×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकै वर्षमा जोडे अख्तियार आयुक्त पाठकले करोडौंको बंगला, यस्को छानविन कहिले गर्ने अख्तियार प्रमुखज्यू ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एकै वर्षमा जोडे अख्तियार आयुक्त पाठकले करोडौंको बंगला, यस्को छानविन कहिले गर्ने अख्तियार प्रमुखज्यू ?

Artha Sarokar

१९ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – भ्रष्टाचार भित्रको भ्रष्टाचार अख्तियारका आयुक्त कसरी हुन्छन् मुक्त ? कसैले भ्रष्टाचार ग¥यो भने कस्ले हेर्छ ? सहज उत्तर अख्तिायारले । कसैले पद र शक्तिको दूरुपयोग ग¥यो भने राज्यको कुन निकाय जाग्ला ? त्यसको पनि सहज उत्तर अख्तियार नै । तर, अख्तियार कै आयुक्तले भ्रष्टाचार गरे कस्ले हेर्छ ? यो भ्रष्टाचारको कुरो एक जना शक्तिशाली आयुक्तको । 
राजनारायण पाठक यतिखेर अख्तियार दूरुपयोग अनुसन्धान आयोगका शक्तिशाली आयुक्त मानिन्छन् । महान्याधिवक्ताको कार्यालयमा कार्यरत रहदादेखि नै पाठकको काम कारवाही “जता माल उतै ताल ” हुने गथ्र्यो । अख्तियारको आयुक्त नियुत्तिमा भएको भागवण्डामा मधेसीको कोटामा परेका पाठक कांग्रेसका शक्तिशाली नेताको संरक्षणमा त्यहासम्म पुगेका हुन् । सामान्य जीवनयापन गर्दै आएका पाठकले गत दशैमा एकाएक तीन कारोड असी लाख भन्दा माथि रकमको आलिसान बंगला काठमाडौंको शान्तिनगरमा किने ।
 यत्ति छिटो समयमा खरिद गरेको यो आलिसान वंगला देख्दा लाग्छ, कुनै तस्करी विना संभव छैन् । यिनको आकाशिँदो जिवनशैली देख्दा लाग्छ, अख्तियार भन्सार पनि रहेछ केहि व्यक्तिका लागि । शान्तिनगरको बाबुछिरी चोकमा रहेको निमा पासाङको घर आयुक्तले किनेको चर्चा चल्न थालेपछि यतिखेर पाठक निवासमा सरकारी सुरक्षाकर्मीको पहरा बाक्लो बनाइएको छ । जताततै सीसी टिभी र सुरक्षाकर्मीको चहलपहल चौविसै घण्टा छ । चहलपहलले कुनै मन्त्रीको निवासको भान दिन्छ । 
अख्तियारको छानविनमा नेतादेखि सुरक्षा निकायका प्रमुख समेत तानिन थालेपछि अव यो मुलुकमा अख्तियारले केही गर्छकी भन्ने आशा जागेको वेला अख्तियारभित्र नै चरम शक्तिको दूरुपयोग र भ्रष्टाचार मौलाएको देख्दा अख्तियारको काम कारवाही प्रतिशोध पूर्ण र धम्काएर झार्ने संस्था होकी भन्ने शंका उव्जिएको छ । सानो माछा र ठूलो माछाको चर्चा चलिरहँदा एकाएक सुरक्षा निकायका प्रमुखदेखि सरकारमा सामेल दलका शक्तिशाली नेतासम्मलाई पत्र काट्दा आमनागरिकले अख्तियारको काम कारवाहीलाई सकरात्मक रुपमा नै लिएका थिए । 
तर, अख्तियारको भित्रकै कर्मचारीले भ्रष्टाचार गरेको र अकुत सम्पती आर्जनमा आयुक्तहरु लागेको यथार्थलाई भने कस्ले दिव्य चक्षु लाएर निश्पक्ष अनुसन्धान गर्ने ? अहिले यो आम चासोको विषय बनिरहेको छ । जहाँसम्म राजनारायण पाठकले एक वर्षको दौरानमा आयुक्त भइसकेपछि जोडेको सम्पती आँकलन गर्ने हो भने पचाँस करोड नागिसेको स्रोतको दावी छ । पाठकको सहयोगी र अख्तियारको छानवीनको माखे साङलोमा परेकाहरुको विचौलियको काम गरिरहेका पूर्व सचिव नगेन्द्र झाको पाठक निवासमा विहान सवेरैदेखि आधा रातसम्म अड्डा जम्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा उनकै एक निकट बताउँछन् ।
 अख्तियारले नै डामेका पूर्वसचिव झा कर्मचारी वृतमा भ्रष्टाचारी भनेर आफ्नो छवी बनाएका व्यक्ति हुन् । र, झा कागजपत्र मिलान गरी सरकारी रकम हिनामिना गराउँने कार्यमा माहिर र दक्ष मानिन्छन् । त्यसैले झा कै सहयोग र मिलेमतोमा पाठकको कमाउ धन्दा मौलाई रहेको प्रष्ट देखिन्छ । यसरी कर्मचारी र नेतालाई अख्तियारले छानवीन गरिहेका वेला अख्यितार कै आयुक्तहरुको छानविन र सम्पति बिवरण सरकारले माग्नु पर्ने मात्र हैन अख्तियारका कर्मचारीलाई निगरानीमा राख्नु पर्ने अवस्था देखिन्छ । 
अरुलाई भ्रष्टाचारी देख्ने अख्तियार आफ्नै संस्थाभित्र मौलाएको भ्रष्टाचार देख्छ की देख्दैन ? आज आम जनताले प्रश्न गरिरहेका छन् । केही समय सदाचार सिकाउँने नाममा कालोवजारी मौलाएको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकरीसहित जिल्ला सुरक्षा प्रमुख तथा आयल निगमका अधिकारी र आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर अख्तियारले दिएको निर्देशनको पनि क्षेत्राधिकार नागेको भन्दै सर्वत्र आलोचन भएको थियो । 
त्यतिवेला अख्तियारका प्रबत्ता कृष्णहरि पुस्करले आफू भन्दा माथिल्लो तहका कर्मचारीलाई बोलाएर क्षेत्रधिकार नाघेर भौतिक रुपमा समेत कारवाही खेप्न तयार हुनु भन्दै निर्देशन दिएका थिए । प्रवक्ता पुस्करको निर्देशनात्मक शैली र प्रस्तुतिलाई लिएर नागरिक समाज र कानुन व्यवसायिहरुले समेत आपत्ति जनाएका थिए । 
कानुन व्यवसायिहरुले अख्तियारका कार्मचारीले आफूहरु एउटा संवैधानीक निकायका कर्मचारी मात्र हौं भन्ने चटक्कै विर्सेर आफूलाई सर्वेसर्वा ठान्न पुगेको टिप्पणी समेत गर्दै आएका छन् । अव पाठक पनि कानुनी दायरामा आउने की नआउने प्रश्न यो पनि हो । जनता खबर डटकममा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी