्जा असुलीमा नहुनुमा कतै तिनको प्रभाव त रहेको छैन भन्ने टिप्पणी गरेको कुरा सोभनदेव र प्रकाशश्रेष्ठले अनौपचारिक रुपमा जानकारी पाए पछि सोभनदेव पन्तले आफु अधिनस्थ कर्मचारीहरुलाई छानविन गर्न लगाएको नाटक गराई हेमराज सुवेदी बैंकको संचालकहुनु पूर्व ऋणी कम्पनीको शेयर धनी रहेको कुराको लगत पाएपछि सोही कुरालाई आधार बनाई हेमराज सुवेदी बैंकको संचालकको रुपमाकार्यगर्दा स्वार्थ बाझिने भनी जवरजस्ती सोभनदेव पन्त र प्रकाश श्रेष्ठ मिलेर हेमराज सुवेदीलाई पहिला कम्पनीको सम्बन्धमा राष्ट्र बैंकले गरेको टिप्पणीमा प्रतिक्रिया पठाउने बैठकमा उपस्थित हुनबाट बन्चित गरेको र पछिबाट राष्ट्र बैंकबाट सो सम्बन्धमा निर्णय नभए सम्म संचालक समितिको बैठकमा भागलिन रोक लगाउने गरी संचालक समितिबाट निर्णय गराई हेमराज सुवेदीलाई गैरकानूनी ढंगबाट निलम्बन गरेको छन् ।’ उनको दाबी थियो । कानुनका कुरा कोट्याउँदै उनले भने, ‘ ‘बैंकको संचालकलाई निलम्बनमा राख्ने अधिकार संचालक समितिर्लाइ कुनै ऐन तथा कानून एवं कम्पनीको नियमावलीले पनि दिएको छैन । तर पनि सर्वसाधारण शेयरधनीबाट निर्वाचित एक जना संचालकलाई २०७५ साल माघ महिना देखि नै निलम्बन गरेसरह बैंकको संचालक समितिको बैठकमा भाग लिनबाट बञ्चित गरेको छन् भने अर्को तर्फ निज हेमराज सुेवेदी बैंकको संचालकभनी बैंकको बर्षिक प्रतिवेदनमा प्रकाश नगर्ने काम भने निरन्तर गरिरहेका छन् । सो सम्बन्धमा नियामक निकायलाई जानकारी हुँदा पनि हालसम्म त्यसमा आँखा चिम्लिरहेको देखिन्छ । तर कसले बोल्ने यस विषयमा ?’ 
बैंकका पूर्व कार्यकारी प्रमुख अजय श्रेष्ठ फस्छन भन्ने जानीजानी बैंकिङ्ग कसुरमा कार्वाही गर्न जाहेरी दिई अजय श्रेष्ठलाई मुद्दामा फसाइएको उनको दाबी थियो । ‘अजय श्रेष्ठ निर्देष रहेको सार्वजनिकअभिव्यक्ति दिएपनि अजयश्रेष्ठलाई पक्राउ परेपछि नेपाल बैंकर्स सँघका पदाधिकारीले सरोकारवाला निकाय एवम् पदाधिकारीलाई भेट्ने र अजय श्रेष्ठलाईसमेत भेट्न खोज्दात्यसो गरेमा कुरा बिग्रन्छ भनी गुमराहमा राखेको र सार्वजनिक रुपमा अविव्यक्ति पनि नदिन भनेर अजयश्रेष्ठप्रति एक्यबद्धता जनाउन समेत रोकेका पन्तले अजयश्रेष्ठलाई सहयोग गरेको भन्ने देखाउन नाटक गरी त्यसको जस समेत लिन प्रयास गरेका थिए । जव अजय श्रेष्ठलाई अदालतले पुर्पक्षमा थुनामा राख्ने आदेश दियो, तब प्रहरी तथा नियमक निकायले समेत बैंकिङ्ग कसुर मुद्दाको जाहेरी नदिन आग्रह गर्दा गर्दै पनि सोभन देवले ती सवै कुरालाई बेवास्ता गरेर अजयश्रेष्ठको बैंक अफ काठमाण्डूको प्रमुखकार्यकारी अधिकृत हुने सम्पूर्ण सम्भावनालाई समाप्तगर्नका लागि नै त्यो उजुरी गरेको खुलेको थियो ।’ उनले दाबी गरे ।  अजय श्रेष्ठलाई अदालतले थुनामा राखेपछि बैंकर्स एशोसिएसन तथा बैंकका संचालकहरुले समेत सोभनदेव पन्तको दुरासय तथा अभिप्राय बुझेको र निजको बास्तविकता पदाक्षेप भएपछि बैंकका संचालक समितिका सदस्यहरुले समेत उक्त कुरामा चासो देखाई प्रश्न गर्न थालेपछि निजले आफ्नो अवस्था कमजोर देखेपछि हालसालै बैंकमा रिक्त रहेको स्वतन्त्र संचालकको पदमा निजको बुहारी नाता पर्नेलाई स्वतन्त्र संचालक नियुक्त गराउन सफल भएको ती कर्मचारीको दाबी छ । 
शोभनदेव पन्त भन्छन्, ‘अजय श्रेष्ठको विषयमा हामीले हाम्रो कर्तब्यमात्र पूरा गरेका हौँ । हामी कसैप्रति पनि पूर्वाग्रह छैनौँ’ 
यता शोभनदेव पन्त भने अजय श्रेष्ठ प्रकरणमा आफ्नो कुनै पनि दुरासय नभएको दावी गर्छन् । ‘हामीले हाम्रो कर्तब्यमात्र पूरा गरेका हौँ । हाम्रा राम्रा कर्मचारीप्रति हाम्रो सदैब सम्मान छ । बाँकी कुरा कानुनले नै देखाउला ।’ अर्थ सरोकार डटकमलाई प्रतिक्रिया दिँदै उनले भने । यद्यपी उनले यी र अन्य विषयमा अर्थ सरोकारले कुराकानी गर्न गरेको प्रस्ताव भने स्वीकारेका छैनन् । हामीले पटक पटक जनतालाई बैंकबारे उठेका कुराबारे बताइदिनु पर्यो भन्दा उनले एसएमएस गरेर आफ्नो धारणा राखेर पन्छने गरेका छन् । समय मिलाएर भेटौं भन्दै उनले एकोहोरो स्पष्टीकरणको शैलीमा केहि मिडियामार्फत आफ्नो धारणा भने राखेका छन् । जसमा उनले अजय श्रेष्ठलाई नफसाइएको बरु कानुनअनुसार अगाडी बढेको दाबी गर्ने गरेका छन् ।         
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: