×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीदेखि कृष्णबहादुर महरासहितका यी नेताहरूले मतदान गर्न पाउने छैनन्

LAXMI SUNRISE BANK

केपी ओलीदेखि कृष्णबहादुर महरासहितका यी नेताहरूले मतदान गर्न पाउने छैनन्

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् ।
कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न पाउने छैनन ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गएको स्थानीय निर्वाचनअघि सधैँ झापामा मतदाता थिए । स्थानीय निर्वाचनअघि उनले मतदाता नामावली भक्तपुरमा सारे । ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सारेका छन् । तर, ओली झापा ५ बाट चुनावी मैदानमा छन् । अब उनले यस पटक आफैले आफैलाई मत दिन पाउने छैनन ।
एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल रौतहटको गौर नगरपालिकामा मतदाता छन् । तर, उनि पनि काठमाडौँ २ बाट उम्मेदवार छन् । नेता नेपालले पनि प्रतिनिधिसभा निर्वाचनमा आफैँलाई मत दिन नपाउने नेतामा परेका छन् ।
काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ । तर, शर्मा काठमाडौँको चुनावी मैदानमा छन् । शर्माले आफ्नो मतदाता नामावली गृह जिल्लामै कायम रहेको बताए । उनले पनि आफूलाई मत दिन पाउने छैनन ।
काठमाडौँ २ का मतदाता रहेएका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा छन । ढुङ्गानाले पनि आफैलाई मत दिन पाउने छैनन् । ढुङ्गाना दुई दशकपछि चुनावी मैदानमा उत्रिएका हुन् ।
रोल्पा नगरपालिकामा मतदाता रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै छन् । महराले पनि आफैलाई मतदान गर्न पाउनेछन् । महरा दाङ २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुन । काठमाडौँ ६ का मतदाता रहेका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा छन् ।
दोलखा बैत्यश्वर गाउँपालिकामा मतदाता रहेका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईँ पनि यस पटक आफ्नो क्षेत्रमा उम्मेदवार हुन । चौलागाईँ यस पटक प्रदेशसभाको ‘ख’बाट चुनावी मैदानमा छन् । उनि मतदाता रहेको बैत्यश्वर प्रदेशसभाको ‘क’मा पर्छ । उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय चुनावमा मतदान गरेनन् । तर, उनको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ । ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहेका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । महतो धनुषा २ मा काँग्रेसका विमलेन्द्र निधिसँग चुनावी मैदानमा छन् । महतोले पनि आफैलाई मत दिन पाउने छैनन ।
यस्तै एमाले सविच समेत रहेका योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बनेका छन् । काठमाडौँ ६ का मतदाता रहनुभएका भट्टराईले स्थानीय निर्वाचनमा डिल्लीबजार कन्या क्याम्पसबाट मतदान गरेका थिए । अहिलेसम्म उनको नामावली काठमाडौँमै छ ।
माओवादी केन्द्रका नेता देव गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा छ तर प्रतिनिधिसभामा गुरुङ लमजुङबाट काँग्रेसका दिलबहादुर घर्तीसँग प्रतिस्पर्धामा छन् । गुरुङले पनि आफूले आफैलाई मत दिन पाउने छैनन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी