×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डले भाषण बढि गरे, खोई काम ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डले भाषण बढि गरे, खोई काम ?

१ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ— नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कामभन्दा बढि भाषण गरेको आरोप लगाए ।
उनले भने,‘भाषणवाजी बढि भयो, कामतिर जोड भएन, परियोजनाबारे कुनै गम्भिरता देखिएन ।’ उनले कुरा गरेर आकांक्षा बढाउने कुरा एउटा भएपनि काम गरेर देखाउन प्रचण्डलाई चूनौति दिए । उनले भुकम्पपीडित अहिलेपनि दुःखको मारमा रहेको गुनासो पोखे । महतले भने,‘प्रचण्डजी भंग भंग बोलिदिनुहुन्छ, जबकी यो सरकारमा हाम्रो पार्टी पनि मेजर होल्डर हो नि, तर कतिपय दलीय सहमति जुटाएर बोल्नुपर्ने विषयमा उहाँ त्यतिकै हचुवामा बोल्नुहुन्छ ।’ उनले प्रचण्डलाई ठोस प्रोजेक्ट र जनताको सेवा प्रवाहमा ध्यान दिन सुझाव दिए । उनले प्रधानमन्त्रीले संविधानलाई लिएर असन्तुष्ट बनेको मधेश केन्द्रित दल लगायत अन्य पक्षहरुको माग पूरा गर्नको लागि सरकारले यथेष्ट छलफल नै नगरेको आरोप लगाएका छन् ।
महतले सरकार बनेको दुई महिना वितिसक्दा पनि संविधान संशोधनवारे अहिलेसम्म कुनै छलफल नै नभएको बताएका हुन् । उनले भने– ‘अरुसँग भए मलाई थाहा छैन, कमसेकम सत्तापक्षको हाम्रो दल काँग्रेससँग भएको जानकारी मलाई छैन ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संविधान संशोधनको लागि आफ्नो पार्टी बाधक नबन्ने तर संशोधनको औचित्य र आधार सरकारले प्रस्तुत गर्नुपर्ने स्पष्ट रुपमा राखिसकेकोले सरकारले त्यही बमोजिम गृहकार्य गर्नुपर्ने बताए । उनले थपे,‘सरकारले सहमति जुटाउनुपर्छ, एमालेसँग त परै जाओस्, काँग्रेससँग त अहिलेसम्म यसबारेमा छलफल भएको छैन ।’
उनले सिमांकनको विवाद समाधानको लागि पनि दलहरुवीच राष्ट्रिय सहमति बन्नुपर्ने स्पष्ट पारे । यद्धपी उनले सिमांकनको विवाद मिलाउने नाममा जिल्लालाई यता र उता पार्ने गर्दा झनै विवाद हुने भए त्यसबारेमा सम्बन्धित जिल्लाका नागरिकरुलाई जनमतसंग्रह गर्न दिनुपर्ने बताए । उनले थपे,‘प्रान्तको झगडमा जिल्लालाई यता उता पार्ने काम हामीले गर्ने होईन, स्वयम त्यहीँका जनतालाई अधिकार दिनुपर्छ ।’
उनले भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने स्पष्ट पारेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता गर्ने उपयोगिता बाहेक अन्य उपलब्धि हासिँल गर्न नसक्ने बताएका हुन् । डा. महतले भने,‘नेपाल ब्रिक्सको सदस्य राष्ट्रपनि होईन, त्यसैले यसमा हामीले ठूलो अपेक्षा गर्नुभन्दा पनि द्धिपक्षीय महत्वपूर्ण भेटवार्ताका उपयोगिताहरु हुन सक्छन्, त्यसबाहेक अरु त के नै हुन्छ र ?’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै डा. महतले सम्मेलनमा भाग लिँदैमा केही नहुने तर्क गरेका छन् । उनले अघि थपे,‘पहिलो कुरा राष्ट्र बलियो हुनुपर्छ, नेपालले त चीन र भारतसँगको सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ ।’ यद्धपी उनले ब्रिक्स आँफैमा मार्केट नभएको दाबी गरे । उनले भने,‘ब्रिक्सले अहिले आकार लिईसकेको छैन, यो फर्मैशन नै भएको छैन् ।’ उनले नेपालले द्धिपक्षीय साझेदारीको विषयमा बढि ध्यान दिनुपर्ने औंल्याए । महतले थपे,‘ब्रिक्सका अन्य सदस्य राष्ट्रहरु धेरै टाढाको विषय हो, हामीले भारत र चीनसँग विशेष ध्यान दिनुपर्छ, हाम्रो बजार भनेको नै यी दुई छिमेकी हुन्, यसमा हामीले विशेष जोड दिनुपर्छ ।’
यद्धपी महतले चीन, नेपाल र भारतवीको त्रिदेशीय साझेदारीको कुरामा भने आफूले पनि राम्रो संभावना देखेको बताए । उनले भने,‘त्रिपक्षीय साझेदारीको लागि नेपाल महत्वपूर्ण कोरिडोर बन्न सक्छ, यो कुरामा म पनि सहमत छु ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको दुई महिना नबित्दै भारत भ्रमणमा जाने, उपप्रधानमन्त्रीहरुलाई दुत बनाएर पठाउने र फेरि भ्रमणमा निस्किएकोप्रति ईंगित गर्दै भने,‘यी कुराहरु पनि ठिकै होलान्, तर राष्ट्रिय समस्याको हल त गर्नुपर्यो नि, हाम्रो आर्थिक स्थिति बलियो त हुनुपर्यो नि ?’ महतले पहिलो प्राथमिकतामा सरकारले आन्तरिक कुरालाई ध्यानमा राख्नुपर्ने बताए । महतले थपे,‘बाहृय भन्ने कुरा त सद्भाव र अन्र्तराष्ट्रिय सम्बन्ध सुधार तथा सुमधुर कायम गर्नको लागि हो नि, मूलः कुरा हाउस वर्डरमा राख्नुपर्छ ।’
डा. महतले स्थानीय निकायको पूर्नसंरचनाबारे हतारमा निर्णय गर्दा झनै विवाद उत्पन्न भएको गुनासो पोखे । महतले भने,‘आयोगले एकातिर एउटा कुरा भनेको छ, हामी राजनीतिक दलहरुले चाहीँ हतार–हतारमा निर्णय गर्यौं, अहिले समस्या त्यही भएर उत्पन्न भएको छ ।’ उनले पूर्नसंरचना गर्दा आयोगले भनेझैं ५६५को संख्या र दलहरुले भनेझैं ९०० को संख्या बनाएपनि समस्या समाधान नहुने ठोकुवा गरे । महतले संविधानको ८ औं अनुसुचिमा उल्लेख भएको अधिकार अनुसार पूर्नसंरचना गर्नुपर्ने धारणा राख्दै त्यसको लागि राम्रोसँग विश्लेषण नै नभएको गुनासो पोखे । उनले थपे,‘संविधानको ८ औं अनुसूचि अनुसारको अधिका ५६५ को संख्याले वा ९०० को संख्या दुवैले गर्न सक्दैन्, त्यसैले यो अधिकार उपयोग हुनेगरि संख्या निर्धारण गर्नुपर्छ ।’ महतले अहिले दलहरुले भनेझैंको संख्यामा चुनाव गराएपनि आगामी ४० वर्षसम्म पनि संरचना बन्नै नसक्ने ठोकुवा गरे ।
उनले मुलुकमा स्थानीय निकायको निर्वाचन आवश्यक भएकोले अहिलेकै गाउ र जिल्लाको संरचना अनुसार निर्वाचन गर्नुपर्ने सुझाव दिए । महतले भने,‘साँच्चिकै यही फागुण चैत्रभित्र चुनाव गराउने हो भने अहिलेकै संरचना अनुसार चुनाव गराउनुपर्छ ।’ देशलाई प्रयोगशाला बनाउन नहुने भन्दै बहुत सुजबुजका साथ दलहरुले राष्ट्रिय सहमति कायम गरेर निर्वाचन गराउनुपर्ने महतको भनाई थियो । उनले पूर्नसंरचनाबारे काम गरिरहेको स्थानीय निकाय पूर्नसंरचना आयोगको अवधि पनि बढाउन सकिने व्यवस्था संविधानको धारा ३०३ मा ढोका खुल्ला रहेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी