×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदीको दलका नेताको आपत्तिजनक अभिव्यक्ति, ‘नेपाल अब सिरिया बन्छ, त्यही भएर नाकाबन्दी’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मोदीको दलका नेताको आपत्तिजनक अभिव्यक्ति, ‘नेपाल अब सिरिया बन्छ, त्यही भएर नाकाबन्दी’

Artha Sarokar

६ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता भगतसिंह कोशियारीले तराईमा जारी हिंसात्मक आन्दोलन समाधान नभए नेपाल सिरिया बन्न सक्ने खतरा रहेको रहेको अभिव्यक्ति दिएका छन् ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार बिहान कुरा गर्दै कोशियारीले नेपालको अशान्तिबाट नेपालका मान्छे शरणार्थीका रुपमा भारतमा आउने हुन् कि भन्ने चिन्ता भारत सरकारलाई रहेको बताए । ‘नेपालको अशान्तिले भारतमा शरणार्थीको समस्या आउन सक्छ’, उनले भने, ‘हामी यस विषयमा सतर्क छौँ । तयारी गर्नुपर्छ । सिरियाका मान्छे पनि शरणार्थी बनिरहेका छन् । जर्मनीमा गएका छन् । नेपालमा त्यो समस्या नआउला भन्न सकिँदैन ।’ नेपालमा हिंसा मच्चिएपछि नेपालीहरु पनि भारतमा शरणार्थी हुन सक्ने भएकाले नाका बन्द गर्नुको विकल्प नरहने उनले बताए ।
तर, नेपाललाई नाकाबन्दी लगाउने विषयमा आफूलाई कुनै जानकारी नरहने कोशियारीको भनाइ थियो । ‘नाकाबन्दी लगाउने नलगाउने भन्ने विषयमा भारत सरकारले भन्छ’, उनले भने, ‘मलाई यस विषयमा जानकारी छैन ।’
मधेसमा आन्दोलनरत समूह र दलका मागलाई सम्बोधन गरेर आन्तरिक राजनीतिक विषय मिलाउनुपर्ने उनको भनाइ छ । संविधान जारी भएको विषय राम्रो भए पनि असन्तुष्ट पक्षको मागलाई सम्बोधन नगर्दा त्यसले तराईका जिल्लाहरूमा प्रदर्शन र हिंसा भएको उनको भनाइ छ ।
‘नेपालमा अशान्ति हुँदा त्यसको प्रभाव भारतमा पर्छ’, भाजपाका नेता कोशियारीले भने, ‘नेपालमा माओवादीले बन्दुक उठाउँदा र भूकम्प आउँदा भारत दुखित भएको छ ।’ उनले विद्रोह र अशान्तिले भारत सधैँ चिन्तित रहने उल्लेख गरे । नेपालमा संविधान आइसकेको अवस्थामा असन्तुष्टका मागलाई फेरि पनि सम्बोधन गर्न सकिने नेता कोशियारीको भनाइ थियो ।
नेपालको संविधानमा आफूहरूको कुनै विमति नरहेको बताउँदै उनले थपे, ‘अरु विदेशीले संविधानमा समर्थन गर्दा तपाईहरू खुसी हुने तर भारतले केही असन्तुष्ट पक्षका मागलाई पनि ध्यानमा राख्नभन्दा असन्तुष्टि जनाउने यो त भएन नी ? छिमेकीको सुझाव पनि मान्नु पर्छ ।’
नेता कोशियारीले आन्दोलनरत मधेसी दलका नेताहरूलाई वार्ता र सम्वादमा बसेर निकास खोल्न सुझाव पनि दिए । ‘आफ्नो आन्तरिक विषयमा आफै निकास खोज्नुस्’, उनले भने, ‘मधेसी दल र तिनका नेताहरूले वार्ता गर्नुपर्छ । सम्वाद गर्नुपर्छ । आन्दोलन र खुनखराब गर्नु हुँदैन ।’
नेपालको राजनीतिक उथलपुथल हुँदा काठमाडौं आउने गरेका भाजपाका नेता कोशियारी नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग सम्पर्कमा रहँदै आएका छन् । आफू छिट्टै नेपाल आउन चाहेको पनि उनले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी