×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनबाट पाउने अवसर गुमाउदै नेपाल

LAXMI SUNRISE BANK

चीनबाट पाउने अवसर गुमाउदै नेपाल

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

केही दिन अगाडिको भारत भ्रमणका क्रममा उज्यालो बत्तीमाझ प्रचण्डको नामले लोकप्रियता कमाएका नेपाली प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग हात मिलाए ।
‘द हिमालय टाइम्स’ मा प्रकाशित तस्बिर हेर्दा उनी सावधानीका साथ हाँसेको देखिन्थ्यो । यो कोही एक्लिएको क्षण होइन । नेपाली सञ्चारमाध्यमहरूले लिएको धेरैजसो तस्बिरमा प्रचण्ड आफ्नो आँखाको परेलीलाई दुरुस्तै राखेको देखिन्थ्यो ।
पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारत गर्ने परम्परा तोडेर सबैलाई आश्चर्यचकित पारेका प्रचण्डमाथि चीन र नेपाल दुवै मुलुकका जनताले आशा पालेका थिए ।
उनले पहिलो पटक प्रधानमन्त्री हुँदा परम्परा तोडेर चीनको पहिलो भ्रमण गरेका थिए । यसको आठ वर्षपछि उनी कुनै समय भनिने गरेको जस्तो आक्रोशित देखिएका छैनन् । यसको सट्टा उनी राजनीतिक स्वार्थका लागि बढी लालायित भएको देखिएको छ ।
यो पटकको भारत भ्रमणको समयमा पञ्चेश्वर आयोजना, भूकम्पपछिको पुनर्निर्माण र पूर्व–पश्चिम रेल्वे कार्यक्रमलाई उच्च तहको बैठकमा राखियो । यद्यपि चीनको वन बेल्ट-वन रोड इनिसियटिभले नेपाललाई धेरै फाइदा हुने कुरा मुख्य विषय हो ।
जब प्रचण्डले मोदीको आतिथ्य प्राप्त गरे र भारतसँगको द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण अवस्था सुरु भएको बताए, नेपालका पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल र चीनबीच हस्ताक्षर गरेको सम्झौता समयमै प्रयोगमा आउन सक्ने सम्भाव्यतामाथि चासो र चिन्ता बढेको छ ।
नेपाल र चीनबीचको सम्बन्ध नराम्ररी रोकिएको जस्तो देखिएको छ भने चिनियाँ नेताले गर्ने भनिएको नेपालको भ्रमण रद्द भएको भनिन थालेको छ । यो असामान्य अवस्था हो । बेइजिङ र काठमाडौंबीचको द्विपक्षीय सम्बन्ध धरमराएको र संवेदनशील अवस्थामा पुगेको जस्तो देखिएको छ । चीनले धोका दिएजस्तो महसुस गरिरहेको छ ।
जब नयाँ दिल्लीबाट आएको दबाबको सामना गर्न नेपाललाई बेइजिङको आवश्यकता पर्यो, नेपाल चीनसँग घुस्रियो र श्रृंखलाबद्ध महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्यो जसले नेपाललाई भारतमाथिको निर्भरतालाई कम गर्न सहयोग गर्ने थियो ।
तर काठमाडौंप्रति भारतको धारणामा थोरै परिवर्तन आएर भारतले नेपाललाई केही प्रतिबद्धता जनाएसँगै नेपालका राजनीतिज्ञहरूले तत्काल चीनसँगको सम्बन्धलाई पछाडि धकेलेका छन् ।
यी राजनीतिज्ञहरूको व्यवहार बेइजिङ र नयाँ दिल्लीलाई सन्तुलनमा राख्ने आशय नभएको तथा भारतबाट नेपालमाथि परेको दबाब बाहेक नेपालका राजनीतिज्ञहरूको अल्पकालीन फाइदाको उद्देश्यले पनि बेइजिङ–काठमाडौंको सम्बन्धमा प्रभाव पारेको छ ।
यदि कुनै मुलुकको कूटनीति आफ्नो राष्ट्रिय स्वार्थमा आधारित भएर निर्माण भएको छ भने पनि यो लामो समयसम्म टिक्न सक्दैन । किनभने विदेशी नीतिहरू परिपक्व हुनका लागि नैतिकता, निष्पक्षता र एकताको आवश्यकता पर्छ ।
चीनले कहिले पनि भारत–नेपालबीचको सम्बन्धमा भाँजो हालेन । तर, नयाँ दिल्लीले भने नेपाल–चीनबीच सम्बन्धको प्रत्येक अवस्थामा हस्तक्षेप गर्दै आएको छ । जुनसुकै दृष्टिकोणबाट पनि बेइजिङ नेपालको विश्वास आर्जन गर्न चाहन्छ ।
संवेदनशील रूपमा बेइजिङसँग सम्बन्धको विकास गर्नुको सट्टा चीनलाई भारतसँग बार्गेन गर्ने साधनका रूपमा लिइनुले यसले आधारभूत रूपमै नेपालको स्वतन्त्रता र ख्यातिमा आँच आउँछ ।
आजको नेपाललाई अवसरवाद होइन, स्पष्ट दृष्टिकोण र रणनीति भएका राजनीतिज्ञ आवश्यक छ । यस किसिमका राजनीतिज्ञले मात्रै चीनको ‘बेल्ट एन्ड रोड  इनिसियटिभ’को अवसर छोप्न सक्छ । यो नै नयाँ दिल्लीसँगको निर्भरता कम गर्ने माध्यम हुन सक्छ र नेपाललाई पूर्ण स्वतन्त्र मुलुकका रूपमा परिणत गर्न सकिन्छ ।
प्रचण्ड सन् २००८ मा यो मार्गबाट हिँडेका पनि थिए भने ओलीले यसमा रणनीतिक सुधारको विरासत कायम गरेका थिए । यद्यपि भारतबाट आएको दबाबका कारण प्रचण्डले यो प्रक्रियालाई अवरुद्ध पारेका छन् । के उनले आफ्नो सुरुको प्रतिबद्धता भुलेका हुन् ? जनताले यसको उत्तर पर्खेर बसिरहेका छन् ।
तर उत्तर जे भए पनि चीन यसबाट टाढै बस्नेछ । चीन–नेपालबीचको सम्बन्धमा काठमाडौँले सधैं नै फाइदा लिन सक्छ । बेइजिङले पनि केही गुमाउनेछैन । तर, नेपालले कतै अवसर गुमाइरहेको त छैन भन्ने सोच्नु आवश्यक छ ।
  • ग्लोबल टाइम्सबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी