
सद्भावनाका ६ सभासद मध्ये प्रमुख सचेतक नरसिंह चौधरी र अर्का सभासद माधवीरानी साहले राजीनामा संसद सचिवालयमा दर्ज गराएका छैनन् । व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता भरत गौतमले सद्भावनाका ६ मध्ये ४ सभासदको मात्रै राजीनामा आएको बताए । ‘सद्भावनाका ६ सभासद मध्ये ४ ले लिखितरुपमा राजीनामा पेश गर्नु भएको रेकर्डमा देखिन्छ,’ गौतमले भने, ‘राजीनामा दिएका ४ सभासदको पनि स्विकृत भने अझै गरिएको छैन, हामी उहाँहरुको राजीनामा अध्ययन गर्दैछौँ ।’ उनका अनुसार व्यवस्थापिका संसदको ऐन कानुन, विधि र प्रक्रिया अध्ययन सम्पन्न भएपछि मात्रै सद्भावनाका ४ सभासदको राजीनामाको बारेमा निर्णय लिइने छ ।
सद्भावनाका नेताहरुले राजीनामा दिएर मधेस आन्दोलनमा उत्रिएको दाबी गर्दै आएका छन् । गत चैत १०–११ गते बसेको केन्द्रीय कार्यसमितिको बिस्तारित बैठकको निर्णय अनुसार राजीनामा दिने घोषणा गरिएको बताए पनि सद्भावनाका दुई सभासदले भने पार्टी नीति अटेर गर्दै महिना दिन नाघिसक्दा पनि राजीनामा पेश नगरेका हुन् । संविधान निमार्ण जारी रहेकै बखतमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेसविरोधी संविधान आउने लागेको भन्दै सामुहिक राजिनामा गरेको घोषणा गरेका थिए । त्यसको केही दिन पछि ४ सभासदले तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ समक्ष भदौ १ गते राजीनामा दिएका थिए । तर, दुई सभासदले भने त्यो बेला राजीनामा दिएका थिएनन् ।
राजीनामा दिएका ६ मध्ये ३ सभासदले भने व्यवस्थापिका संसद सचिवालयवाट मासिक रुपमा तलब भत्ता भने अझै पनि बुझिरहेका छन् । यसरी तलबभत्ता बुझ्ने सभासदहरुमा संसदीय दलका नेता लक्ष्मणलाल कर्ण, बिमलकुमार केडिया, शैलीकुमारी देवी हुन् । सभासद देवी अध्यक्ष महतोकी पत्नी हुन भने अर्का सभासद केडिया उद्योगपति पनि हुन् । सभाध्यक्ष नेम्वाङसमक्ष राजीनामा बुझाएका सभासदमध्ये सञ्जय साह जनकपुर बम काण्डका आरोपमा हाल जेलमा बन्दी अवस्थामा छन् । सदभावनाका सभासद साह संविधानसभावाट निलम्बनमा परेका एक मात्र सभासद पनि हुन् ।
राजीनामा नबुझाउने मध्येका सुगरका बिरामीसमेत रहेका सभासद चौधरी उपचारका लागि हाल भारतमा छन् भने अर्की सभासद साहले भने ‘राजीनामा किन अझै नदिनु भएको ?’ भन्ने प्रश्नको जवाफ दिन नै चाहिनन् । ‘म अहिले बिजी छु’ भन्दै उनले कुराकानी नै गर्न चाहिनन् । राजीनामा दिएका ४ सभासद भने गत भदौ २ गते देखि संविधानसभा व्यवस्थापिका संसदको बैठकमा जान छाडेका हुन् । – नागरिक दैनिकबाट ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्