×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत- नेपाल अनौपचारिक लडाई सुरु ! काठमाडौँमा रहेका भारतीय व्यापारीहरु रातारात किन भागे ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारत- नेपाल अनौपचारिक लडाई सुरु ! काठमाडौँमा रहेका भारतीय व्यापारीहरु रातारात किन भागे ?

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा रहेका भारतीय व्यापारीहरु रातारात भागेका छन् । शुक्रबार राती काठमाडौँमा रहेका सयौंको संख्यामा रहेका व्यापारीहरु भारत फर्किएका छन् । यसो त शुक्रबार विहानैदेखिको भारत फर्कने व्यापारीहरु नेपाल छोडेर हिंडेका थिए । भारतीय सीमामा नेपाली मारिएपछि आफ्नो ज्यान काठमाडौँमा समेत खतरा भएको भन्दै उनीहरु भागेको बताइएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले भारतीय गाडी समेत जलाएको खबर सुनेपछि काठमाडौँ छोडेर भाग्ने भारतीय व्यापारीहरुको संख्या बढेको बुझिएको छ।     
यता कञ्चनपुरको पनर्वास नगरपालिका–८ आनन्दबजार अझै तनावग्रस्त छ । एसएसबीले गोली प्रहार गरी नेपाली युवाको हत्या गरेपछि आक्रोशित नेपालीहरु आनन्दबजारमा जम्मा भएर नाराजुलुस गरिरहेका छन् । हजारौंको संख्यामा सीमामा आएका नेपालीहरुले शनिबारपनि विहानैदेखि आनन्दबजारमा नारावाजी सुरु गरेका छन् । शुक्रबार भारतीय सीमा सीमा सुरक्षा बलले लगातार हवाइ फायर गरेको थियो भने २८ राउण्ड फायरिङ र २० राउण्ड अश्रुग्यास प्रहार भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको छ।
यता कन्चनपूरमा रहेका नेपालीहरुले भने भारत र नेपालबीच अनौपचारिक लडाई सुरु भएको अभिव्यक्ति दिएका छन् । ‘अनौपचारिक लडाई सुरु भएको छ । भारतको ज्यादतीका विरुद्ध यो अन्तिम लडाई हुनेछ ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसंग भने ।
कंचनपुर घटनाका यी खबरहरु पनि पढ्नुहोस् :
     
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी