×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रेस चौतारी अध्यक्षलाई एक कार्यकर्ताको खुलापत्र, ‘संगठनको ‘भाइरस’ विरुद्ध लाग्दैछु, सयहोग पाउँ !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रेस चौतारी अध्यक्षलाई एक कार्यकर्ताको खुलापत्र, ‘संगठनको ‘भाइरस’ विरुद्ध लाग्दैछु, सयहोग पाउँ !’

Artha Sarokar

२६ असार २०७३, आईतवार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम


आदरणीय गणेश बस्नेतज्यू, नमस्कार !
हुन त तपाइंले मलाइ व्यक्तिगत रुपमा चिन्नुहुन् होला । नेताले आफ्ना सबै कार्यकर्तालाई चिन्दैनन् पनि, सबैलाई चिनेर साध्य पनि लाग्दैन । कहिलेकाहीं नचिनेको पनि राम्रै होला ।  कहिलेकाहिं नचिन्नुमै पनि मज्जा छ होला सायद । त्यसैले आज तपाईंलाइ पत्र लेख्दैछु, परिचय दिएको छैन । कहिलेकाहीं नचिन्नुको अलिकति भएपनि भावना बुझिदिनुहुन्छ भनेर ।  तपाइंले नचिन्ने यो तपाईंको कार्यकर्ताले तपाईंलाई भने पक्कै चिन्छ । तपाईंलाइ संगठनले अध्यक्षको रुपमा टिका लगाएर बिजयी बनाउंदा खुसी भएको यो कार्यकर्ताले तपाईंसँगै बसेर थुप्रै पटक चिया खाएको छ ।  थुप्रै पटक तपाइँका ‘गफ’ सुनेको छ, तपाईंका ‘कुरा’ हरुबाट केहि सीक्ने प्रयास गरेको छ । सँगै फोटो खिचेर फेसबुकमा बधाई दिएको छ ।  
गणेशजी, आज निकै तनावमा तपाईंलाइ यो पत्र लेख्दैछु । आज खुब सुनाउनु छ तपाईंलाइ मनका व्यथाहरु । नियमित कार्यक्रम, चियापान, खानापान, सम्मान, दारुपान सबै कार्यक्रम सक्काएर फुर्सदमा पढ्नुहोला । मेरा हजुरबुबा एमाले थिए रे, उस्तै बुबा पनि । यो नसा नसामा एमाले छ, र रहिरहन्छ सायद । तर थाहा छ गणेशजी? एमालेप्रति आस्था भएर पनि पत्रकारिता सुरु गरेको ४ बर्षपछी चौतारीको सदस्यता लिएँ । त्यो पनि ज्याक लगाएर ।    
म दावाका साथ यो भन्छु, प्रेस चौतारी नेपालको सदस्यता लिन मैले जति दु: ख सायदै कमैले गरेका होलान् । चौतारीको सदस्यता दिलाइदिनुपर्यो भनेर एक चौतारीका ठुलै हस्तीलाई गुहारें । कहिले तपाईंको बेला भएको छैन भने, कहिले के के पुगेको छैन भने अल्झाईयो मलाइ । चौतारीमा यति सहज रुपमा पहुँच हुन्छ भन्ने थाहा थिएन । प्रेस चौतारी नेपाल ठुलो संस्था हो र त्यसमा हामी सानाहरुको पहुँच पुग्दैन भन्ने भ्रम थियो मलाइ । हामीहरु फाइभ स्टार होटलमा छिर्नु हुँदैन भन्ने संस्कारबाट हुर्किएको मलाइ त्यहि भुतले समात्यो सायद, मैले चौतारीको कार्यालय छिरेर सदस्यताबारे बुझ्ने हिम्मत गरिन । किनकि मेरो परिवार र भर्खर छुटेकी प्रेमिकापछी मलाइ सबैभन्दा बढी माया लाग्ने चिज नै एमाले थियो । प्रेस चौतारी नेपालप्रतिको सम्मानको कुनै परिधी छैन ।
चौतारीको सदस्यता लिनकै लागि कसैको करिव चार महिना गुलाम भएँ । महिनाको ३० हजार बढी कमाइ हुने जागिरलाइ थाती राखेर १२ हजार तलवमा कसैको गुलाम भएँ । मात्र चौतारीको सदस्यता लिन । तर जन्मदै नशा नशामा एमाले लिएर आएको यो बबुरोको एमालेप्रतिको माया मेरा सम्पादकले कहिले पनि बुझेनन् । भाग्यको खेल, बीचमा भेट भए शान्तराम विडारी । प्रेस चौतारी नेपालका नव नियुक्त केन्द्रीय सदश्य । मैले मेरो चौतारीप्रतिको माया देखाएको केहि मिनेटमै झोलामा रहेको चौतारीको फर्म भर्न लगाएर मलाइ सिफारिस गरे उनले । भोलिपल्ट चौतारीको सदश्य भएँ ।
अब मन ढुक्क भयो । मसँग प्रेस चौतारी छ । मलाइ केहि पर्यो भने उसैले हेर्छ । म उसको कार्यकर्ता हुँ । अझ चौतारीको ठुलो मान्छे सम्पादक भएको अनलाइनमा काम गरिरहेको छु ।
दिन बित्दै गए । चौतारीको सदश्य हुनुको पिडा सुरु हुन थाल्यो । श्रमजीवीहरुको संगठनको रुपमा लिएको थिएँ मैले चौतारीलाई, लिएको छु पनि। तर संगठन भित्र अनुशासनहिन मानिसहरु पनि ठुलै पदमा रहेको देखें । हुन त व्यक्ति विशेषले गर्दा संगठन नराम्रो हुने होइन, हुँदैन पनि । तर राम्रो कम्प्युटरलाई बिगार्ने भाइरस नै हो भन्ने पनि थाहा छ मलाइ ।  मनै त हो गणेश जी, चस्स दुख्दो रहेछ कहिलेकाहीं ।
हो गणेश बस्नेतज्यू, हाम्रै चौतारीको एक बरिष्ठसंग खुब घुलमिल बढ्यो । धेरै कुरा सिकियो पनि । लेखेर रमाउने म बबुरो पत्रकारले नलेखेर कमाउनेहरु पनि देखें । आर्थिक सुशासन हुनुपर्छ भनेर पत्रकारिता गर्ने मैले चौतारीकै ठुलै मान्छे हुण्डीको कारोबारमा लागेको देखें । देशलाइ कर छलेर भ्याट बिलको निकै दुरुपयोग गरेको देखें । अरु त अरु राससलाइ तिर्नु पर्ने ५००० रुपैयाँलाइ बढाएर ६००० बनाइ मालिकलाइ बिल पेश गरेको पनि देखें । देख्नु, र हेर्नुको कुनै विकल्प थिएन किनकि उ ठुलो मान्छे थियो ।  मैले प्राणभन्दा प्यारो ठान्ने मेरो चौतारीको एकदम ठुलो मान्छे ।
एक पारिवारिक समस्याका कारण आफ्ना एक आफन्तलाई उपचार गराउन दिल्ली गएको थिएँ । पांच दिन अफिसको काम गरिएन । १२००० तलव थियो, २००० कटाएर १० हजार तलव पाएँ त्यो महिना । मनमा चसक्क चिस्यो पस्यो । एकदिन दुइदिन त ठिकै थियो, तर पटक पटक ‘खुरापाती’ गरेको देखेपछि मैले चौतारीलाई माया गरिरहेने तर मेरो सम्पादकको साथ छोड्ने निर्णय गरें । बुढाले म छोडेको महिनाको पनि उसले काम गरिरहेको छ भनेर मालिकसंग तलव पचाएछन् ।  मसँग प्रमाण सुरक्षित छ ।                
केहि समयपछी प्रेस चौतारी नेपालमा विभिन्न प्रतिष्ठानहरु खोल्ने कुरा भयो । म विगत ४ बर्षदेखि अनलाइनमै काम गरेको मान्छे । आफैं वेव साइट डिजाइन गर्ने प्रयास गर्ने मान्छे । आफुलाई पुग्ने र अरुलाई जानेको कुरा सिकाउन सक्ने प्राविधिक रुपमा थोरै भएपनि सक्छु कि भन्ने लाग्थ्यो । पदको त कुनै लोभ थिएन, तर सदश्य भएर प्रतिष्ठानलाइ सहायोग गर्छु भन्ने थियो । अनलाइनमा हुने गरेका समस्याहरुबारे अबगत थियो । त्यसैले ‘इन्ट्रेष्ट’ देखाएँ । हो म सायद मुर्ख नै थिएँ । यत्रो ठुलो राजनीतिक पार्टीको पत्रकारहरुको संगठनमा राजनीति हुँदैन भनेर सम्झिने । यो इक्षा मैले केहि साथीहरुलाई सुनाएको पनि थिएँ । कति हास्नुभयो, कतिले हौसला दिनुभयो ।  
‘तपाईं राजनीति बुझ्नुहुन्न सर ! कहाँ अहिले नै तपाइंको पालो आउँछ त !’ त्यो बेला प्रतिष्ठानमा पदाधिकारी चुनिएका र केहि समय संगै काम गरेका एक साथीले भनेको कुरा मनमा बिझिरहेको थियो ।  पालो नआउने पक्कापक्की जस्तै भयो ।  भर्खर जागिर छोडेकाले चौतारीका मैले चिनेको ठुलो मान्छे मेरो विरुद्ध हात धोएर लागेको थाहा थियो । त्यसैले चुपचाप बसीरहें । सदश्यहरु चुनिन थाले । एक जना माओवादी प्रति आस्था राख्ने मान्छे पनि सदश्यमा बसेपछि मलाइ खपीनसक्नु भयो।  दुखमा सम्झने उही शान्तराम विडारी हुनुहुन्थ्यो । उहाँलाई भने, ‘सर मलाइ पनि सदश्य बनाइदिनु पर्यो चौतारीको अनलाइन प्रतिष्ठानमा ।’ उहाँले ‘ओके’ मात्र के भन्नु भएको थियो, मेरो नाम आयो, र म चुनिएँ । चौतारीको सदस्यताका  लागि जसको गुलाम गरेको थिएँ, उसैले उदघोस गर्यो मेरो नाम, मनमा  आनन्द भयो ।
अब झन् ढुक्क भएँ, मेरो चौतारी छ र म त्यसैमा छु । भर्खर जागिर छोडेको, विकल्प थिएन । चौतारीकै मजस्तै बबुरो साथीलाई सुनाएँ । उनी माओवादी निकट एक अनलाइनमा काम गर्दा रहेछन । उनले उक्त अनलाइनमा कुरा गरिदिए र केहि दिनमै त्यहाँ जागिर खान सुरु गरें ।
हो गणेश बस्नेतज्यू, मैले त्यसपछि उक्त अनलाइनमा तपाईंकै जिल्लामा स्थलगत रिपोर्ट बनाउन गएर पत्रकारिताको नयाँ अध्याय सुरु गरें । पहिलो पटक दोलखा जाँदा पत्रकार सम्मेलनमा खाजा खर्च भनेर प्रति पत्रकार ५०० रुपैयाँ दिइने गरेको चलन देखें । अचम्म लाग्यो । मैले लेखेको समाचारलाइ आधार बनाएर चौतारीकै एक पत्रकारले नमज्जासंग थर्काए । आफु चौतारीको फलानो र पत्रकार महासंघको फलानो भनेर फुर्ती देखाए । एक मनले उनलाई आफ्नो पनि परिचय दिउँजस्तो लागेको थियो, तर चौतारीका परेछन, माया लाग्यो । सम्मान जाग्यो ।
काम गर्दै गएँ । पिडा आफ्नैले दिने हो हजुर भनेर मन बुझाएँ । मलाइ परेको बेला चौतारी छ नि भन्ने थियो ।
काम गर्दै जाँदा एयरपोर्टभित्र भएको घोटालाबारे समाचार संकलन गर्ने क्रममा ममाथि दुर्ब्यबहार भयो । म काम गर्ने संस्थामा अवगत गराएँ । अनलाइनले समाचार छाप्यो । करिव ८०० जनाले उक्त समाचार शेयर गर्दा र झन्डै ५००० बढीले उक्त समाचार पढ्दा एक जना पनि चौतारी कार्यकर्ताले हेरेनछन् क्यारे ! मलाइ चौतारीको नैतिक समर्थन पनि भएन । आफुमाथि दुर्व्यवहार भएको घटना फेसबुकमा लेखें, जहाँ चौतारीका २०० बढी सदश्यहरु होलान्, चौतारीका सचिवहरु छन्, अहिले भएका महासचिव, हुनुपर्ने तर हुन नसकेका महासचिव, चौतारीका पूर्व अध्यक्ष र म सदश्य रहेको अनलाइन प्रतिष्ठानका अध्यक्ष पनि फेसबुकमा हुनुहुन्थ्यो । मेरो प्यारो शान्तराम विडारीको आश थियो, उहाँ अस्पतालमा हुनु भएकाले सम्पर्क गर्न सक्नुभएनछ ।  तर घटनाका बारेमा मलाइ सोध्ने पहिलो चौतारीको मान्छे जरुर उहाँनै हुनुहुन्थ्यो ।  
सबै कुरा पढ्न भ्याउने सबैले मेरो कुरा पढेनछन् । मेरो ठाउँमा कुनै मैले माथि उल्लेख गरेजस्तै खुरापाती गर्ने, पत्रकार भएको भए सायद जुर्मुराउथ्यो चौतारी, म त आखिर बबुरो न परें ।
मलाइ प्रेस युनियन निकट र मेरा केहि आत्मीय साथीहरुले फोन गरे । त्यहाँ नेर मन मात्र होइन मन भित्रको प्यारो चौतारी पनि दुख्यो, नमज्जासंग । त्यो बेला चौतारीको नाममा भाइबर आतंक भएको घटना सम्झें । मैले अनुसन्धान गर्नुहोस मसंग सबै प्रमाण छ भेनर अपराधीको नाम भन्दासमेत चुप लाग्ने चौतारी अहिले मलाइ दुख पर्दा साथमा हुन्न भन्ने थाहा थियो ।
अन्यथा नलिनुहोला गणेशजी तपाईं अध्यक्ष भएर एउटा कार्यकर्ताले सुनाएको मनका बह हो यो । सुनाउन अरु कोहि पनि त छैनन् । मलाइ परेको बेला चौतारी मेरो भएन । एउटा सामान्य कार्यकर्ताका यस्ता धेरै नसुनिएका बह छन् । संगठन भित्रै पनि ‘भाइरस’ हरु छन् । कहिले भाइबरमा आतंक मच्चाउँछन्, कहिले श्रमजीवीलाइ ठग्छन्  । कोहि समाचार बेच्छन, कोहि बेच्न सघाउछन् ।
मैले तपाईंलाइ यो पत्र लेख्नुको एउटै कारण हो छिट्टै नै चौतारीमा एक बरिष्ठको नाममा उजुरी पर्दैछ । र उजुरी म हाल्दैछु । तपाईंबाट न्याय पाइन भने अदालत जान्छु तर तिनलाई छोड्ने कुरा छैन । मसंग पुरै प्रमाणहरु सुरक्षित छन् । भ्याट बिलको गलत प्रयोग गरेको, समाचार बेचेको, पैसा लिएर समाचार हटाएको, श्रमजिवीलाई शोषण गरेको सबै प्रमाण । चौतारीकै ठुला मान्छे भएकाले पहिला चौतारीलाइ नै सम्झने निर्णय गरेको हु । त्यसपछि त अरु बाटाहरु छन् नै !
कुनै ब्यक्तिगत मायाले होइन, वा पूर्वाग्रहले होइन, मैले माया गर्ने चौतारीलाई भित्र भित्रै खोक्रो बनाएर, बद्नाम गराउन खोज्नेहरु विरुद्धको मेरो अभियान हो । आशा छ सहयोग पाउनेछु । तपाईं अध्यक्ष हुनुहुन्छ, सहयोगको अपेक्षा छ । 

  • तपाईंको इमान्दार बन्न नसकेकाहरुको संगठनको इमान्दार कार्यकर्ता                             
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी